प्रचण्ड लाई पत्र


कमरेड प्रचण्ड अभिवादन !

तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सदस्य थिएँ । लामाे समय अध्यक्ष नरहँदा मेरै अध्यक्षतामा धेरै वैठकहरू बसेका थिए । वी पी काेइराला मेमेरियल क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने, अङ्काे नर्सिङका स्नातकाेत्तर तहसम्मका कक्षाहरू सञ्चालन गर्ने, अस्पताललाई सुविधासम्पन्न पाँच सय बेडकाे अस्पताल बनाउने, चीन सरकारसँग विशेषज्ञ सेवा लिनेदिने विषयमा कुरा गरि निर्णय गराउन पहल गर्ने, फाेहाेर ब्यवस्थापन सम्बन्धमा विशेष सहयाेग लिने जस्ता महत्वपूर्ण कार्ययाेजनाहरूका सम्बन्धमा मेरै नेतृत्वमा क्यान्सर अस्पताल सञ्चालक समितिले तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई र स्वयम् तपाईं प्रधानमन्त्रीसँग क्यान्सर अस्पतालकाे तर्फबाट छुट्टाछुट्टै छलफल गरेकाे थियाे । प्रधानमन्त्रीका रूपमा तपाईले गर्ने भनिएकाे चीन भ्रमणमा नेपाल सरकारका तर्फबाट निर्णय गरी लैजाने भनी यहाँले भनेबमाेजिमकाे प्रस्ताव हामीले तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव जाे अहिले चीनका लागि नेपाली राजदुत समेत हुनुहुन्छ, लीलामणि पाैडेललाई हस्तान्तरण गरेका थियाैं ।
परिस्थिति एकाएक प्रतिकूल बन्दा प्रधानमन्त्रीकाे पदबाट यहाँले राजिनामा गर्नु भयाे । भ्रमण मात्र राेकिएन बरू अरू धेरै महत्वपूर्ण याेजना र वी पी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे सम्भावित स्तराेन्नतिकाे मूल याेजना पनि अबरूध्द भयाे ।
प्रधानमन्त्री महाेदय, अहिले फेरि इतिहासले एउटा महानतम् अवसर यहाँलाई प्रदान गरेकाे छ । त्यसैगरी जसकाे हातमा हामीले अस्पताल विकाससम्बन्धी बृहत् याेजनाकाे फाइल सुम्पेका थियाै वहाँ नेपाली जनताकाे दूतका रूपमा चीनमा हुनुहुन्छ । याे परिस्थितिमा हुन लागेकाे यहाँकाे चीनभ्रमण सफल हाेस् मेराे शुभकामना ! त्याे क्यान्सर अस्पताल,  जाे यतिवेला विरामीले समेत माया गर्नुपर्ने हसपिसबासी विरामी जस्ताे छ, यसलाई बचाउनु तपाईकाे प्रमुख दायित्व हुनेछ ।
दक्षिण ढल्केकाे अाराेप खेपिरहनु भएकाे नेपाली कम्युनिष्ट अान्दाेलनकाे सर्वाधिक त्याग, तपस्या र वलिदानकाे माध्यमबाट नेपाली जनतालाई सङ्घीय लाेकतान्त्रिक गणतन्त्रका मालिक बनाउने महान् अभियान्का नायक तपाईं प्रचण्ड फेरि एकपटक उत्तर र दक्षिणलाई नेपाली सार्वभाैमिकता, अखण्डता र समृध्दिलाई सर्वथा उचाइमा राखेर सहयाेग गर्ने असल छिमेकी बनाउने महत्वपूर्ण कामका लागि तपाईकाे साहस र सक्रियता अावश्यक छ । देश र जनतालाई सर्वाधिक महत्व दिएर गरिने कामकाे विराेध कतैबाट हाेस् तर यात्रा नराेकियाेस् ।
परिवार र अाफूले जे भनेकाे छ र चाहेकाे छ त्यसलाई हस् मात्र भन्ने निर्जीव हसप्रसादहरूले कामरेड प्रचण्ड र हाम्राे पार्टीकाे साखलाई वाफले जसरी पाेलेकाे छ । यसकाे पनि उपचार खाेज्न अावश्यक छ ।

स्थानीय निर्वाचनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नु पर्छ । केही लाेभीपापीहरूले गीत, कविता, उखान र टुक्का कै भरमा त मान्छेलाई हाे कि त जस्ताे पारेका छन् भने तपाईं त कतिपय कमजाेरी बाहेक याे देशका सबैभन्दा असल र मेहनतकस जनतालाई अधिकारका लागि जीवन हातमा लिएर उठ भनेर हाेइन गरेरै देखाएकाे नेता हुनुहुन्छ । त्यसैले याे चीन भ्रमण स्वतन्त्र र सार्वभाैमसत्ता सम्पन्न नेपाली जनताकाे गर्वगर्न लायक नेताकाे भ्रमणका रूपमा सम्पन्न गर्नुहुनेछ भन्ने अाशा लिएकाे छु ।

तपाईकाे व्यक्तित्व र नेतृत्व सधैं अालाेचकहरूका लागि पनि अालाेचना गर्न नमिल्ने खालकाे बनेकाे देख्न चाहने......
-प्रेम रिमाल; चितवन

(यदि कसैकाे पहुँच भए याे मेराे अनुराेध कमरेड प्रचण्ड समक्ष पुर्याइदिए अाभारी हुने थिएँ । )

(लीलामणि पाैडेललाई पनि याे पुर्याउन पाए हुन्थ्याे क्यारे !)