Showing posts with label कृषकको पाना. Show all posts
Showing posts with label कृषकको पाना. Show all posts
गहुँ बालीमा लाग्ने नाङ्गो कालोपोके रोगको नियन्त्रण
*********************************************


- रोगी बालाबाट बीजाणुहरू स्वस्थ बालामा सर्ने हुँदा बाला निस्कनासाथ झिल्लीभित्र रहेको उक्त बीजाणुहरू बाहिर नफैलदै रोगी बालाहरु नष्ट गरिदिदा बीजाणु फैलन तथा सर्न पाउँदैन ।

- रोगी बीउ नलगाउने ; नाङ्गो कालोपोके रोग लागेको खेतबाट संकलित बीउ प्रयोग नगर्ने ।

- रोग अवरोधक जात लगाउने ।

- भिटाभ्याक्स-२०० नामक विषादी ३ ग्राम प्रति किलो अथवा बेभिस्टिन १ ग्राम प्रति किलो बीउका दरले उपचार गर्नाले यो रोग निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

- यस बाहेक डेरोसाल र स्टेन-५० विषादी  १-२ ग्राम प्रति किलो बीउका दरले उपचार गर्दा यो रोगको राम्रोसँग नियन्त्रण भएको पाइएको छ ।

बन्दाको पुतली (Cabbage butterfly) को व्यवस्थापन

 :

० बाली लगाएदेखि नभित्र्याउन्जेल बाली तथा कीराको नियमित अनुगमन गर्ने ।
० पुतलीहरुलाई हाते जालीले पक्रेर नष्ट गर्ने ।
० कीराले पारेका फुल तथा लार्भेहरुलाई जम्मा गरी नष्ट गर्न सकेमा अति प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
० सन्तुलित रुपमा मलखादको प्रयोग गर्ने , नाइट्राेजनकाे मात्रा प्रयोग गर्ने ।
० व्यक्टेरिया जन्य जैविक विषादी ( बि.टि.) २ ग्राम प्रति लिटर पानीका दरले छर्ने ।
० कीराको प्रकोप बढ्दै गएमा मालाथियन ५०% इ.सि. विषादी १ मि.लि. प्रति लिटर पानीका दरले छर्ने वा डाइक्लाेराेभस ७६ इ.सि. १ मि.लि. प्रति लिटर पानीका दरले छर्ने ।

के हो प्राेवायाेटिक?

प्राेवायाेटिक प्रयाेग बारे थाहा नहुने कृषकले नार्क, खुमलटारका पशु चिकित्सक डा निरज बास्काेटा  यसाे भन्नुहुन्छ...
==========================
एन्टिवायाेटिक काे विकल्पमा आएकाे प्राेवायाेटिक के हाे र याे नेपाली कृषकले किन प्रयाेग गर्नुपर्छ भन्ने विषयमा वंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम नार्क का पशु चिकित्सक डा निरज बास्काेटाले महत्वपुर्ण सन्देश दिनुभएकाे छ । "नार्कमा केहि समय अगाडी कुखुरा मा प्राेबायाेटि खुवाएर अनुसन्धान भएकाे थियाे जसकाे नतिजामा कुखुराकाे स्वास्थमा उल्लेखनीय सुधार भएकाे देखियाे । कुखुराकाे ताैल बढ्ने देखि अण्डा काे साइज बढ्ने तथा कखुराकाे मासुकाे गुणस्तर राम्राे भएकाे पाइयाे । विदेशमामा भएका कयाैं अनुसन्धानले पनि प्राेवायाेटिक ले कुखुरा, गाइ, भैसी, बंगुर जस्ता पशुहरूमा निकै राम्राे नतिजा देखिएकाे पुष्टि भएकाे छ । बाख्रा तथा बंगुरकाे काे ताैल बढेकाे पाइएकाे छ भने गाइ/भैसीमा दुधकाे उत्पादन तथा गुणस्तरमा (FAT, SNF) बृद्धि भएकाे पाइएकाे छ । त्यसाेभए एन्टिवायाेटिक काे विकल्पमा आएकाे प्राेवायाेटिककाे किन प्रयाेग गर्ने त ??

क) मानिस लगायत कुखुरा बाख्रा गाइ भैसी तथा बंगुर जस्ता पशुकाे शरीरमा लाभदायक व्याक्टेरीया का साथै हानिकारक व्याक्टेरीया हुन्छन । स्वस्थ पशु हुन शरीरमा बढी भन्दा बढी लाभदायक व्याक्टेरीया अथवा प्राेवायाेटिक हुन जरूरी छ ।

ख)शरीरमा हुने लाभदायक व्याक्टेरीया बढी भएमा हानिकारक व्याक्टेरीया विरूद्ध लड्न मदत गर्छ र दाना पानी धरै पचाउन मदत गर्छ र अन्तत शरीरलाइ नराेगी बनाउछ ।

ग) प्राेवायाेटिक भनेकाे नै लागभादायक व्याक्टेरीया हाे जाे औषधीकाे माध्यमबाट शरीरभित्र छिराइन्छ ताकी शरीरमा लागभादायक व्याक्टेरीयाकाे संख्या धेरै बनाएर शरीरलाइ निराेगी बनाउछ । यस्ता पशुहरू ले उत्पादन गर्ने दुध अण्डा मासु जस्ता उत्पादनहरूमा लागदायक पाैष्टिक तत्वहरूकाे मात्रा धेरै हुन्छ । प्राेवायाेटिक नै शरीरलाइ राेग लाग्नै नदिने उपाय हाे ।

घ) अर्काे तिर राेग लागेपछि जब हामी एन्टिवायाेटिक चलाउछाै त्यसले शरीरमा भएका हानिकारक व्याक्टेरीयालाइ त मार्छ नै लागभादायक व्याक्टेरीयालाइ पनि मारी तिनकाे संख्या घटाउछ । सानाे राेग किराकाे संक्रमण हुदा पनि थप एन्टिवायाेटिक चलाउनु पर्ने हुन्छ तसर्थ शरीरकाे आन्तरिक प्रतिराेध गर्ने क्षमता हराउदै जान्छ । विभिन्न एन्टिवायाेटिककाे जथाभावी प्रयाेगले पशु स्वास्थ राम्राे हुनुकाे साट्टाे झनै विग्रन थालेकाे देखिएकाे छ । यस्ता पशुबाट उत्पादन गर्ने दुध अण्डा मासु जस्ता उत्पादनहरूले मानव स्वास्थमा समेत नराम्राे असर देखिदै छ ।"


जलवायु मैत्री कृषि (Climate-smart agriculture)


-----------------------
के हो त जलवायु मैत्री कृषि ?

FAO का अनुसार जलवायु मैत्री कषि दिगो कृषि विकासको एउटा पद्धति हो जसले दिगोविकासका तीनै आयामहरू (आर्थिक, सामाजिक, र वातावरणीय) लाई एकिकृत गराई खाध सुरक्षा र जलवायुजन्य चुनौतीहरूकोसम्बोधन गर्न मद्दत पुर्याउँछ । अर्थात जलवायु मैत्री कृषि पद्धतिले जलवायु परिवर्तनको संघारमा खाध सुरक्षाका लागि कृषि
क्षेत्रको विकासलाई दिगो बनाउन मद्दत गर्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि हुन्छ, कृषि क्षेत्र जलवायु परिवर्तनसँग अनुकुल
हुन्छ, र कृषि क्षेत्रले न्यून कार्वन उत्सर्जनको बाटो लिएको हुन्छ ।
जलवायु मैत्री कृषि पद्धतिका प्रमुख ३ आधार स्तम्भहरू हुन्छन् । ती हुन्ः
१. खाध सुरक्षा अर्थात कृषि उत्पादन र आम्दानीको दिगो बृद्धि गर्ने ।
२. जलवायु परिवर्तन अनुकुलन अर्थात जलवायु परिवर्तन अनुकुलन हुँदै समानुकुलन तर्फ उन्मुख हुने ।

३. जलवायु परिवर्तन न्यूनिकरण अर्थात सम्भव भए सम्म हरित गृह ग्याँसहरूको उत्सर्जन कम गर्ने ।

जलवायु मैत्री कृषि सम्पूर्ण रूपले नयाँ कृषि प्रणाली होइन ।
न त यसले नयाँ नयाँ प्रविधिहरू मात्र समेट्दछ । जलवायु
मैत्री कृषि नयाँ पद्धति हो जसले कृषि प्रणालीमा आवश्यक
परिवर्तनका लागि मार्गनिर्देश गर्छ, जसले कृषि प्रणालीमा
जलवायु परिवर्तका प्रभावहरू कम गराउन मद्दत गर्छ साथसाथै
कृषि उत्पादन बृद्धि गराउन पनि मूख्य भूमिका खेल्छ । यो
कृषि पद्धतिले स्थानीय प्रयास तथा ज्ञान सीप र प्रविधिको
प्रयोग लाई प्राथमिकता दिदैँ नयाँ प्रविधिहरूलाई पनि समेटेर
कृषि प्रणालीको दिगो विकासको परिकल्पना गर्दछ । त्यसैले जलवायु मैत्री कृषि पद्धति र यसमा प्रयोग गरिने प्रविधिहरू देश, जिल्ला, क्षेत्र, र जलवायु अनुसार फरक फरक हुन सक्छन् ।

आलुको ओइलाउने रोग (खैरो पिप चक्के रोग):

आलुको ओइलाउने रोग (खैरो पिप चक्के रोग):
----------------------------------------------------------
रोग लागेपछी बोट एक्कासि पानी नभएको जमिनमा उम्रे जस्तो ओइलाएर मर्दछ र रोगी दाना काटदा वरिपरि खैरो चक्का हुने र पिप जस्तो देखिन्छ ।
व्यवस्थापन बिधि :
-घुम्ती बाली लगाउने ।
-रोग लागेको खेतबाट उत्पादित बीउ नरोप्ने ।
-रोग लागेको बोट र दाना नस्ट गर्ने।

काउलीका उन्नत जातहरु:

--------------------------
अगाैटे जातहरु:

* पुसा दिपाली ( सर्लाही दिपाली ) : यो अगाैटो जात हो । फूल ५०० ग्राम देखि १ के. जी. सम्म हुन्छ । ६०-७० दिनमा तयार हु्न्छ ।
* पुसा कार्तिकी : यो पनि अगाैटे जात हो र ५५-६० दिनमा तयार हुन्छ।
* सिल्भर कप ६०, ह्वाइट फलस, स्नो किङ्ग, स्नो क्वीन, रमी - अगाैट, मिल्की वे, ट्रपिकल ४५, हिमलता


मध्यम जातहरु:

* काठमाण्डाै स्थानीय : यो मध्य माैसमी जात हो, वेर्ना सारेको १०० देखि ११० दिनमा तयार हुन्छ। फूलको ताैल सालाखला ३-४ के.जी. सम्म हुन्छ ।
* स्नो क्राउन

पछाैटे जातहरु:

* स्नोवल १६ ( डोल्पा स्नोवल ) : यो पछाैटे जात हो । १००-१२० दिनमा वाली तयार हुन्छ।
* किवो जायन्ट : यो पनि पछाैटे हो । १३०-१६० दिनमा वाली तयार हुन्छ ।

के हो मोरिंगा भनेको

मोरिंगा
=======
यसलाई नेपालको पहाडी क्षेत्रमा शितलचीनि र तराइमा सोहिजन भनेर चिनिन्छ भने अंग्रजीमा moringa, horseradish tree, drumstick भनिन्छ । यो मोरिङ्गगेसि परिवार भित्र पर्ने विरुवा हो भने यस्को वानस्पतिक नाम मोरिंगा ओलिफेरा हो । यस्को विरुवा एउटा काण्ड भएको तर हाँगाहरु तलतिर झुकेका हुन्छन् । सवैभन्दा राम्रो पहिचना त यस्को रुद्राक्षको जस्तो लामो कोशा फल लाग्दछ । त्यसैले त यसलाई ड्रम बजाउने लठी जस्तो कोशा भएको विरुवा भनिएको होला । यो कमलो प्रकृतिको छिटो वढ्ने इपिल इपिलको जस्तो पात भएको तर जरा टाढा टाढा सम्म फैलिने र १ मिटर जति अग्लो भएपछि मुलस्तम्भवाट हाँगा पलाउन थाल्दछ । यस्को अनारको जस्तै हिउदमा ९० प्रतिशत सम्म पात झर्दछ । प्राकृतिक रुपमा हुर्किएको विरुवा १५–२० फिट सम्म अग्लो र हाँगाहरु १० मिटर परसम्म फैलिएका हुन्छन् । व्यवसायिक रुपमा खेति गर्दा भने विरुवाको काँटछाट गरेर १–२ मिटर उचाई मात्र राख्ने गरिन्छ । ऐतिहासिक लिखतलाई अध्ययन गर्दा यस्को वहुउपयोगिताको महत्वलाई मध्यनजर गर्दै यस्को खेति भारतिय उपमहाद्धिपमा परापुर्वकाल देखि गरिदै आएको तथ्यपुर्ण प्रमाणहरु पाइन्छ ।

#हावापानी
यो विरुवा ताप तथा सूर्य मन पराउने(कगल बलम जभबत – यिखष्लन उबिलत ) र हिउ तथा वरफ पर्ने अवस्था सहन सक्दैन । यस्को खेति गर्मि किसीमको हावापानी र सुख्खा क्षेत्रमा( मचथ चभनष्यल) सफलता गर्न सकिन्छ । सामुनिपातिक वितरण भएको ५००—१००० मि.मि.वर्षा हुने क्षेत्रमा यस्को खेति राम्रोसंग फष्टाउछ ।

#माटो
यस्को खेति सवै प्रकारको रुख्खो सुख्खो माटोमा गर्न सकिने भएता पनि निकासयुक्त दोमट माटो मचबष्लबदभि मचथ, कबलमथ यच कष्ति कयष् ि मा विरुवाको वृद्धि विकास राम्रो हुने गर्दछ ।

#उन्नत_जात
१. जाफना:- यो भारतको तमेलनाडु क्षेत्रमा मुख्य रुपले खेति गरिन्छ । यस्को कोशाहरु ६०— ९० से.मि. लामो, नरम, स्वादिलो गुदि हुन्छ । यो प्रजाति श्रीलंकावाट भित्रीएको अनुमान गरिन्छ ।
२. चेम्मुरुंगाई :- फलको टुप्पो रातो भएको, फूल वर्षभरी लाग्दछ र उत्पादन अन्य जातको भन्दा वढि हुन्छ ।

गाजर खेति


==========
गाजरमा अल्फा र विटा क्यारोटिन (Alpha and Beta Carotene) भिटामिन "ए" बन्ने कच्चा पदार्थ प्रचुर मात्रामा पाईन्छ ।गाजर तराई तथा मध्य पहाडमा भदौ महिना देखि पुष महिना सम्म र पहाड तथा उच्च पहाडमा युरोपियन जातहरु फागुनको तेश्रो हप्ता देखि साउनको पहिलो पक्ष सम्म रोपिन्छ ।गाजरलाई गहिरो, खुकुलो र दोमट माटो राम्रो हुन्छ ।पूर्बिय जात (जापानिज, कोरियन) तराईमा राम्रो हुन्छ भने पश्चिमी जातहरु पहाडी तथा उच्च पहाडी भागमा राम्रो हुन्छ ।नेपालमा उपल्बध गाजरका जातहरु :-

न्यूकुरोडा
नान्टिस फोर्टो
कुरोदा मार्क
नेपा ड्रिम
सिग्मा
न्यू करोदा

करेला खेती लगाउने समय र नर्सरी:



- बेमौसमी खेतिको रूपमा करेला तराईमा मङ्सिर देखि पौस महिनासम्म लगाउन सकिन्छ भने पहाडि भेगमा करेला माघदेखी फाल्गुन महिनासम्म लगाउन सकिन्छ।

- यसका लगि मलिलो माटो २ भाग, कुहिएको कम्पोस्ट मल १ भाग र बालुवा १ भाग मिसाइ मसिनो पारी ३ इन्च चौडा र ५ इन्च लम्बाइ भएको प्लास्टिकको थैलोको माथिल्लो भागमा दुइ-तिन से.मि. खाली राखी भर्नु पर्दछ।

- स्वस्थ बिउलाइ २४ घण्टासम्म मन्तातो पानिमा भिजाउने र बिउलाइ बाक्लो कपडामा पोको पारि न्यानो स्थानमा राखेर उमार प्रतिशतमा ब्रिधि गर्न सकिन्छ।

लाही कीरा व्यवस्थापनका केहि उपायहरु….

….लाही कीरा व्यवस्थापनका केहि उपायहरु….

• पहेंलो स्टिकी पासोको प्रयोग
• १ भाग गाईभैंसीको मुत्रमा ४ भाग पानी हालेर २-३ दिनको फरकमा छर्कने
• १ के.जी. सुर्तिको पात र डाँठलाईइ १५ लिटर पानीमा भिजाउने । भिजाएको २४ घण्टापछी छानेर त्यसमा १ मुठी धुलो साबुन हाली छर्ने
• १ भाग केतुकीको पात थिचेर ५ भाग पानीमा केही समय भिजाएर छर्कने । यो छरेको ४–५ दिनसम्म बाली टिप्नु हुँदैन ।
• सात थोप्ले खपटे किराले लाही खान्छ ।

आलुमा लाग्ने मुख्य किरा र तिनको ब्यवस्थापन:

आलुमा लाग्ने मुख्य किरा र तिनको ब्यवस्थापन:
============================



१) रातो कमिला
आलुमा माटो सहितका मसिना वा ठुला छिद्रहरु देखिन्छन।
रोकथाम:
-गहुत, असुरो, खिर्रो वा चिउरिको प्रयोग गर्ने। ,
-क्लोरिपाइरिफस (०.००४५%) @ १०० मिली लिटर प्रती बोट प्रयोग गर्ने।

२) लाही
लाही किराको वयस्क अनी लार्भा दुवैले आलुको बोटबाट रस चुस्ने गर्दछन। यिनिहरुले आक्रमण गरेको बोट सानो कदको हुन्छ, पातहरु बेरिएको हुन्छ। यिनिहरुले महजस्तो तरल पदार्थ निस्कासन गर्दछन जुन पछी हामीले देख्ने कालो पदार्थमा पारीणत हुन्छ।
रोकथाम:
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने।
-आलुको बोटमा डाइमेथोएट(०।०३%)छर्ने।
३) खुम्रे किरा
यसको प्रकोप खासगरी पहाडी क्षेत्रमा बढी हुन्छ। खुम्रे आलुको जरा अनी बढ्दै गरेको फलमा भर पर्दछ र फलमा ठुलो छिद्र पार्दछ। यो किराको वयस्क आलुको पातमा भर पर्दछ।
रोकथाम:
-बालिचक्र अपनाउने।
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने।
४) फेद कटुवा
यस् किराले आक्रमण गरेको बोटको ढिलो बिकास भई सानो अनी कमजोर रहन्छन। पातहरु पहेलिन्छन, मुर्झाउछन अनी झर्छन।
रोकथाम:
-गर्मी याममा गहिरो गरी खेत जोत्ने।
-बालिचक्र अपनाउने।
-पासो बालिको रुपमा सयपत्रीलाई प्रयोग गर्ने।
५) आलुको पुतली :
पातमा हरियो, सेतो धब्बा, खैरो-डढेको धब्बा, डाठ र आलुमा सुरुङहरु देखिने र आलुका आख्लाबाट खैरो पदार्थ निस्कन्छ।
रोकथाम:
-लक्षण देखिएको पात चुढेर नस्ट गर्ने।
-बत्तिको पासो प्रयोग गर्ने।
-गहिरोमा आलु रोप्ने र उकेरा राम्रोसँग दिने।
-सिन्चाइको राम्रो ब्यवस्था गर्ने।
-नयाँ आलुलाई पुरानो रोग लागेको आलुसँग नमिसाउने।

प्राङ्गारिक वा गोठेमलका मुख्य फाइदाहरु:

प्राङ्गारिक वा गोठेमलका मुख्य फाइदाहरु:

- माटोको भौतिक, रासायनिक र जैबिक गूण सुधार गर्छ।

- आवश्यक सबै खाद्यतत्व लामो समयसम्म पुर्ति हुन्छ।


- प्रयोग गर्न प्राभिधिक ग्यान्को धेरै आवश्यक्ता पर्दैन।

- प्रयोग गर्दा धेरै वा थोरै भएमा खासै फरक पर्दैन।

- स्थानिय स्थानमा नै उत्पादन गर्न सकिन्छ।

बाख्रालाइ यसरी राेग लाग्नै नदिनुहाेस


🐐🐐🐐 बाख्रालाइ यसरी राेग लाग्नै नदिनुहाेस 🐐🐐🐐
---------------------------------------------
बाख्रापालन नेपाली कृषक परिवारमा एक लोकप्रिय पेशा हो ।  बाख्राकाे शरीरमा हुने लाभदायक व्याक्टेरीया बढी भएमा हानिकारक व्याक्टेरीया विरूद्ध लड्न मदत गर्छ र दाना पानी धरै पचाउन मदत गर्छ र अन्तत शरीरलाइ नराेगी बनाउछ ।
प्राेवायाेटिक भनेकाे नै लागभादायक व्याक्टेरीया हाे जाे औषधीकाे माध्यमबाट शरीरभित्र छिराइन्छ ताकी शरीरमा लागभादायक व्याक्टेरीयाकाे संख्या धेरै बनाएर शरीरलाइ निराेगी बनाउछ । यस्ता पशुहरू ले उत्पादन गर्ने दुध मासु जस्ता उत्पादनहरूमा लागदायक पाैष्टिक तत्वहरूकाे मात्रा धेरै हुन्छ । प्राेवायाेटिक नै शरीरलाइ राेग लाग्नै नदिने उपाय हाे ।त्यसैले खुराकमा सुधार ल्याउनक लागि सरकारले दानामा प्रोबायोटिकको प्रयोग गर्न कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।
एनिमल वियाेसा प्रोबायोटिकको रूपमा बाख्रामा प्रयाेग गरीन्छ ।
यसले निम्न फाइदा पुर्याउछः
🐐 बाख्रामा मासुकाे उत्पादन बृद्धि गर्छ ।
🐐 जनावरमा प्रतिराेधात्मक शक्ति बढाइ राेग लाग्नबाट बचाउछ ।
🐐 अन्य औषधि तथा एन्टीवायाेटिकमा लाग्ने खर्च कम गर्न मद्दत गर्छ ।
🐐 छाेटा अवधिमानै आर्थिक प्रतिफल हुन्छ ।
🐐 स्वस्थकर मातृत्वका लागि याे प्रभावकारी छ ।
प्रयाेग गर्ने विधिः
खसी बाेका र माउका लागिः २० मिलि/माउ/दिन
३-४ महिनाका पाठा पाठीका लागिः ६ मिलि/पाठा पाठी/दिन
५-६ महिनाका पाठा पाठीका लागिः ९ मिलि/पाठा पाठी/दिन
७-८ महिनाका पाठा पाठीका लागिः १२ मिलि/पाठा पाठी/दिन
९-१० महिनाका पाठा पाठीका लागिः १५ मिलि/पाठा पाठी/दिन
११-१२ महिनाका पाठा पाठीका लागिः १८ मिलि/पाठा पाठी/दिन
तपाइकाे स्थान कमेन्टमा लेख्नुभयाे भने नजिकैकाे एग्राेभेटकाे जानकारी दिनेछाैँ ।

फेद कुहिने रोग (Foot rot)

फेद कुहिने रोग (Foot rot)
=================
------------------------------------------
#लक्षण
खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेद कुहिएर मर्दछन्तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन्।

#व्यवस्थापन_विधि
• रोगी बोट भएको खेतबाट बीउ संकलन नगर्ने ।

• कार्वेन्डाजिम ५० प्रतिशत डव्लुपी. (वेभिष्टिन वा डेरोसाल)ढूसीनाशक विषादी २ ग्राम प्रति किलो बीउका दरले उपचार गरी व्याड राख्ने ।

• रोग ग्रस्त बोटहरू उखेलेर नष्ट गर्ने ।

कुखुरामा एन्टिवायाेटिक कि प्राेबायाेटिक ??

⁉️ कुखुरामा एन्टिवायाेटिक कि प्राेबायाेटिक ??
==================================
✍️ अमेरिका स्थित U.S. Department of Agriculture का अनुसार अमेरिका काे सबैभन्दा ठुलाे कुखुरा प्रशाेधनकर्ता , Tyson Foods ले September 2017 भित्र दानामा प्रयाेग गरिने सबैखाले एन्टिवायाेटिक प्रयाेगमा राेक लगाउने र प्राेबायाेटिकमा आधारित कुखुरापाल गर्ने घाेषणा गर्याे । फलस्वरूप प्राेबायाेटिक प्रयाेग गरिएका कुखुराकाे विक्रि मा ३४ प्रतिशत वृद्धि भयाे ।
(Source: https://news.okstate.edu/…/art…/2017/probiotics-poultry.html )

⁉️ त्यसाेभए के हाे याे प्राेवायाेटिक ?
✍️ एन्टिबायोटिकको विकल्पमा अहिले विकसित देशहरूमा प्राेवायाेटिक काे प्रयाेग रूचाउन थालिएकाे छ भने नेपालमा यसकाे भरखर प्रयाेगमा आएकाे छ ।प्राेवायाेटिक खासमा कुनै रसायनिक तत्व नभएर शरिरलाइ चाहिने जैविक व्याक्टेरिया हाे । पशु चिकित्साकर्मीहरु एवं कुखुरा पालकहरुले एन्टिबायोटिकको उपयोगमा गम्भीरताले बिचार गर्नुपर्ने हुन्छ । किनकी उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरु कुखुराको फूल , मासुजन्य उत्पादनमा आवश्यक रुपमा आउन सक्छ । जुन जनस्वास्थ्यको लागि हानीकारक हुन सक्छ । एन्टिबायोटिक औषधिहरुको Side Effect धेरै हुनसक्ने तर प्राेवायटिककाे कुनै पनि Side Effect हुदैन ।

⁉️ नेपालमा प्रयाेगमा छ त प्राेवायाेटिक ?
✍️ अहिले नेपालका अधिकांश ठाउमा कुखुरामा प्रयाेग हुने पाेल्ट्री वियाेसा नामक प्राेवायाेटिक बजारमा उपलव्ध छ ।

⁉️ पाेल्ट्री वियाेसा ले केके फाइदा गर्छ त ?
✍️यसले निम्न फाइदा गर्छ
✅ कुखुराकाे मासु उत्पादनमा बृद्धि । मासुकाे गुणस्तरमा बृद्धि गर्छ ।
✅ प्रतिराेध क्षमतामा बृद्धि गर्छ ।
✅ दाना खपत दरमा कमी गर्छ ।
✅ खाेर गन्हाउने समस्यामा कमि ल्याउछ ।
✅ शरीरलाइ आरामदायिता प्रदान गर्छ ।
✅ अण्डाकाे गुणस्तर तथा संख्यामा बृद्धि गर्छ ।

⁉️ त्यसाे भए कहा पाइन्छ त वियाेसा ?
✍️ तपाइकाे स्थान कमेन्टमा लेख्नुभयाे भने नजिकैकाे एग्राेभेटकाे जानकारी दिनेछाैँ ।

कन्य च्याउ खेती

कन्ये च्याउ खेती
==========
कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु पर्छ । भौगोलिक दृष्टिकोणले ८००–१४०० मिटर उचाई भएको ठाउ“मा चैत्र महिनादेखि कार्तिक महिनासम्म र सोभन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल हुनेछ । काठमाण्डौं उपत्यकामा यसको खेती फाल्गुणदेखि कार्तिक महिनासम्म गर्न सकिन्छ । तर हाल जाडोमा पनि उम्रने जातको बीउ पाइने भएकोले जाडोमा पनि यसको खेती गर्न सकिन्छ ।

क. आवश्यक सामाग्री

१) ड्रम बा फोसी पोटास

२) प्लाष्टिक बाटा र बाल्टीन

३) भुस्सा काट्ने कैंची
४) मट्टितेल स्टचोभ वा चूलो
५) प्लाष्टिक सिट
६) प्लाष्टिक ब्याग
७) पराल
८) च्याउको बीउ

ख. खेती गर्ने तरीका
कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रो कुन्यू लगाएको पराल हुनु पर्दछ । परालमा हरियोपन भएको खण्डमा ढूसी फैलन गाह्रो पर्दछ । आपूmलाई चाहिने जति राम्रो पराल जोखिसकेपछि करिब २–३ इन्च लामो टुक्रा पार्नु पर्छ । यो पराल टुक्रा पार्नको लागि भुस्सा काट्ने कैंची (चुलेसी) प्रयोग गर्न सकिन्छ । टुक्रा पारेको पराललाई कमसेकम दुई घण्टासम्म सफा पानीमा भिजाउनुपर्छ अर्थात रातभरी भिजाए पनि हुन्छ । भिजाइसकेको पराललाई ठूलो बाटा वा भा“डोमा सफा पानी राखी राम्रोसंग पखाल्नु पर्दछ । पखाल्दा पखाल्दै पानी धमिलो भने भने फेरि सफा पानी फेर्नु पर्दछ । यसरी पखालिसकेपछि परालको पानी तर्कन दिन २–४ घण्टा राख्नु पर्दछ । परालबाट पानी तर्काउनको लागि १ मिटरमा काठको फ्रेम राखेर बनाई त्यो जाली भुईबाट उठाई भुईमा नछुने गरी राख्नु पर्छ त्यस माथि भिजेको पराल राख्दा पानी चा“डै तर्किन्छ । पानी तर्काइसकेको पराललाई हत्केलामा एकमुठ्ठी लिई थिचेर हेर्दा यदि पानीका थोपाहरु ननिस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनि यकीन गर्न सकिन्छ यदि पानीको थोपाहरु धेरै निस्केको देखियो भने त्यसलाई अरु १–२ घण्टा पानी तर्काउन राख्नु पर्छ ।

ग. पराल बफाउने तरीका
पराल बफाउनेको लागि ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ । ड्रममा तल पट्टि ६ इन्चसम्म पानी राखी त्यसमा ३–४ वटा इ“ट्टा ठड्याएर राख्ने । अनि त्यसको माथि जाली अथवा प्वाल प्वाल परेको चक्का राख्नुपर्छ । अनि मात्र परालले ड्रम भर्नुपर्दछ । ड्रमको मुखमा प्लाष्टिकले राम्रोसंग छोपेर डोरीले बा“ध्नुपर्छ । ड्रमको माथिबाट वाफ आउन थाले पछि कम से कम आधा घण्टा (३०मिनेट) सम्म पराललाई बफाउनु पर्दछ । यसरी बफाउ“दा परालमा भएका हानिकारक कीरा र जीवाणुहरु नष्ट हुन्छन् । बफाएको पराललाई चिसो नहु“दै प्लाष्टिकको धोक्रामा वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ ।

घ. रोप्ने तरीका
कन्ये च्याउ रोप्नको लागि प्लाष्टिकको १२”ह२६” अथवा १६”ह२६” (इन्च) साइजको थैला लिनु पर्छ । च्याउको बीउ प्लाष्टिकको थैलामा रोप्दा एक तह पराल, एक तह बीउ राख्दै हातले बेसरी थिच्दै जानु पर्दछ वा बीउ र पराल मिसाएर थैला भरेको खण्डमा पनि राम्रै हुन्छ । थैला भरिसकेपछि यसको मुख सुत्तलीको धागोले बा“ध्नु पर्दछ । यसमा ४ औंलाको फरकमा प्वाल पार्नुपर्दछ । साथै प्वालहरु पूरा खोलेको हुनुपर्दछ । अर्काे तरीका, बीउ रोपेपछि चक्कुले ठाउ ठाउमा क्रस अथवा घर्साे गरी काटन पनि सकिन्छ । यो बीउ रोपेको पोकालाई अ“ध्यारो कोठामा ३ हप्तासम्म राख्नु पर्दछ । यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेल्सस हुनुपर्छ । ३ हप्ताभित्र च्याउको ढूसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा ¥याकमा राख्नुपर्दछ । भुईमा राख्दा इ“टा वा काठको फल्याक तलतिर राखी एक एक वित्ता फरक गरी लाइनमा राख्नुपर्दछ ।

दिनको २–३ पटक सम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ । पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सस हुनुपर्छ । सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको ठीक ४–५ दिनपछि साना साना कनिका जस्तो च्याउहरु देखापर्छ । यसको ३–४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको संचालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोली उज्यालो पार्नु पर्दछ यसरी एक पटक च्याउ टिपेपछि अर्काे ७–१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यति बेला अर्काे च्याउ आउ“छ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ । त्यस्तै गरी अर्काे १० दिन पछि तेश्रो पटक च्याउ टिप्न सकिन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्नु फाइदाजनक हुन्छ । ओष्ट्राटस जातको कन्ये च्याउ झुप्पा झुप्पा गरेर एक पछि अर्काे गर्दै लगातार आइरहन्छ । च्याउ आउने अवधि ३५ दिनदेखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा एक के.जी. परालबाट सालाखाला ५००–६०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसंग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुनेछ । कहिले का“ही १०० प्रतिशत नै उत्पादन आउ“छ ।

ङ खेती गर्दा आइपर्ने समस्या र त्यसको समाधान
१. च्याउ खेती गर्दा बेला बेलामा मसिनो झिंगा, सुलसुले, कालोकीरा आदि लाग्न सक्छ । ती कीराहरु लागेमा नुभान औषधी एक लिटर पानीमा एक देखि आधा मिलिलिटर राखेर छर्कनुपर्दछ । तर च्याउ आइरहेको बेलामा भने छर्कनु हु“दैन, छर्केको खण्डमा च्याउ खुम्चेर गई उत्पादन कम हुनेछ ।
२. च्याउको पोकामा कहिलेका“ही जंगली च्याउ (कालो खालको आउन सक्छ । जंगली च्याउ पहिचान गरी आउना साथै टिपेर फाल्नुपर्छ ।
३. कुनैकुनै परालको पोकामा सेतो ढूसी नआइन, कालो, निलो, हरियो ढूसी आउन सक्छ । यस्तो आएको पोका त्यहा“बाट
हटाई माटोमा गाडि दिनुपर्छ ।
४. कोठामा हावाको संचालन राम्रो नभएमा च्याउको डा“ठमात्र लामो भएर आउ“छ ।

च. सुकाउने प्रविधि
कन्ये च्याउ सुकाएर पनि राख्न पनि सकिन्छ । च्याउलाई यसरी सुकाए राम्रो हुन्छ ।
१. च्याउ टिपेर सफा धागोमा माला गा“सेर कोठाभित्र सुकाउनु पर्छ । च्याउ सुकाउ“दा कोठाको पश्चिमपट्टिको झ्याल खुल्ला राखी कोठामा राम्रो हावा संचालन गराउनु पर्दछ ।
२. च्याउ घाममा सुकाउनु हु“दैन किनकि घामले च्याउको रंग र गन्ध हराउ“छ । तर सोलार ड्राएरमा सुकाउ“दा भने राम्रो हुन्छ ।
३. यसरी सुकाएको च्याउ खेती तातो पानीमा १० मिनेट भिजाई राख्नुपर्छ र त्यसपछि मात्र पकाउनुपर्छ ।

बाख्रामा पेट फुल्ने समस्या

….बाख्रामा पेट फूल्ने समस्या….

पशुलाई धेरै प्रोटिनयुक्त ताजा कोसेघासँहरु जस्तै- क्लोभर, बर्सीम , आदी खवुाउँदा पेट फुल्न सक्ने भएकाले त्यस्ता घाँसहरु ओइलाएर मात्र खवुाउनु पर्दछ। पशुहरुलाई बिहानीको शीत ओभाईसकेपछी मात्र चराउन लैजानु पर्दछ ।
घाँस खाएर बान्ता गर्ने, छेरौटी लाग्ने र पेट फुल्ने समस्याको समयमा उपचार नभएमा पशु मर्न सक्छ । २–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क बाख्रालाई खुवाउन सकिन्छ । विष हटाउने औषधी (एण्टिडोट) सुई दिएर उपचार गर्न सकिन्छ ।


सिर्जना जातको गोलभेंडा बारे जानकारी

सिर्जना जातको गोलभेंडा बारे जानकारी
==========================
------------------------------------------------
सिर्जना जातको गोलभेंडाको पोथी लाइन (HRD 1)तथा भाले लाइन (HRD 17) भारतबाट ल्याई केही वर्ष पहिले छनोट गरिएको थियो ।प्रति रोपनी फल उत्पादनः ५ देखि ५.५ मे. टन हुन्छ।

#बिरुवा_रोप्ने_समय
तराईमाः भदौ देखि पुससम्म (खुला खेतबारीमा)

मध्य पहाडमाः फागुन, चैत (खुला खेतबारीमा)

मध्य पहाडमा (बेमौसमी खेती) असार, साउन (प्लास्टिक घरभित्र)

डाथ र फल गवारो (brinjal shoot and fruit borer)

डाथ र फल गवारो (brinjal shoot and fruit borer) ) :

हानि गर्ने किराको अवस्था: लाभ्रे

बस्ने ठाउ: कलिलो डाथ र फल

किराको परिचय: गाढा खैरो दागहरु भएको फिक्का गुलाबि रङको लाभ्रे
 
रोकथामका उपायहरु: किरा देखिनासाथ मलाथिअन ५० इ.सी. प्रतिलिटर पानीमा १ मि ली को झोलको प्रयोग गर्ने।