यी हुन् ब्यायाम बिना नै तौल घटाउने उपाय




प्रशस्त मात्रामा पानी पिउने ।

खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

ताजा जुसको सेवन गर्नुपर्छ ।

खानामा सलादको मात्रा बढी सेवन गर्नु ।

चिनी तथा गुलिया चकलेट नखाने ।

मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।

यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।

कपाल झर्नबाट कसरी रोक्ने ? अपनाउनुहोस् यी तरिका :-

कपाल झर्नबाट कसरी रोक्ने ? अपनाउनुहोस् यी तरिका :-

अण्डा र ग्रीन टी :

अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । यो हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइँको कपाल झर्ने समस्या समाधान हुन्छ ।

प्याज र फिटकिरी :

प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको सानो टुक्रा लिनुहोस् र प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनुहोस् त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइँको कपाल झर्नबाट रोक्छ ।

केरा र अण्डा :

एक एक वाटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधाघण्टा छाडिदिनुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।

यसका साथै दैनिक रुपमा नियमित पौष्टिक आहारको सेवन गर्नु, नियमित ब्यायाम गर्नु तथा प्रशस्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।

निरोगी बन्ने ११ तरिकl:-


निरोगी बन्ने ११ तरिकl:-
स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ।  तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ।

१)फलफुल र सागसब्जीमा जोड:-
भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ। यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ। जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ। तर ताजाचाहिँ हुनुपर्छ। मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ  ।

२)मासु कम:-
मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ। डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ। शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ। गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ। किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ।

३)जंक फुड नखाने:-
प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन। प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ।

4)पर्याप्त पानी पिउने:-
प्रशस्त पानी पिउनुपर्छ। स्वास्थ्यलाई ठीक राख्न पानीको उपयोगिता वर्णन गरी साध्य छैन्। जतिखेर पनि हाइडे«ड रहनुपर्छ। पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ। विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ।

४)राम्रोसँग पकाउने:-
राम्रोसँग पकाएर खानुपर्छ। त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ। तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ। खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन। खानामा सकभर नुन धेरै राख्नुहुँदैन। अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनि १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ।

५)चिल्लो कम:-
चिल्लो खाँदै नखाने भन्ने होइन। तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ। कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ। जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ। यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ। चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ।

६)व्यायाम:-
कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन। स्वस्थ रहन सक्रीय हुनुपर्छ। फटाफट हिड्नुपर्छ। यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ। दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन्। मोटोपनले विभिनन रोग निम्त्याउने भएकोले पनि हिडडुल गर्नु उपयुक्त हुन्छ।

७)मदिरा सेवन कम:-
सकभर मदिरा पिउनुहुँदैन। यदि पिउने नै हो भने थोरै मात्रामा पिउनुपर्छ। थौरे परिणामको मदिराले मुटु स्वस्थ बनाउँछ।

८)धुम्रपान नगरौं:-
धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन। धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ। धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ।

९)नियमित परीक्षण:-
नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। उमेर बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ। वर्षमा कम्तिमा एक पटक सम्पूर्ण शरिर परीक्षण (होल बडी चेक) गन राम्रो हुन्छ। अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि रोग लाग्ने गरेको भेटिन्छ। मुटु, प्रेसर, सुगर जस्ता समस्याबारे सचेत हुनुपर्छ।

१०)रमाइलो गर्नुपर्छ:-
रमाइलो गर्नुपर्छ। कामबाट फुर्सद निकालेर रमाइलो गर्नुु राम्रो हुन्छ।  चिन्ता र दुःख लिदा अनावश्यक रोग निम्तिन्छ। जीवनलाई मानसिक रुपमा फूर्तिलो बनाउन पनि हसिमजाक आवश्यक पर्छ। ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले पनि मुड फ्रेस हुन्छ।

११)निरन्तर सक्रीयता:-
सानातिना विषयमा पनि सक्रीय हुनुपर्छ। समयको सदुपयोग गरी व्यस्त रहँदा पनि मनमा सन्तोष हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?



कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?
विपिन कोइराला

डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामानको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।

यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्। "भिजन काउन्सिल" नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई "कम्प्युटर भिजन सिन्ड्रोम" नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।

के हो कम्प्युटर भिजन सिन्ड्रोम?
मेडिकल भाषामा "डिजिटल आई स्ट्रेन" पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टििमा आउने समस्यालाई "कम्प्युटर भिजन सिन्ड्रोम" भनिन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका लक्षण
यो सिन्ड्रोम भएमा धेरै खालका लक्षण देखिन्छन्। सबै मानिसमा सबैखालका लक्षण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।
१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्नु,
४. आँखा चिलाउनु, बिझाउनु, पोल्नु,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रती रुची घटेको महसुश हुनु
८. रातीमा निन्द्रा घटेको महसुश हुनु

किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोम?
ब्लु लाइट : डिजिटल सामग्रीको स्क्रिनबाट आउने प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्रा कम गर्छ, जसले गर्दा निन्द्रा नलाग्ने लक्षण देखिन्छ।

ग्लेर : स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।

लामो समयसम्म नजिकको काम
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखाभित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ।

आँखा कम झिम्क्याउनु
सामान्यतया: हामीले औसतमा १५-१६ पटक प्रतिमिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।

गलत मुद्रामा रहेर काम गर्ने
काम गर्ने वातावरण आफूअनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रमा उज्यालो भए–नभएको ख्याल गर्नुपर्छ। उज्यालोपन कम वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ । आँखा र स्क्रिनबीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेवल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुरामा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्यक्षमता घट्ने हुन्छ।

दृष्टिदोष
दूरदृष्टिो, अदूरदृष्टिकले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्। दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ।

कम्प्युटर भिजन सिन्ड्रोमबाट कसरी बच्ने?
– २०-२०-२० नियमको प्रयोग : २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने।

– ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोग : यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।

– कृत्रिम आँसु थोपाको प्रयोग : कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाहअनुसार वा कम्प्युटर प्रयोग गर्दा १-१ घन्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।

– काम गर्ने वातावरण आफूअनुकूल र सहज बनाउने : तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफूअनुकूल बनाउन सकिन्छ।
क) कोठामा पर्याप्त उज्यालो को प्रयोग गर्ने,
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफूअनुकूल बनाउने,
ग) आँखा र स्क्रिनबीचको दूरी कम्तीमा २५ इन्च राख्ने,
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च)  आफु काम गर्ने टेवल र कुर्सीको उचाइ आफुलाई सहजहुने गरी मिलाउने ,

– रेगुलर आँखा जाँच गराउने : रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनुपर्छ। प्रत्येक ६ महिनामा दृष्टि  विशेषाज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आँखा जाँच गराउनु उपयुक्त हुन्छ

गर्मि मौसममा अनुहारलाई कसरि चमक राख्ने



गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि प  छि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।
१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।

२ बेसन र बेसार
२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।

४ केरा सेवन
गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।

५ सुन्तालका बोक्रा
सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी
एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध
काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस
आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना
दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ ।

आलुको ओइलाउने रोग (खैरो पिप चक्के रोग):

आलुको ओइलाउने रोग (खैरो पिप चक्के रोग):
----------------------------------------------------------
रोग लागेपछी बोट एक्कासि पानी नभएको जमिनमा उम्रे जस्तो ओइलाएर मर्दछ र रोगी दाना काटदा वरिपरि खैरो चक्का हुने र पिप जस्तो देखिन्छ ।
व्यवस्थापन बिधि :
-घुम्ती बाली लगाउने ।
-रोग लागेको खेतबाट उत्पादित बीउ नरोप्ने ।
-रोग लागेको बोट र दाना नस्ट गर्ने।

काउलीका उन्नत जातहरु:

--------------------------
अगाैटे जातहरु:

* पुसा दिपाली ( सर्लाही दिपाली ) : यो अगाैटो जात हो । फूल ५०० ग्राम देखि १ के. जी. सम्म हुन्छ । ६०-७० दिनमा तयार हु्न्छ ।
* पुसा कार्तिकी : यो पनि अगाैटे जात हो र ५५-६० दिनमा तयार हुन्छ।
* सिल्भर कप ६०, ह्वाइट फलस, स्नो किङ्ग, स्नो क्वीन, रमी - अगाैट, मिल्की वे, ट्रपिकल ४५, हिमलता


मध्यम जातहरु:

* काठमाण्डाै स्थानीय : यो मध्य माैसमी जात हो, वेर्ना सारेको १०० देखि ११० दिनमा तयार हुन्छ। फूलको ताैल सालाखला ३-४ के.जी. सम्म हुन्छ ।
* स्नो क्राउन

पछाैटे जातहरु:

* स्नोवल १६ ( डोल्पा स्नोवल ) : यो पछाैटे जात हो । १००-१२० दिनमा वाली तयार हुन्छ।
* किवो जायन्ट : यो पनि पछाैटे हो । १३०-१६० दिनमा वाली तयार हुन्छ ।