Showing posts with label खेलकूद. Show all posts
Showing posts with label खेलकूद. Show all posts

बन्ने भयो अन्तराष्ट्रीय कृकेट रंगशाला


माघ १५ –  भरतपुर चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्ने तय भएपछि देशसंगै चितवनबासीले गर्व महसुस गरिरहेका छन् धुर्मुससुन्तली फाउण्डेशनले निर्माण गर्न लागिरहेको क्रिकेट रङ्गशाला निर्माणको सम्पुर्ण तयारी पुरा भएको उक्त रङ्गशालाको औपचारिक घोषणा भोली (बुधबारकाठमाडौंको राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेको हो सोही कार्यक्रममा फाउण्डेशन भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा कठ्ठा जग्गामा रंगशाला बन्नेछ रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने सो रंगशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको सो जग्गा रंगशाला निर्माणका लागि दुई विश्वविद्यालय भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रंगशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी विदेशी नेपालीहरू उत्साहित भएका थिए कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो

औपचारिक घोषणा सम्झौतापछि स्वदेश विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइनेछ सरकार जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने भएको हो   रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै गरिनेछ राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको

कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् यी अभियान पुरा भएसंगै फाउण्डेशनले क्रिकेटमा भईरहेको उपलब्धीलाई हेर्दे क्रिकेट रंगशाला निर्माणका लागि प्रक्रिया अगाडी बढाएको थियो


कृपया सक्दो सेयर गरिदिनुहोला ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा
धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छौं । सो को भोली ठिक १:३० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप बाट घोषणा गर्दैछौं । सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई उक्त ऐतिहासीक समारोहमा उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौं ।
‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
धुर्मुस सुन्तली फाउण्डेशन

नेपालको ऐतिहासिक सिरिज जित दौरान बनेका ९ ठुला किर्तिमानहरु



नेपालले गत वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि खेलेको दोश्रो सिरिजमा घरेलु टिम युएईलाई - ले पराजित गर्दै ऐतिहासिक पहिलो सिरिज जित दर्ता गर्यो। खेलमा युएईले पहिले ब्याटिंग गर्दै दिएको २५५ रनको लक्ष्य नेपालले विकेट गुमाएर ४४. ओभरमा पुरा गर्दै विकेटको जित दर्ता गरेको हो।

खेलमा नेपालको जितसंगै थुप्रै रेकर्डहरु बनेका छन् जसमध्ये प्रमुख रेकर्डलाई यस लेखमा समाबेस गरेका छौँ

.पहिलो सिरिज जित 
नेपालले यस भन्दा अघि नेदरल्याण्डसंग गत वर्ष अगस्टमा वटा खेलको सिरिज खेलेको थियो जुन - को बराबरीमा टुंगिएको थियो। दोश्रो एकदिवसीय सिरिज युएईसंग खेल्ने क्रममा जित हात पार्दै नेपालले - अन्तरले ऐतिहासिक पहिलो सिरिज जित दर्ता गरेको हो।

. लक्ष्य पछ्याउदै पहिलो  
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लक्ष्य पछ्याउदै जितको यो पहिलो खेल हो। यस अघि नेपालले जितेको दुवै खेलमा पहिले ब्याटिंग गरेको थियो। नेदरल्याण्डसंग गत वर्ष नेपालले रनले तथा युएईलाई यही सिरिजमा नेपालले १४५ रनले पराजित गरेको थियो।

. सबै भन्दा ठुलो विकेट अन्तरको जित 
लक्ष्य पछ्याउने क्रममा विकेटको जित हात पार्ने साथ यो नेपालको सबैभन्दा ठुलो विकेट अन्तरको जित हो। यस भन्दा अघि नेपालले लक्ष्य पछ्याएर खेल जितेको थिएन।



. पारस खड्काको पहिलो शतकसंगै बनेको थुप्रै किर्तिमान 
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पारस खड्का पहिलो खेलाडी बनेका छन्। यस्तै उनले बनाएको ११५ रन स्वतः नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन हो। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए। पारसले ११५ रन बनाउने क्रममा १५ चौका प्रहार गरे जुन एकै खेलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै चौका हो। यस्तै पारसले शतक प्रहार गर्न ९६ बल लगाएका थिए जुन स्वत सबैभन्दा थोरै बलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

सर्वाधिक शतक बनाउने नेपाली ब्याट्सम्यान
पारस खड्काले यो संगै नेपालको लागि खेल्ने क्रममा वटा शतक पुरा गरेका छन् जुन नेपाली खेलाडीको सर्वाधिक शतक हो। पारस पछि अनिल मण्डलले वटा शतक प्रहार गरेका छन्। पारसले सन् २०१२ मा कुवेत बिरुद्ध, २०१६ मा नामिबिया बिरुद्ध २०१८ मा युएई बिरुद्ध शतक प्रहार गरेका थिए। नेपालको लागि एकदिवसीय क्रिकेटमा कुल ११ शतक प्रहार भएका छन्। पारसले , अनिल मण्डलले तथा राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, सुबास खकुरेल ज्ञानेन्द्र मल्लले - शतक बनाएका छन्।

. एकदिवसीयमा नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत योगफल 
पारसले बनाएको ११५ रन नेपाली ब्याट्सम्यानले बनाएको संयुक्त सर्वाधिक रन हो। यस भन्दा अघि सन् २०१२ को बिश्व क्रिकेट लिग डिभिजन- मा सुबास खकुरेलले बनाएको ११५ रन यस भन्दा अघि नेपाली ब्याट्सम्यानको सर्वाधिक रन थियो। ज्ञानेन्द्र मल्लले सिंगापुर बिरुद्ध २०१४ को बिश्व क्रिकेट लिग डिभिजन- मा बनाएको ११४ रन दोश्रो सर्वाधिक रन हो भने अनिल मण्डलले डेनमार्क बिरुद्ध सन् २०१२ को डिभिजन- मा ११३ रनको इनिंग खेलेका थिए त्यसपछिको सर्वाधिक हो।

. नेपालको सर्वाधिक योगफल 
युएईसंग नेपालले दोश्रो ब्याटिंग गर्दै बनाएको २५५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक योगफल हो। स्वतः दोश्रो इनिंगमा नेपालले बनाएको सर्वाधिक योगफल हो। यस अघि नेपालले युएईसंग सिरिजको दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै २४२/ को योगफल बनाएको थियो। नेदरल्याण्डसंग गत वर्ष बनाएको २१६ रन तेश्रो ठुलो योगफल हो।

. युएई बिरुद्ध नेपाली ब्याट्सम्यानको सर्वाधिक रन 
गत वर्ष आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- प्रतियोगिताको फाइनलमा पारस खड्काले शतकीय इनिंग खेल्दै ११२ रन बनाएका थिए जुन युएई बिरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको पहिलो शतक सर्वाधिक रन थियो। पारसले आफ्नो रेकर्ड तोड्ने क्रममा युएईसंग आज ११५ रन बनाएका हुन्। युएई बिरुद्ध नेपालको लागि सबै भन्दा पहिलो अर्धशतक गणेश बहादुर शाहीले सन् २०० को एसीसी ट्रफीमा बनाएका थिए जुन क्रममा ६८ रनको इनिंग खेलेका थिए।

. एकै खेलमा सर्वाधिक चौका 
तेश्रो एकदिवसीयमा नेपाली ब्याट्सम्यानले कुल २६ चौका छक्का प्रहार गरे जुन एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा नेपालले प्रहार गरेको सर्वाधिक चौका हो। यस अघि नेपालले दोश्रो एकदिवसीयमा कुल २१ चौका छक्का प्रहार गरेका थिए। नेपालले नेदरल्याण्डसंग गत वर्ष खेलेको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा पनि २१ नै चौका प्रहार गरेको थियो भने छक्का प्रहार गरेको थियो।


साभार-:wicketNepal.com बाट