Showing posts with label प्रबिधी. Show all posts
Showing posts with label प्रबिधी. Show all posts

चुनौतीको चाङमा एप्पल



हालै प्रकाशित प्रतिवेदनअनुसार एप्पलको बिक्री चीनसहित हङकङ, ताइवानमा २५ प्रतिशतले घटेको उपभोक्तामा आइफोनप्रतिको क्रेज घट्दो अवस्थामा भारत इन्डोनेसियामा पनि यस्तै भइरहेको  
नयाँ कम्पनीमा ठूला कम्पनीले अनुसन्धान नगर्नु भविष्यमा त्यसमा आधारित हुने उत्पादन वा सेवा महँगो हुनु पनि हो किनकि उनीहरु अरुको प्रविधिमा निर्भर रहनुपर्छ
आइफोन निर्माण गरेको श्रेय स्टिभ जब्सलाई जान्छ यसको बजार चीनलाई बनाएको श्रेय भने अहिलेका कार्यकारी टिम कुकलाई जान्छ केही महिनाअघि मात्रै १० खर्ब अमेरिकी डलरको संसारको पहिलो पब्लिक कम्पनी बनेको एप्पलको नेतृत्व गरेका कुकसामु नयाँ चुनौतीहरू थपिएका छन्
हालै प्रकाशित एप्पलको प्रतिवेदनअनुसार एप्पलको बिक्री चीनसहित हङकङ ताइवानमा २५ प्रतिशतले घटेको कम्पनीले आधाजसो आम्दानी चीनबाटै गर्ने भएकाले उसका लागि यो खबर चिन्ताको विषय हो पछिल्ला तीन महिनामा कम्पनीको बिक्री घटेको मात्रै होइन, त्यहाँका उपभोक्तामा आइफोनप्रतिको क्रेज घट्दो अवस्थामा   भारत इन्डोनेसियामा पनि यस्तै भइरहेको

उपभोक्ताहरू आइफोनको मोह त्यागेर साओमी, हुवावेजस्ता ब्रान्डका सस्ता फोनतर्फ आकर्षित भइरहेका छन् आफ्नो मुख्य आम्दानी हुने क्षेत्रमै बिक्री घट्नु कम्पनीका लागि दु:खद खबर हो यस्तो अवस्थामा एप्पलले आफ्नो देशको सरकारबाट सहानुभूति पाउनुपर्ने हो तर उसले सहानुभूतिको साटो सरकारको नीतिका कारण झन् अप्ठेरो बेहोर्नुपरेको जस्तो : सन् २०१८ अमेरिका चीन एकअर्काको देशबाट आफ्नो देश भित्रिने सामानको भन्सार बढाउनतिर लागे यसलाई धेरैले दुई देशबीचको व्यापार युद्ध भनेका छन्

अमेरिकी निर्देशनमा अघिल्लो महिनामात्रै हुवावेकी उपाध्यक्ष क्यानडामा पक्राउ परिन्, जसका कारण पनि एप्पललाई ठूलै झन्झट आइलागेको किनकि सबैभन्दा बढी आइफोन बिक्री हुने चिनियाँ बजारमा राष्ट्रवादबढ्दो धेरै कम्पनीले आफ्ना कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएर स्वदेशी ब्रान्डकै फोन खरिदमा प्रोत्साहन गरिरहेका छन्


केही महिनाअघि पुराना ब्याट्रीमार्फत एप्पलले पुराना आइफोन स्लो बनाएको रहस्य खुल्यो यसलाई एप्पल आफैंले पनि स्विकारिसकेको टिम कुकले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब मानिसहरू नयाँ आइफोनको साटो पुरानो फोनको ब्याट्री फेर्न पो थालेउनको भनाइ मान्ने हो भने अहिले पुरानो आइफोन छाडेर नयाँ आइफोन किन्नुपर्ने उपभोक्ताहरू ब्याट्री फेर्नतिर लागेका छन् यसैकारण पनि हरेक वर्ष सार्वजनिक हुने आइफोनको नयाँ मोडल अब पहिलाजस्तो बिक्री नहुने प्रक्षेपण गरिएको

एप्पलको बजार खस्किनुको अर्को कारण पनिछ : इनोभेसन नयाँपन घरिघरि दोहोरिइरहने गर्दैन उपभोक्तालाई साँच्चिकै नौलो लाग्ने चीज आविष्कार गर्न वर्षौंको मेहनत चाहिन्छ तर, हरेक वर्ष सार्वजनिक हुने आइफोनको नयाँ मोडलमा यही नयाँपनको अभाव भएको सबैलाई थाहा
आफ्नो देशको मूल्यवान ब्रान्डलाई गाह्रो पर्दा सरकारले सहयोग गर्नुपर्ने हो तर एप्पलको हकमा त्यस्तो भइरहेको छैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एप्पललाई चीन पोसेको आरोप लगाइरहन्छन् अमेरिकामै उत्पादन गर्न दबाब दिइरहेका छन् चीन केन्द्रित एप्पलको उत्पादन, त्यसको वितरण प्रणाली अरू कम्पनीका लागि पनि ईष्र्याको विषय हो किनकि कम्पनीले आफूले केही पनि उत्पादन नगरी विश्वभर माग हुने आइफोन बिक्री गरिरहेको , त्यो पनि सस्तो लागतमा यो फाइदाले कम्पनीलाई आइफोनबाट ठूलो हिस्सा नाफा भइरहेको तर, अमेरिकामै उत्पादन गरी बिक्री गर्ने हो भने आइफोन विरलै उपभोक्ताले किन्न सक्ने हुनेछ
यीसँगै एप्पलसँग अन्य चुनौती पनि आइलागेका छन् एप्पलले यसअघि नै अगुमेन्टेड रियालिटी, चालकविहीन कारजस्ता प्रविधिको अनुसन्धान गर्ने घोषणा गरिसकेको उसका प्रतिस्पर्धी कम्पनीले घोषणा गरेको विषयमा अनुसन्धान द्रुत बनाइरहेका छन् आफ्नो नाममा प्याटेन्ट बढाइरहेका छन् तर, यसमा एप्पल निकै पछाडि रहेको विश्वास नयाँ कम्पनीमा ठूला कम्पनीले अनुसन्धान नगर्नु भविष्यमा त्यसमा आधारित हुने उत्पादन वा सेवा महँगो हुनु पनि हो किनकि उनीहरू अरूको प्रविधिमा निर्भर रहनुपर्छ अरूको प्रविधिमा निर्भर रहनु ठूला ब्रान्डका लागि इज्जतको विषय होइन प्रविधिमा पछाडि रहँदा उपभोक्तामा ब्रान्डप्रतिको विश्वास घट्छ
कान्तिपुर दैनिक/एजेन्सीहरूबाट