कबिता-मेरो कलमले घुँडा टेक्दैन



अाउँदो चुनावमा टिकट पनि लिनु छैन
राजदूतको पगरी गुथ्न निवेदन पनि दिनु छैन
न ठेक्का पट्टा र दलाली गर्नु छ
न पासपोर्ट बनाएर समुद्र तर्नु छ
न कुनै संस्थाको ठूलै पद हत्याउनु छ
न कुनै ठूलठूला संस्थाको पुरस्कार नै पाउनु छ
साँचो र यथार्थ लेख्छ झुटो मरे लेख्दैन
मेरो कलमले घुँडा टेक्दैन

कसैको प्रशंसा गर्दैन लम्पसार पनि पर्दैन
केही लिनु छैन र त चाप्लुसी गर्दै गर्दैन
न श्रापमा बिस्वास गर्छ न बरदानमा बिस्वास गर्छ
श्रम, पौरख , कर्तब्य र स्वाभिमानमा बिस्वास गर्छ
कसैलाई रिझाएर बक्सिस थाप्न चाहँदैन
पद पैसा र प्रतिष्ठाको उचाई नाप्न चाहँदैन
जे हो त्यही देख्छ नभएको देख्दैन
मेरो कलमले घुँडा टेक्दैन

सामान्य नागरिक बन्नुमै अानन्द मान्छ
सानाहरुलाई सर्वदा महान ठान्छ
शहीदको नाम बेचेर दाम कमाउनेलाई धिक्कार्छ
देशलाई चुँड्दै ठूलो हूँ भनी रमाउनेलाई धिक्कार्छ
छेपारोले जस्तै रङ बदल्ने जालीहरुलाई
बिचार बेचेर रित्तिएका खालिहरुलाई
हजुर हजुर भनेर हात जोडी बाटो छेक्दैन
मेरो कलमले घुँडा टेक्दैन

रोचक जानकारी

मान्छेको शरिरिक तन्दुरुस्तीले मानिसको धेरै कुरामा सकारात्मक असर गर्छ तथापि तलका कुरा पनि महत्त्वपूर्ण छन:


. बियरले चिसोबाट बचाउँछ
सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ¥यो अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो

.नोबेल पुरस्कार जित्न धेरै चकलेट खानुहोस्



सन् २०१२ मै एक अमेरिकी वैज्ञानिक डा. फ्रान्ज एच मेसेर्लीले नोबेल पुरस्कार जित्नेको संख्या अमेरिकामा चकलेट सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य सार्वजनिक गरे उनको दाबी थियो, चकलेटले व्यक्तिको ज्ञानलाई बढाउँछ

. फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरा घटाउँछ:
डेनमार्कका वैज्ञानिकले फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरालाई ४० प्रतिशत घटाउने सार्वजनिक गरे ब्रिटिश हर्ट फाउण्डेशनका सिनियर कार्डियक नर्स मौरिन टेल्बटले भनेकी छन्, फूर्तिलो तरिकाले जगिङ गर्नाले हिड्नाले मुटुको चाल तीब्र हुन्छ मुटुको मांसपेशीको अभ्यास हुनछ, हामीले यस्तो अभ्यासलाई दिनहुँ गर्नुपर्छ
. इन्भेष्टमेन्ट ब्याङकिङ स्वास्थ्यका लागि खतरा:
युनिभर्सिटी अफ साउद्रन क्यालिफोर्नियाका अनुसन्धानकर्ताले एउटा अर्को अनौठो तथ्य सार्वजनिक गरे ती अनुसन्धानकर्ताको दाबी थियो, इन्ट्री लेभलका इन्भेष्टमेन्ट ब्याङकरहरु अनिद्रा, घबराहटजस्ता समस्याबाट पीडित हुन्छन् यस्तै, अधिकांश अनुभवी ब्याङकरहरु तनावसम्बन्धी समस्याबाट पीडित भएको पनि पाइएको थियो
. अण्डोको पहेंलो भाग धूमपानभन्दा खतरनाक:
सन् २०१२ मा युनिभर्सिटी अफ वेस्टर्न ओन्तारियोका अनुसन्धानकर्ताले अण्डाको पहेंलो भाग खानु मुटुका लागि चुरोट पिउनुभन्दा बढी खतरनाक रहेको निष्कर्ष निकाले उनका अनुसार पहेलों भागले मुटुका धमनीहरुलाई कडा बनाउँछ, जसलाई अथेरोस्केलोरोसिस भनिन्छ
. कफीले छालाको क्यान्सरको खतरालाई कम गर्छ:
सन् २०११ मा भएको एक अध्ययनले दिनहुँ कपभन्दा बढी कफी पिउने महिलालाई छालाको क्यान्सर हुने सम्भावना कम हुने देखाएको थियो कफीमा भएको एन्टिअक्सिडेन्टले छालाका कोषलाई सुरक्षा दिन्छ क्यान्सर लाग्न नदिने दाबी अनुसन्धाकर्ताको थियो
. धनी मानिस बढी झुट बोल्छन्
सन् २०१२ मा
मनोविज्ञहरुले सामाजिक अवस्थाले मानिसको व्यवहारमा के परिवर्तन ल्याउँछ भनने अनुसन्धान गरेका थिए जसमा पत्ता लाग्यो, बढी कमाउने मानिसहरु तल्ला वर्गका मानिसहरुको तुलनामा ठगी गर्ने, झुटा बोल्ने अनैतिक क्रियाकलापमा संलग्न हुन्छन् यस्तो अध्ययन युनिभर्सिटी अफ टोरन्टो युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका मनोविज्ञहरुले गरेका थिए
.आँखाको नानीले मानिसको सेक्ससम्बन्धी व्यवहार संकेत गर्छ:
सन् २०१२ मा भएको एक अध्ययनले मानिसको यौन व्यवहार उसको आँखाको नानीको फैलावटले संकेत गर्ने पत्ता लगाएको थियो सय २५ जना पुरुष समलिंगी, बायोसेक्सुअल साधारण मानिसमा यसबारे अध्ययन गरिएको थियो
. डाइटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसको विश्वास हुन्छ तर, सन् २०१२ मै भएको एक अध्ययनले डाइटिङले तौल घटाउँने देखिएको थियो डाइटिङका कारण हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकाले मोटोपनमा वृद्धि हुने तथ्य बाहिर ल्याइएको थियो
१०. हात्तीले ऐना हेर्न सक्छन्
अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा हात्तीले ऐना हेर्न सक्ने पत्ता लागेको थियो अनुसन्धानकर्ताहरुले आफूलाई चिन्न सक्छन् कि सक्दैनन् भन्ने पत्ता लगाउन
तीन हात्तीलाई ठूलो ऐना दिए त्यसमध्ये एउटा हात्तीले बारम्बार ऐनामा आफ्नो टाउकोमा लेखिएको सेता चिन्ह छुन खोज्यो हात्तीले ऐनाअगाडि यताउता चलेर आफू कस्तो देखिन्छु भनेर हेर्न चाहेका थिए भनेर पनि अनुसन्धानकर्ताले दाबी गरे