यौन जिज्ञासा

म २४ वर्षीया महिला हुँ । मेरो विवाह भएको पाँच वर्ष भयो र हाम्रो एउटा सात महिनाको शिशु छ । शिशुले मेरो दूध खादैछ । मेरो महिनावारी १ गते भएको थियो र ७ गतेदेखि लगातार एक हप्तासम्म हामीबीच यौनसम्पर्क भयो । हामीले परिवार नियोजनको कुनै साधन प्रयोग गरेका छैनौं । मेरो गर्भ रहने सम्भावना छ कि छैन ? हामीले कति–कति दिनमा सम्पर्क गरे गर्भ रहँदैन ?

दूध खाइरहेको भए पनि तपार्इंको शिशु ७ महिनाको भैसकेको र महिनावारी भैसकेका कारणले तपाईंले परिवार नियोजनका उपाय नअपनाए गर्भ रहन सक्ने सम्भावना प्रबल छ ।
तपाईंको महिनावारी नियमित–अनियमित के छ तथा कति दिनमा हुने गरेको छ, पत्रमा उल्लेख छैन । सामान्यत: नियमित महिनावारी हुने महिलामा महिनावारी भएको १४ दिनमा अण्डा निष्कासन हुन्छ, त्यसैले यसको सेरोफेरोमा यौनसम्पर्क भए गर्भ रहन सक्छ ।
तपाईंको ७ गतेदेखि लगातार एक हप्ता सम्पर्क हुँदा अण्डा उत्पादनको समयमा पनि सम्पर्क भएजस्तो देखिन्छ । त्यसैले तपार्इंको गर्भ रहने सम्भावना छ । महिनावारी भएको दिनदेखि ९ दिन सम्म र पछि गएर १९ दिनपछि मात्र सम्पर्क गरे गर्भ रहने सम्भावना कम हुन्छ ।
यद्यपि यस किसिमको प्राकृतिक उपायमा पूर्ण रूपले भर पर्न सकिँदैन ।


http://bit.ly/2DNvPEN

रोचक जानकारी


१)बियर बाट हुने फाईदा हरू




सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ¥यो अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो