यौन जिज्ञासा

म २४ वर्षीया महिला हुँ । मेरो विवाह भएको पाँच वर्ष भयो र हाम्रो एउटा सात महिनाको शिशु छ । शिशुले मेरो दूध खादैछ । मेरो महिनावारी १ गते भएको थियो र ७ गतेदेखि लगातार एक हप्तासम्म हामीबीच यौनसम्पर्क भयो । हामीले परिवार नियोजनको कुनै साधन प्रयोग गरेका छैनौं । मेरो गर्भ रहने सम्भावना छ कि छैन ? हामीले कति–कति दिनमा सम्पर्क गरे गर्भ रहँदैन ?

दूध खाइरहेको भए पनि तपार्इंको शिशु ७ महिनाको भैसकेको र महिनावारी भैसकेका कारणले तपाईंले परिवार नियोजनका उपाय नअपनाए गर्भ रहन सक्ने सम्भावना प्रबल छ ।
तपाईंको महिनावारी नियमित–अनियमित के छ तथा कति दिनमा हुने गरेको छ, पत्रमा उल्लेख छैन । सामान्यत: नियमित महिनावारी हुने महिलामा महिनावारी भएको १४ दिनमा अण्डा निष्कासन हुन्छ, त्यसैले यसको सेरोफेरोमा यौनसम्पर्क भए गर्भ रहन सक्छ ।
तपाईंको ७ गतेदेखि लगातार एक हप्ता सम्पर्क हुँदा अण्डा उत्पादनको समयमा पनि सम्पर्क भएजस्तो देखिन्छ । त्यसैले तपार्इंको गर्भ रहने सम्भावना छ । महिनावारी भएको दिनदेखि ९ दिन सम्म र पछि गएर १९ दिनपछि मात्र सम्पर्क गरे गर्भ रहने सम्भावना कम हुन्छ ।
यद्यपि यस किसिमको प्राकृतिक उपायमा पूर्ण रूपले भर पर्न सकिँदैन ।


http://bit.ly/2DNvPEN

रोचक जानकारी


१)बियर बाट हुने फाईदा हरू




सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ग¥यो । अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया र ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ । बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो ।