Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

बाथ रोग सम्बन्धि बिबिध जानकारी





डा. अरूणकुमार गुप्ता
हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । बाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
हड्डी खाने बाथरोग
मासु खाने बाथरोग
नशा खाने बाथरोग
मुटु खाने बाथरोग
अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको बाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै बाथ जटिल प्रकारको हुन्छ । बाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको बाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।
अन्धविश्वासका कारण कतिपय मानिसले बाथरोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय बाथरोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी बाथरोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले बाथरोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।
हामीले बाथरोगलाई वाथको रोगीलाई बाथ कै डाक्टर भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको बाथरोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ ।
साधारणतयाः बाथरोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि  र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।

बाथरोगका लक्षण

शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान,

सामुदायिक प्राकृतिक चिकित्सालय रजहर केका लागि ?




 


डा. विनोद पौडेल 

प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामि ९०% रोगबाट बच्न सक्छौं । साथै प्राकृतिक चिकित्सालयमा कुनैपनि पाश्र्व प्रभाव (Side effect) आउन सक्ने प्रकारको औषधिहरुको प्रयोग नभई केबल प्रकृति प्रद्धत्त शक्तिहरुको उपयोग गरेर उपचार गरिन्छ । जस्तैः माटो, पानी, सूर्यको किरण, हावा, आकाश । यी तत्वहरुलाई आवश्यकता हेरेर विभिन्न रुपमा रोगीसँग जोडेर उपचार दिने काम चिकित्सकको हो भने रोगलाई ठिक गर्ने काम यिनै पञ्च तत्वमा रहेको महान शक्तिको हो । प्राकृतिक चिकित्सकले एउटा चिकित्सकको भूमिका भन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरेका हुन्छन् ।
औषधिको प्रयोगः
प्राकृतिक चिकित्सालाई औषधि बिहिन चिकित्सा पद्धति मनेर पनि भनिन्छ तर सबेरै उठेर मह र कागतिपानी, बिहान ७ बजे गहुँको जमार, दुवो वा अन्य कुनै ताजा फलको रस, बिहान बेलुकाको खानामा चोक्कर सहित आँटाको रोटी, ब्राउन राईस, दलिया, अंकुरीत दाल, सलाद, आफ्नै उत्पादन अर्गानिक तरकारी र आफ्नै गाई फर्मको ताजा दुध–दहि कुनैपनि औषधि भन्दा धेरै गुणा प्रभावकारी र दुष्परिणाम रहित छ । त्यसैले “भोजन नै औषधि हो र औषधि नै भोजन हो” भन्ने तथ्य पनि प्राकृतिक चिकित्सामा प्रमाणित भएको छ ।

उपचार पद्धति ?

प्राकृतिक चिकित्सालयमा उपचार गरिने उपचार पद्धतिको बारेमा कुरा गर्दा पञ्च महाभूत अथवा पञ्च तत्वको समुचित प्रयोग गरेर उपचार गर्ने गरिन्छ । रोगको प्रकृति र रोगीको अवस्था दुवैलाई ख्याल राख्दै माटो, पानी, हावा, सूर्यकिरण, आकाशलाई भिन्न भिन्न रुपमा शरिरसँग जोड्ने काम गरिन्छ । यो उपचारको प्रमुख भूमिका भनेको शरिरमा रहेको फोहर (त्यहष्ल) लाई बाहिर निकाल्नुका साथै शरिरमा जीवनी शक्ति बढाउने काम पनि भैरहेको हुन्छ । यो उपचारले कुनै अंग कम्जोर छ भने त्यो अंगलाई सक्रिय बनाउन मद्दत गर्दछ ।

प्राचीन समयमा यिनै पञ्च तत्वको मात्र प्रयोग गरेर उपचार गरिएको भएतापनि हालको प्राकृतिक चिकित्साले फिजियो–थेरापी, अकुपंचर, काइरो प्राक्टीस जस्ता औषधि प्रयोग नहुने आधुनिक चिकित्सा पद्धतिलाई पनि आफूमा समेटेको छ । जसले गर्दा प्रमुख उपचार विधि पञ्च तत्व भएपनि फिजियो र अकुपंचर आवश्यकता अनुसार प्रयोग गरिंदै आएको छ । यस्ता पद्धतिले प्राकृतिक चिकित्सालयको उपचार अवधी कम गरी छिटो स्वस्थ हुनमा मद्दत गर्दछ ।

उपचार विधिः 

 Mud Therapy
 Hydro Therapy
 Yogic Therapy
 Physiotherapy
 Acupuncture
 Diet Therapy
 Colour Therapy
        Manipulative Therapy

यसैगरी नङ र मासुको रुपमा प्राकृतिक चिकित्सासँग जोडिएको विधा योगलाई बृहत रुपमा प्रयोग गरिन्छ । बिहानै सामान्य सवैका लागि योगाभ्यास गराउनुका साथै रोग अनुसार आवश्यक फरक फरक योग कक्षा पनि सञ्चालनमा रहन्छ । बेलुकामा ध्यान वा विशेष योग कक्षाको समेत आयोजना हुने गर्दछ । साथमा प्रकृति प्रद्धत्त जडिबुटीलाई प्रशोधन नगरिकन प्रयोगमा ल्याउने काम यस प्राकृतिक चिकित्सालयमा हुन्छ ।

उपचार हुने रोगहरुः 

प्राकृतिक चिकित्सालाई अन्तिम विकल्पको रुपमा हेरिदै आएको छ तर प्राकृतिक चिकित्सा भनेको शरिरको सफाई गर्ने (द्ययममथ क्भचखष्अष्लन ऋभलतभच) ठाउँ हो । प्रत्येक स्वस्थ मानिसले पनि कम्तिमा वर्षको १५ दिन प्राकृतिक चिकित्सालयको उपचार सेवा लिँदा शरीर सफाई हुनुका साथै स्वास्थ्य सम्बन्धि ठूला समस्याहरु क्यान्सर, पयारालाईसिस, उच्च रक्तचाप, दम, मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ । यदि कुनै स्वास्थ्य समस्या देखिन गएमा पहिले नै प्राकृतिक चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हालसम्म आपतकालीन युनिटको स्थापना हुन नसकेको कारणले आपतकालिन सेवा उपलब्ध छन् त्यो बाहेक सबै खाले दीर्घ तथा तिब्र रोगको उपचार यहाँ सम्भव छ ।
प्राकृतिक चिकित्सा पद्धतिबाट सफलताका साथ उपचार हुने रोगहरुः

 टाउको दुख्ने (माइग्रेन)
 पिनास
 शरिरको कुनैपनि दुखाई
  डिप्रेसन
  टन्सीलाइटिस
  मोटोपन
  मधुमेह
  एलर्जी
 कोलाइटिस
  पेटको अल्सर
  कब्जीयत
  मृगौला सम्बन्धि समस्या
  महिला सम्बन्धि समस्या
  छाला सम्बन्धि सम्पूर्ण समस्या
  थाइराइड सम्बन्धि समस्या
  सवै प्रकारका बाथ
  मुटुको ब्लकेज
  पायल्स
  पुरुषग्रन्थी बढ्नु (प्रोष्टोमगाली)
  दम
  ढाड कम्मर दुखेको
  नशा च्यापिएको
  जन्डिस
  कलेजोमा बोसो जमेको
  पत्थरी
  उच्च एवं निम्न रक्तचाप

अन्य चिकित्सा पद्धति भन्दा के भिन्नता ?
एलोपेथीः रोगको मुख्य कारण किटाणु हुन । तिनलाई मारेपछि ठिक हुन्छ ।
आयुर्वेदः रोगको मुख्य कारण कफ, बात र पित्तको बेमेल वा असन्तुलन हो । उपचार भनेको तिनको सन्तुलन हो ।
प्राकृतिक चिकित्साः रोगको कारण शरिरमा बिजातिय द्रव्य जम्मा हुनु हो र तिब्र रोग जस्तैः रुघा, खोकी, पखाला हाम्रो शरिरको सफाईको लागि आउँछन् जसलाई सहि तरिकाले व्यवस्थापन गर्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण भिन्नता त प्राकृतिक चिकित्सा मात्र एउटा यस्तो उपचार विधि हो जसमा कुनै प्रकारको औषधिहरु प्रयोग हुँदैन, यो चिकित्सा पद्धति बाहेक सवैका आ–आफ्नै प्रकारका औष¬धिहरु हुन्छन् ।
 प्राकृतिक चिकित्सामा कुनै शारिरिक समस्या वा रोगको उपचार मात्र हुने नभई योग, ध्यान, प्राणायामको माध्यमबाट सामाजिक, आध्यात्मीक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ, अझ भन्नु पर्दा शरिर, आत्मा र मनको समेत उपचार गर्ने उपचार पद्धति भनेको प्राकृतिक चिकित्सा हुन् ।
 प्राकृतिक चिकित्सामा एउटा अंग वा समस्याको उपचार गराउँदा पुरा शरिरको नै उपचार भैरहेको हुन्छ । उदाहरणको लागि कोही मृगौलामा पत्थरी भएर उपचार गर्न आउँछ भने साथमा उसको टाउको दुख्ने, उच्च रक्तचाप आदि अन्य समस्याको पनि उपचार भैरहेको हुन्छ ।
 प्राकृतिक चिकित्सा बाहेक अन्य कुनै चिकित्सा पद्धति यस्तो छैन जहाँ रोग नलाग्दै उपचार गरीयोस । प्राकृतिक चिकित्सा मात्र यस्तो पद्धति हो जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बन¬ाउँछ । कुनैपनि दीर्घ वा तिब्र रोगबाट बचाउन मद्दत गर्दछ त्यसैले यो पद्धतिको रोग नलाग्दै वर्षमा कमसेकम १५ दिन उपयोग गर्नु आवश्यक हुन्छ ।
 रोगलाई दबाउने काम प्राकृतिक चिकित्साले गर्दैन बरु रोगको मूल कारण नै नष्ट गरेर शरिरलाई पूर्ण स्वस्थ बनाउन मद्दत गर्दछ ।
राष्ट्रलाई कस्तो सहयोग पुगेको छ ?
प्राकृतिक चिकित्सामा प्रयोग हुने उपचार सामाग्री भनेको प्रकृति प्रदत्त निसुल्क प्राप्त हुने शक्तीहरु हुन् जसलाई जुन सुकै ठाँउमा पनि सजिलै प्राप्त गर्न सकिन्छ । जसको लागी ठुलो रकम तिर्नु पर्ने र बिदेशबाट आयात गर्नु पर्ने अवस्था रहदैन । हाम्रो जस्तो देश जहाँ बर्षेनि २० अर्ब रुपैयाको औषधी र १२ अर्ब रुपैयाको उपचार जन्य बस्तुको आयात गरिन्छ यो त सरकारी आँकडाँ हो यो बाहेक ब्यक्तिगत रुपमा बिदेशमा गएर उपचार गर्ने र औषधी मा गरेको खर्च जोड्ने हो भने त कहाली लाग्दो आँकडा आँउछ । स्वास्थ क्षेत्रमा सरकारले पनि आन्तरिक रुपमा ठुलो लगानी हुदाँ पनि रोगिको संख्या घट्नुको सट्टा बढ्दै जानु एउटा चुनौतीको बिषय नै हो ।
हाम्रा नेता मन्त्री बिदेश गएर उपचार गर्दै धेरै रकम खर्च गरीरहेका छन् तर प्राकृतिक चिकित्सालय रजहरमा अष्टे«लिया अमेरिका , क्यानेडा , जापान , दक्षिणकोरिया जस्ता बिभिन्न देशबाट बिदेशि नागरीक आएर उपचार गराएको तथ्यांक हामि संग छ । प्राकृतिक चिकित्सालयमा उपचार गराउने क्रममा बिरामीले प्रयोग गर्दै आएको औषधिको मात्रा घट्दै गएर प्रयोग नै गर्नु नपर्ने अवस्थामा पुग्ने र औषधिको प्रयोग गर्नु पर्छ भन्ने अवस्थामा रहेको बिरामीले यो उपचार पद्घतिको अभ्याशले औषधिको प्रयोग गर्न नपर्ने कारणले गर्दा स्वास्थ क्षेत्रमा रहेको पर निर्भरता हट्नुको साथै औषधिको प्रयोगले हुने दुष्परिणामबाट समेत बचाउन प्राकृतिक चिकित्साले मद्घत गर्दछ । नेपालको प्राकृतिक वातावरण र सौन्दर्यलाई हेर्दा बिदेशी नागरीक हरुलाई लक्ष्य गरेर स्वास्थ प्रयटनको बिकाश गर्न सकेमा देशलाई ठुलो आर्थिक सहयोग समेत हुने देखिन्छ ।
कस्तो जीवन शैली सिकाइन्छ ?
सामान्यतया रोग लाग्नुको कारण भनेको हाम्रो अप्राकृति जिवन शैलि नै हो । हाम्रो जिवन शैलि कस्तो हुदै गयो भने हामिलाई हामिलाई तिर्खा लाग्यो भने पनि भन्दा कोक फेन्टा जस्ता चिसो पेय पदार्थ रोज्ने आफ्नै घरमा बनाएको नास्ता भन्दा होटलको म.म , चाउमिन वा अन्य तयारी प्याकेट बन्द खाने कुराको प्रयोग गर्ने । ताजा फलफुल भन्दा बजारको बिभिन्न रंग र केमिकल प्रयोग गरी बनाइएको अस्वास्थकर मिठाइको प्रयोग गर्ने सामान्य रुधा खोकी वा स्वास्थमा सामान्य समस्था देखा परेमा पनि तुरुन्तै औषधिको प्रयोग गर्ने । प्राकृतिक चिकित्सा स्मारिका सामुदायिक प्राकृतिक चिकित्सालय घठ
यस्ता जिवन शैलि भनेको दिर्ध रोगका कारण बनेका छन् । जस्तै हड्डी खिइने , उच्च रक्तचाप, क्यान्सर आदि । साथमा अनावस्यक लोभ, सुश सयल आरामको लागी एक अर्कामा अस्वास्थकर प्रतिस्पर्दाले तनाव युक्त जिवन जिउन बाध्य बनाएको छ जसले गर्दा तनावको कारणले हुन सक्ने रोग ८० प्रतिशतको संख्या बढ्दो छ जस्तै ः दम,मधुमेह,उच्च रक्तचाप, डिप्रेशन आदी ।
ब्यस्त जीवन जहा शारीरिक परिश्रम नै छैन जति छ मानसिक परिश्रम र तनाव मात्र छ । राति अबेर सम्म टेवलमा काम गर्ने बिहान ढिला गरी उठ्ने र फेरी अफिस जाने, मोबाइल वा इन्टरनेटमा रमाउने तर कुनै योग वा खेलकुदमा सहभागी नहुने कारणले गर्दा मानिस दिर्ध रोगको कारण बन्दै गएका छन् ।
प्राकृतिक चिकित्सालयको बसाइले के खाने, कति खाने, कसरी खाने जस्ता सम्बन्धि सम्पुर्ण कुराको जानकारी दिने गर्दछ । साथमा तनाव मुक्त जिवन कसरि जिउने छोटो समयमा शारीरिक र मानसिक रुपमा कसरी आरा मगर्ने, उमेर समय अनुसार कस्ता ब्यायाम वा योगको अभ्याश कसरी र कुन समयमा गर्ने जस्ता स्वास्थ रहनको लागी अपनाउनुपर्ने अत्यावस्यक जिवन शैलिको कुरा प्राकृतिक चिकित्सालय मा सिकाउने गरिन्छ । त्यसैले यो चिकित्सालय भन्दा पनि जिवन शैलि सिकाउने पाठसाला हो भनेर भन्न सकिन्छ । बिरामी उपचारको लागी चिकित्सालय आउदा जिवन शौली सिकेर गर्दछन् ।
                                       
                                              जय प्रकृति !

मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा



सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ ।
शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।

यस्ता एन्टीबायोटिक्सको अनावश्यक प्रयोगले मिर्गौलाई असर पार्ने गर्छ । लामो समयसम्म एन्टीबायोटिक्स औषधीको प्रयोग गर्नेहरुमा शरीरमा विभिन्न समस्या हुने सम्भावना उच्च हुने गर्छ । आखिर एन्टीबायोटिक्सले मिर्गालालाई कसरी असर गर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि रोगको उपचारमा एन्टीबायोटिक्सको प्रयोग उच्च मात्रामा गरिन्छ  । यसकै कारण टिवि जस्ता रोग  भयावह हुने गर्छ । नेपालमा कति प्रकारका एन्टीबायोटिक्स प्रयोगमा छन्, त्यसको यकिन तथ्यांक छैन । तथापी, विश्व स्वास्थ्य संगठनले  १६० प्रकारका एन्टीबायोटिक्सलाई मान्यता दिएको छ ।

मिर्गौलामा पर्छ गम्भीर असर

लामो अवधीसम्म एन्टीबायोटिक्सको सेवन  गर्ने मानिसको मिर्गौलामा गम्भीर असर हुने गर्छ । यसको सबैभन्दा ठूलो असर बालबालिकामा धेरै हुने गर्छ । लामो समयसम्म यस्ता औषधीको सेवनले मिर्गौलामा पथ्थरीको समस्या हुनसक्छ ।
विशेषगरी एन्टीबायोटिक्स औषधीमा सल्फोनामाइड (एन्टीमाइक्रोवियल्स समूह) यस्तो क्रिस्टल उतपन्न गर्छ, जो पिसाबमा घुल्दैन । र, मुत्रमार्गमा जम्मा भएर पथ्थरीको कारण बन्ने गर्छ भने वैकोमायसिनको कारण मिर्गौला सुन्निन सक्छ । यसबाहेक, एन्टीबायोटिक्स औषधीमा रहेको एमिनोग्लाइकोसाइड्स जस्ता टोब्रामाइसिनका कारण रेनल ट्यूबल सेल्स खराब हुनसक्छ ।

एन्टीबायोटिक्सका कारण हुनसक्ने पाँच समस्या

भजाइलन संक्रमण हुनसक्ने खतरा
-रगतको थक्का बन्ने समस्या
-मुखको संक्रमण
-एन्टीबायोटिक्सको सेवनले पाचन तन्त्र कमजोर हुनसक्छ
-एलर्जी हुनसक्छ

एन्टीबायोटिक्स औषधी लिनु परेमा

कुनै दीर्घकालीन रोग वा गम्भीर रोगका कारण एन्टीबायोटिक्सको सेवन गर्नु परेमा यसको साथमा दही लगायतको प्रोवायोटिक्स फुड्सको सेवन गर्न जरुरी हुन्छ । ताकी शरीरमा राम्रो व्याक्टेरियाको कमी हुन पाउँदैन र पाचन प्रणाली प्रभावित हुन पाउँदैन । त्यसबाहेक एन्टीबायोटिक्सको सेवनका क्रममा पच्ने तथा हल्का किसिमको खानेकुरा खान आवश्यक छ ।

क्याल्सियम तथा आईरन चक्की लिनु हुँदैन

कुनै कुनै एन्टीबायोटिक्स क्याल्सियम, आइरन, भिटामिन तथा मिनरल्सको साथमा प्रभावकारी हुँदैन । यदी यस्तो भएमा औषधी सेवन गर्ने क्रममा क्याल्सियम तथा आइरनको सप्लिमेन्ट तथा क्याल्सियमयुक्त आहार लिनबाट जोगिनु पर्छ । साथै, एन्टीबायोटिक्सको सेवनको क्रममा वा त्यस पछि कयौ महिनासम्म पाचन तन्त्रमा नकारात्मक असर पर्न सक्ने हुदाँ यसबारे विशेष रुपले ध्यान दिन आवश्यक छ ।




घुर्ने कारण र उपचार



अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ।

घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै झै–झगडा गर्ने र बोलीचाली नै बन्द हुने,साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । घुर्ने समस्याका कारण विशेष गरी विदेशमा रहेकाश्रीमान्–श्रीमतीबीच त सम्बन्ध बिच्छेदसमेत हुने गरेका छन्।

के हो घुर्ने समस्या ?
९० प्रतिशत मानिसमा नाकको डाडी बांगो हुन गई घुर्नेसमस्या देखिन्छ । कुनै मानिसमा अकरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ।

घुर्ने समस्या हुने मानिसमा पटकपटक ब्युँझिने, छटपटी गर्ने, बारम्बार पसिना आउने, चिटिचिट हुनेजस्ता समस्या देखिन्छन् । घुुर्ने समस्या अक्सिजनको कमीलेगर्दा हुने भएकोले दिमागदेखि शरीरका विभिन्न भागमा असर गर्ने गर्दछ।

दुई प्रकारका हुन्छन्
– विभिन्न किसिमका इन्फेक्सन,चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आई घुर्ने समस्या आउने गर्दछ ।
– दिमाग र श्वासप्रश्वासका  मांसपेशीसँगको नियन्त्रण छुट्यो भनेघुर्नेसमस्या उत्पन्न हुन्छ ।

कारण
– कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ ।
– बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ ।
– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
– एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरीकेटामा बढी हुन्छ ।
– कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । त्यसलाई भनिन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ ।
– पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ ।
– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्नेसमस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्नेसमस्या हुने गर्दछ ।
– एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्नेसमस्या आउँछ ।
– श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्नेसमस्या उत्पन्न हुन्छ ।
– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।
– र्‍यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन् जसलाई भनिन्छ, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ ।
उपचार
– सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवननगर्ने र घोप्टो परेर सुत्ने ।
– मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्नेसमस्यालाई नियन्त्रण गर्न सकिन्छ ।मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ ।
– के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने ।

जाडोमा कसरी जोगाउने छाला?

कसरी बच्ने?
डा सञ्जुबाबु श्रेष्ठ



जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

विशेषगरी, पुरुषलाई भन्दा महिलालाई यो रोगले सताएको पाइन्छ। त्यसैगरी पुरुषहरुमा पनि मोटाघाटा भन्दा दुब्ला–पातलालाई यसले चाँडो सताउँछ।

महिलामा पनि खासगरी दुब्ला–पातला नै चिलब्लेन्सको जोखिममा पर्छन्। अर्को कारण भनेको, घरधन्दामा बढी समय दिने महिलालाई, चिसो पानीमा काम गर्ने महिलालाई यस्तो समस्या देखिने गर्छ। चिसो पानीमा काम गर्ने तर आफ्नो स्याहार नगर्ने महिलालाई यो रोगले सताउने गरेको पाइन्छ। सबैलाई चिसोको समान महसुस भए पनि केही मान्छेलाई मात्र यो रोगले चिसो मौसममा सताउँछ। जसले गर्दा चिसो मौसममा हुने थाहा भए पनि यो रोग के कारणले गर्दा लाग्छ भन्ने पत्ता लागेको छैन।

लक्षण
– जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।

कसरी बच्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ। त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो।

यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नभए घाउ बनेर थप दुःख दिन सक्छ।

यदि, चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला सम्बन्धी चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्ता औषधि खासगरी चिसोले खुम्चिएर बसेका नसालाई खुलाउने प्रकृतिका हुन्छन्।

बेसारका फाइदाहरू

बेसारका फाइदाहरू


- लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

- बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

- बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

- विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

- पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

- मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

- बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

- कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

- दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

- बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

- यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

- बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

- धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

- १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

- ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

- डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

- दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

- छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

- नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

आँखालाई पुर्‍याउँछ यस्तो असर



 धूमपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ। धूमपानले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ।

अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूमपान नगर्ने मनिसको भन्दा धूमपान गर्ने मनिसको मृत्युरदर तीन गुणा धेरै रहेको पाइएको छ। धूमपान गर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेश गर्ने टार, निकोटिन, एसिटोन, कार्बोनमोनोओक्साइड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानि पुर्याडउन ठूलो भूमिका खेलेका हुन्छन्।

एक पटक धूमपान गर्दा लगभग ४००० हानिकारक तत्व शरीरमा प्रवेश गर्छन् र यीमध्ये मात्र ५० तत्व क्यान्सर रोग लगाउन र मृत्यु्को मुखमा पुर्याोउन पर्याप्त छन्।

धूमपानले आँखामा गर्ने असर

आँखा सुक्खा हुनु

धूमपान नगर्नेभन्दा गर्ने मनिसमा आँखा सुक्खा हुने समस्या लगभग दुई गुणा बढी पाइएको छ। आँखा सुक्खा हुँदा चिलाउने, बिझाउने, पोलेको जस्तो महसुस हुने जस्ता लक्षण देखा पर्छन्।

मोतिबिन्दु
मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो, जसले लेन्सको पारदर्शीता घटाउने गर्छ। मोतिबिन्दु भएमा दृष्टि  र देख्ने क्षमतामा कमी आउँछ। सामान्य रुपमा मोतिबिन्दु ५० वर्षको उमेरपछि देखिने समस्या हो तर धूमपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा मोतिबिन्दु सामान्य उमेरभन्दा दुई गुणा धेरैर छिटो देखिने गरेको पाइएको छ।

धूमपानभन्दा पनि सूर्ती सेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो पलाउने गरेको पाइएको छ। अनुसन्धानको क्रममा धूमपान गर्ने र सूर्ती सेवन गर्ने मनिसको रगतमा क्याडमियम नामक तत्वको मात्रा धूमपान नगर्ने मानिसको भन्दा २-३ गुणा  बढेको पाइयो जसको कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ।

आँखामा देखिने समस्यामध्ये आँखाको पर्दाको समस्या मुख्य हो जसलाई आरओपीको नामले चिनिन्छ। यसका अलावा आँखामा धेरै पावर हुनु, आँखाको नशाको उचित विकास नहुनु, आँखा अल्छी हुने जस्ता समस्या देखापर्छन्। अनुसन्धानको क्रममा यस प्रकारले जन्मेका बच्चामा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ।

अन्त्यमा, धूमपान नगर्ने मानिसभन्दा धूमपान गर्ने मानिस दृष्टिकबिहीन हुने सम्भावना ४ गुणा बढी हुन्छ। त्यसैले सकेसम्म छिटो धूमपान त्याग्नुहोस्, आफ्नो शरीरसँगै आँखा पनि बचाउनुहोस्।

कसरी गर्ने डेंगु नियन्त्रण ?



डेंगु कसरी सर्छ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।

डेंगुका लक्षण केके हुन्छन्
– उच्च ज्वरो
– कडा खालको टाउको दुखाइ हुने
– आँखाको गेडी पछाडि दुख्ने
– मांसपेसीको दुखाइ
– वाकवाक लाग्ने र वान्ता हुने
– शरीरमा राता खालका बिमिरा देखिने
– कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छ।

डेंगुको व्यवस्थापन कसरी गरिन्छ?
– डेंगु विशेषको कुनै पनि खास औषधि छैन, तर चाँडो पत्ता लगाउने र उपयुक्त व्यवस्थापनको भएमा मृत्युदरमा न्यून हुन्छ।

– डेंगु ज्वरो धरैजसो आफैं निको हुन्छ। स्वास्थ्य संस्थाहरुमा लक्षणका आधारमा उपचार गरिन्छ। यस्तोमा ज्वरो र दुखाइ कम गर्ने सिटामोल प्रयोग गनुपर्र्छ तर एस्पिरिन, बु्रफेनका जस्ता औषधिहरुको प्रयोग गर्नु हुँदैन। प्रशस्त झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन सजिलो हुन्छ। तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु पर्छ।

– कडा डेंगुको सावधानीका उपचारका र उपयुक्त व्यवस्थापन आवश्यक हुन्छ। समयमै उपचार हुनसके रोग निको हुन सक्छ र मृत्यूदर १ प्रतिशतभन्दा कम हुन्छ।

डेंगुको रोकथामका उपाय केके छन्?
– डेंगु विरुद्घको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्नेे
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे
– डेंगुका बारेमा जनचेतना अभिवृद्घि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गर्र्ने
– लामखुट्टेको टोकाइबाट बच्ने
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा  जालीको प्रयोग गर्ने
– झुलको प्रयोग गर्ने
– झ्याल–ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने
– शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने
– शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने
– डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ।
– स्कुल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरु प्राथमिकता दिने।

टन्सिलबाट कसरी बच्ने?,

टन्सिलबाट कसरी बच्ने?, यस्ता छन् लक्षण ।


मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने 'टन्सिल' नामक ग्रन्थीको संक्रमण नै 'टन्सिलाइटिज' हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।

टन्सिलका लक्षण
- सय डिग्रीभन्दा बढीको ज्वरो आउने
- घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
- श्वास गन्हाउने
- घाँटीमा गिर्खाहरु ठूलो हुने
- मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने

टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन्। यस्ता जटिलता विकसित देशहरुमा न्यूनीकरण भइसके पनि हाम्रो जस्ता विकासोन्मोख देशमा अझै प्रशस्त देखिन्छन्। यस्ता जटिलता विशेषगरी बालबालिकामा देखिन्छन् जस्तै-

-एक पटक रोग निको भए पनि बारम्बार बल्झिरहन सक्छ।
- यसको संक्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्छ।
- संक्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्नसक्छ, जसले ज्यानै लिन पनि सक्छ।
- संक्रमण रगतमा फैलिएर दीर्घकालीन रुपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नीहरु र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ।
तसर्थ, टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ। बालबालिकाको मुख भित्रबाट संक्रमित लेदो वा पिप निकालेर र रगतको जाँच गरी यसको किटाणु पत्ता लगाउन सकिन्छ र दीर्घकालीन असरहरुको अनुमान गर्न सकिन्छ। यसको उपचारका  निम्ति औषधि र शल्यक्रिया दुवैको आवश्यकता पर्नसक्छ।

उपचारका साथ-साथै टन्सिलाइटिज भएको बेला निम्न तरिकाले बालबालिकाको घाँटी र शरीरलाई थप राहत पुर्यासउन  सकिन्छ-
- प्रशस्त आराम गराउने/प्रशस्त पानी खुवाउने
- चिया वा कागती पानीमा मह मिसाएर खान दिने
- मनतातो पानीमा नुन घोलेर दिनमा ४-५ चोटी कुल्ला गराउने
- आइसक्रिम वा चिसो दही खान दिने/स-साना बरफका डल्ला मुखमा राखेर पग्लिन दिने
- निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो खान नदिने
- धुम्रपानको धुवाँ र अरु धुवाँधुलोबाट टाढा राख्ने

यी हुन् ब्यायाम बिना नै तौल घटाउने उपाय




प्रशस्त मात्रामा पानी पिउने ।

खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

ताजा जुसको सेवन गर्नुपर्छ ।

खानामा सलादको मात्रा बढी सेवन गर्नु ।

चिनी तथा गुलिया चकलेट नखाने ।

मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।

यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।

कपाल झर्नबाट कसरी रोक्ने ? अपनाउनुहोस् यी तरिका :-

कपाल झर्नबाट कसरी रोक्ने ? अपनाउनुहोस् यी तरिका :-

अण्डा र ग्रीन टी :

अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । यो हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइँको कपाल झर्ने समस्या समाधान हुन्छ ।

प्याज र फिटकिरी :

प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको सानो टुक्रा लिनुहोस् र प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनुहोस् त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइँको कपाल झर्नबाट रोक्छ ।

केरा र अण्डा :

एक एक वाटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधाघण्टा छाडिदिनुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।

यसका साथै दैनिक रुपमा नियमित पौष्टिक आहारको सेवन गर्नु, नियमित ब्यायाम गर्नु तथा प्रशस्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।

निरोगी बन्ने ११ तरिकl:-


निरोगी बन्ने ११ तरिकl:-
स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ।  तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ।

१)फलफुल र सागसब्जीमा जोड:-
भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ। यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ। जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ। तर ताजाचाहिँ हुनुपर्छ। मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ  ।

२)मासु कम:-
मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ। डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ। शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ। गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ। किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ।

३)जंक फुड नखाने:-
प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन। प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ।

4)पर्याप्त पानी पिउने:-
प्रशस्त पानी पिउनुपर्छ। स्वास्थ्यलाई ठीक राख्न पानीको उपयोगिता वर्णन गरी साध्य छैन्। जतिखेर पनि हाइडे«ड रहनुपर्छ। पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ। विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ।

४)राम्रोसँग पकाउने:-
राम्रोसँग पकाएर खानुपर्छ। त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ। तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ। खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन। खानामा सकभर नुन धेरै राख्नुहुँदैन। अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनि १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ।

५)चिल्लो कम:-
चिल्लो खाँदै नखाने भन्ने होइन। तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ। कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ। जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ। यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ। चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ।

६)व्यायाम:-
कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन। स्वस्थ रहन सक्रीय हुनुपर्छ। फटाफट हिड्नुपर्छ। यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ। दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन्। मोटोपनले विभिनन रोग निम्त्याउने भएकोले पनि हिडडुल गर्नु उपयुक्त हुन्छ।

७)मदिरा सेवन कम:-
सकभर मदिरा पिउनुहुँदैन। यदि पिउने नै हो भने थोरै मात्रामा पिउनुपर्छ। थौरे परिणामको मदिराले मुटु स्वस्थ बनाउँछ।

८)धुम्रपान नगरौं:-
धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन। धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ। धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ।

९)नियमित परीक्षण:-
नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। उमेर बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ। वर्षमा कम्तिमा एक पटक सम्पूर्ण शरिर परीक्षण (होल बडी चेक) गन राम्रो हुन्छ। अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि रोग लाग्ने गरेको भेटिन्छ। मुटु, प्रेसर, सुगर जस्ता समस्याबारे सचेत हुनुपर्छ।

१०)रमाइलो गर्नुपर्छ:-
रमाइलो गर्नुपर्छ। कामबाट फुर्सद निकालेर रमाइलो गर्नुु राम्रो हुन्छ।  चिन्ता र दुःख लिदा अनावश्यक रोग निम्तिन्छ। जीवनलाई मानसिक रुपमा फूर्तिलो बनाउन पनि हसिमजाक आवश्यक पर्छ। ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले पनि मुड फ्रेस हुन्छ।

११)निरन्तर सक्रीयता:-
सानातिना विषयमा पनि सक्रीय हुनुपर्छ। समयको सदुपयोग गरी व्यस्त रहँदा पनि मनमा सन्तोष हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?



कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?
विपिन कोइराला

डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामानको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।

यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्। "भिजन काउन्सिल" नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई "कम्प्युटर भिजन सिन्ड्रोम" नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।

के हो कम्प्युटर भिजन सिन्ड्रोम?
मेडिकल भाषामा "डिजिटल आई स्ट्रेन" पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टििमा आउने समस्यालाई "कम्प्युटर भिजन सिन्ड्रोम" भनिन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका लक्षण
यो सिन्ड्रोम भएमा धेरै खालका लक्षण देखिन्छन्। सबै मानिसमा सबैखालका लक्षण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।
१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्नु,
४. आँखा चिलाउनु, बिझाउनु, पोल्नु,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रती रुची घटेको महसुश हुनु
८. रातीमा निन्द्रा घटेको महसुश हुनु

किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोम?
ब्लु लाइट : डिजिटल सामग्रीको स्क्रिनबाट आउने प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्रा कम गर्छ, जसले गर्दा निन्द्रा नलाग्ने लक्षण देखिन्छ।

ग्लेर : स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।

लामो समयसम्म नजिकको काम
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखाभित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ।

आँखा कम झिम्क्याउनु
सामान्यतया: हामीले औसतमा १५-१६ पटक प्रतिमिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।

गलत मुद्रामा रहेर काम गर्ने
काम गर्ने वातावरण आफूअनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रमा उज्यालो भए–नभएको ख्याल गर्नुपर्छ। उज्यालोपन कम वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ । आँखा र स्क्रिनबीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेवल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुरामा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्यक्षमता घट्ने हुन्छ।

दृष्टिदोष
दूरदृष्टिो, अदूरदृष्टिकले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्। दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ।

कम्प्युटर भिजन सिन्ड्रोमबाट कसरी बच्ने?
– २०-२०-२० नियमको प्रयोग : २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने।

– ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोग : यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।

– कृत्रिम आँसु थोपाको प्रयोग : कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाहअनुसार वा कम्प्युटर प्रयोग गर्दा १-१ घन्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।

– काम गर्ने वातावरण आफूअनुकूल र सहज बनाउने : तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफूअनुकूल बनाउन सकिन्छ।
क) कोठामा पर्याप्त उज्यालो को प्रयोग गर्ने,
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफूअनुकूल बनाउने,
ग) आँखा र स्क्रिनबीचको दूरी कम्तीमा २५ इन्च राख्ने,
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च)  आफु काम गर्ने टेवल र कुर्सीको उचाइ आफुलाई सहजहुने गरी मिलाउने ,

– रेगुलर आँखा जाँच गराउने : रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनुपर्छ। प्रत्येक ६ महिनामा दृष्टि  विशेषाज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आँखा जाँच गराउनु उपयुक्त हुन्छ

गर्मि मौसममा अनुहारलाई कसरि चमक राख्ने



गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि प  छि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।
१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।

२ बेसन र बेसार
२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।

४ केरा सेवन
गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।

५ सुन्तालका बोक्रा
सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी
एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध
काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस
आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना
दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ ।

फलफुल ,तरकारीमा हुने बिषादीको अवशेष बाट एसरी बचौं!!

फलफुल ,तरकारीमा हुने बिषादीको अवशेष बाट एसरी बचौं!!
--------------------------
✔️बिषादी पूर्ण तरकारी ,फलफुललाई पानीमा १५ मिनट भिजाउने
✔️तरकारीलाई उच्च तापक्रममा पकाउने
✔️दुइ थोपा पोटासियम पर्मग्नेट लाई पानीमा मिसाई तरकारी र फलफुल डुबाउने
✔️तरकारी , फलफुल आदि लाई प्राकृत बगेको पानीमा १० मिनट डुबाउने
✔️बिषादी भएको तरकारी तथा फलफुलको बोक्रालाई तासेर खाने

****जनहितमा जारी!!! सक्दो share गरिदिनु होला!!! धन्यवाद!!***

जाडो मौसममा बिरामीले यी ६ कुरामा ख्याल गरौं

जाडो मौसममा बिरामीले यी ६ कुरामा ख्याल गरौं


१. चिसोबाट हुने छातीको संक्रमण

चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ। छातीका रोग दम, सिओपिडी, क्षयरोग आदिमा नियमित औषधि सेवन गरिरहेका बिरामीलाई चिसोले थप संक्रमण गर्न सक्छ। त्यसैले यस्ता बिरामीले चिसोमा सकेसम्म आफूलाई न्यानो बनाउने, सानो समस्यालाई पनि समयमै उपचार गराउने गर्नुपर्छ।

२. चिसो मौसममा हुने नाक, कान र घाँटीका समस्या

चिसोमा प्रायः माथिल्लो श्वासप्रश्वासको संक्रमण (एक्युट टन्सिलाइटिस, एक्युट फ्यारेन्जाइटिस) र कानमा (एएसओएम) को समस्या देखिन्छ। चिसो मौसममा आफूलाई सकेसम्म न्यानो राख्ने र सानो समस्यालाई पनि चिकित्सकको सल्लाह बमोजिम उपचार गराउन सके यी स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ।

३. जाडो मौसममा देखिने जोर्नीका समस्या

जाडो मौसममा जोर्नी दुख्ने; फुल्ने; सुन्निने समस्या प्रसस्त देखिन्छ। जोर्नी सम्बन्धी दीर्घरोग (जोर्नी खिइने अर्थात् ओस्टियोआर्थराइटिस र जोर्नी सुन्निने समस्या रिउमाटोइड आर्थराइटिस) भएका बिरामीले जाडोमा विशेष ध्यान दिनुपर्ने हुन्छ। चिसो मौसममा न्यानो गरी बस्न नसके जोर्नीको दुखाइ बढ्ने गर्छ।

४. चिसोमा मुटु सम्बन्धी रोग

प्रायः चिसो मौसममा मानव शरीरका धमनीहरु खुम्चिने प्रक्रियामा हुन्छन्। त्यसो हुँदा रगतनली साघुँरो हुने, रगत प्रर्याप्त मात्रामा शरीरका अंगमा नपुग्ने अवस्था आउन सक्छ। त्यसैले चिसो मौसममा गर्मीमा भन्दा उच्च रक्तचाप, रक्तस्राव, हृदयघातका बिरामीको संख्या बढ्ने गर्छ। त्यसैले जाडो याममा बिहान हिँड्नु लाभदायक नहुन सक्छ। मुटु सम्बन्धी रोग लागेका र उच्च जोखिममा रहेका बिरामीले नियमित जाँच गर्ने बानी बसाल्ने हो भने चिसोमा हुने मुटु सम्बन्धी रोगबाट बच्न सकिन्छ।

५. पिसाब अनि मिर्गौला सम्बन्धी समस्या

चिसोमा प्रायः मानिस कम पानी पिउने गर्छ्न्। कम पानी पिउने बानीले पिसाबमा संक्रमण हुने, पत्थरी हुने र मिर्गौला खराब हुन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले चिसो मौसममा पनि पानी पिउने बानी बसाल्नुपर्छ।

६. छाला सम्बन्धी समस्या

चिसोमा छाला सुक्खा हुने, फुट्ने समस्या देखिन्छ। छालालाई नरम बनाइराख्न छालामा विभिन्न मोस्चराइजिङ क्रिम प्रयोग गर्न सकिन्छ।

(डा भुसाल चितवनस्थित ओम साइराम अस्पतालमा कार्यरत छन्।)

किन आउँछ नकारात्मक सोच, कसरी हटाउने?

किन आउँछ नकारात्मक सोच, कसरी हटाउने?
प्राडा. सुदर्शन नरसिंह प्रधान

नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ। नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन्। नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ।

नकारात्मक सोचका लक्षण 
मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, जीवन व्यर्थ लाग्ने व्यक्तिलाई डिप्रेसन निम्तिने गर्छ। अरुले के भन्लान्, मेरो कुरा काट्दै छन् कि भनेर शंका गर्ने, मलाई मार्ने षड्यन्त्र रचेका छन् कि भन्ने शंका गर्ने नकारात्मक सोचाइ हुन्। यस्ता सोचाइले मान्छेलाई हिंस्रक बनाउँछ।

धेरै घमण्ड गर्ने, मभन्दा ठूलो कोही छैन भन्ने नकारात्मक सोचका कारणले गर्दा नै हुने हो। यस्तो समस्या बढ्दै गएपछि बाइपोलार डिसअर्डर भन्ने मानसिक समस्या देखापर्छ। यस्तो समस्या भएको व्यक्तिले समाजमा नपच्ने, नमिल्दो व्यवहार देखाउने गर्छन्।

एक पटक नकारात्मक सोचाइ आयो भने त्यसलाई मनबाट निकाल्न निकै गाह्रो हुन्छ। यदि बेलैमा मनलाई नियन्त्रण गर्न सकिएन भने नकारात्मक सोच बढ्दै जान्छ।

कसरी आउँछ नकारात्मक सोच
नकारात्मक सोच आउनुको मुख्य कारण मानिस कस्तो वातावरणमा हुर्केको छ, त्यसमा भर पर्छ। मानसिक विकास हुने क्रममा बच्चाको मनमा नकारात्मक सोचमात्र परेको छ भने त्यो मानिसलाई जीवनभरि नै नकारात्मक सोचले दुःख दिन्छ।
– बच्चा हुर्काउने बेलामा यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन भनेर रोकतोक गर्दा पनि बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– बाबुआमामा नकारात्मक सोचाइ छ भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।
– बच्चालाई तर्साएर राख्दा बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– यसले केही गर्न सक्दैन भनेर अगाडि बढ्न नदिँदा पनि बच्चाको आत्मविश्वास कम हँुँदैजान्छ र नकारात्मक सोचको विकास हुन्छ। 
– शारीरीक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबढीले नकारात्मक सोच आउने गर्छ।
– नकारात्मक सोचले गर्दा आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश  हुने जस्ता लक्षण देखिन्छन्।

नकारात्मक सोच कसरी हटाउने
नकारात्मक भावनाको विकास हुनुमा अरूलाई दोष दिनुभन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ। सकारात्मक सोचले केही गर्ने ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले जीवनमा निराशा प्रदान गर्नुका साथै असफलता निम्त्याउँछ र जीवनमा आउने ऊर्जालाई नष्ट गरिदिन्छ।

बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान गर्ने, शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने गर्नाले विस्तारै नकारात्मक सोचाइ हट्दै जान्छ। 
आफूलाई जुन कुराले चिन्तित बनाएको छ, त्यो कुरा साथीभाइसँग भन्नाले मन हलुका हुन्छ र विस्तारै नकारात्मक सोच हट्दै जान्छ।
(मानसिक रोग विशेषज्ञ प्रधान साइक्याट्रिक सोसोसिएसन नेपालका अध्यक्ष हुन्)

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा:-



१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।

३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।

८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

१०. बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ।

यी हुन् मानव मस्तिष्कका अचम्म लाग्ने १० तथ्य !



Human-brain_1१.  मस्तिष्क मानव शरीरको मुख्य स्नायुप्रणालीलाई सुचारु गर्छ । यो स्नायु प्रणाली सञ्चालन गर्ने केन्द्र हो तर यो आफैमा भने स्नायु तन्तु होईन । यसैकारण मस्तिष्क आफ्नो दुखाई नै अनुभव गर्न सक्दैन् ।

२.  पुरा शरीरको दुई प्रतिशत मात्रै तौल भएको मस्तिष्कले शरीर सञ्चालन गर्न चाहिने शक्तिको २० प्रतिशत शक्ति खपत गर्छ ।

३. मस्तिष्कमा हुने स्नायु कोशिकाको संख्या करीव १सय विलियन छ । जुन संसारको जनसंख्या भन्दा करीब १५ गुणा बढी हो ।

४. मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ ( बोसो ) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ ।

५. गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको बृद्धिदर २ लाख ५० हजार प्रति मिनेटका दरले हुन्छ ।

६. मस्तिष्कले काम गर्दा चाहिने शक्तिले करीब २५ वाटको एउटा बल्ब बाल्न काफी हुन्छ ।

७. हरेक मानव मस्तिष्कमा हरेक दिन करीब ७० हजार विचार खेल्छन् ।

८. सन् २०१५ सम्मकै सबैभन्दा उत्कृष्ट सुपर कम्प्युटरले पनि मस्तिष्कले एक सेकेण्डमा गर्ने कामलाई करीब चालिस मिनेट लगाएको बैज्ञानिकहरु बताउछन् ।

९. हरेक चोटी कुनै नयाँ मेमोरी बन्दा स्नायु कोशिकाबीच नयाँ सम्वन्ध बनेको हुन्छ । र यसले हरेक चोटी मस्तिष्कको संरचना परिवर्तन गरिदिन्छ ।

१०. मस्तिष्कको विकास करीब ५० बर्षको उमेरसम्म हुनेगर्छ ।