तिमीले छिद्रा नपारेको भए निष्ठुरी बनेर।
यो बाँस बज्ने थिएन अाज मुरली बनेर।
छातीभरि बालुवा थुपारेर फर्किएछन्,
जो अाएका थिए बगाउँछु भन्दै बाढी बनेर।
तिम्रो हेराइले लाग्यो -केही त छ मभित्र,
अाफैलाई हेर्ने मन भयो एकपटक तिमी बनेर।
तिमी अाए थ्यौ मुहारमा पिम्पल अाएजस्तो,
बेइमान सम्झना अाइदियो जुँगारेखी बनेर।
कोसेलीमा जरुर जून तारा त ल्याउनु भयो ,
दिन हुनुहुन्थ्यो तर अाउनुभयो राति बनेर।
© कृष्णप्रसाद अर्याल