Showing posts with label यात्रा स्मरण. Show all posts
Showing posts with label यात्रा स्मरण. Show all posts

कोरियामा आईतबारे रेस्टुरेन्ट खोल्ने ढकाल भन्छन राम्रै आम्दानी भएको छ !


ईपिएस मार्फत बिगत सात बर्ष अगाडी कोरिया आएका पर्साका जनक ढकालले आफ्नो कम्पनीमै आईतबारे नेपाली रेस्टुरेन्ट खोलेका छन।कोरियाको ख्यङ्गीदो प्रान्तको पोछन सोङउरी नजिकै अवस्थित फर्निचर कम्पनीमा काम गर्ने उनले करिब २ महिना अगाडी देखी ‘ढकाल भान्छाघर ‘ नामाकरण गरेर आईतबार आफ्ना कम्पनीका साथीहरुलाई खाना खुवाउने उद्देश्यले उक्त रेस्टुरेन्ट खोलेको बताएका छन।अठार जना नेपाली कामदार भएको उक्त कम्पनीमा अन्य दिन तिन पटक नै कोरियन खाना खाने भएकोले हप्तामा दुई छाक भएपनी नेपाली खाना खुवाउँ भनेर उक्त रेस्टुरेन्ट खोलेको उनले बताए।


आईतबार बिदाको बेला सबै साथीहरुले खाना बनाउन अल्छी गर्ने,समयमा नखाने भएकोले आफुले यस्तो कदम चालेपछी भने सबैले उत्साहीत भएर समयमै खाना खाने समयतालीका बनेको बताए।एकछाक खानाको ५००० कोरियन वोन लिएर बिदाको दिन शुद्द नेपाली खानाको ब्यबस्था गरिएसंगै कम्पनीका साथीहरु बाहीर कतै गएपनी बेलुकी भने ढकाल भान्छामै आउने उनले बताए।”एकलाख कोरियन वोन लगानी गरेको हुँ,जसमा ठुलो राईसकुकर र तरकारी पकाउने भाँडा तथा प्लेटहरु ब्यबस्था गरेको छु,बिदाको दिनमा खाना पकाउन अल्छी गर्ने साथीहरुलाई भोकै नबसुन भनेर सस्तो दरमा नेपाली शुद्द खाना बनाएर खुवाउने गरेको छु।
फाईदा गर्ने उद्दे्य भन्दापनी कम्पनीका साथीहरु थोरै पैसामा नेपाली स्वाद खान पाउन भन्ने मेरो उद्देश्य हो।” उनले थपे ।उक्त भान्छा घरमा खाना खाने ईच्छुकले बिहानको लागी एकदिन अगावै अर्डर गर्नुपर्ने र बेलुकीको लागी दिउसो नै अर्डर गर्नुपर्ने नियम रहेको छ।साथै खाना खाने ग्राहकले आफुले खाएको प्लेट आँफै माझ्नुपर्ने नियम रहेको उल्लेख गरे।खानाको मेन्युमा बिहान दाल,भात र मासु हुन्छ भने बेलुकी दाल भात तरकारी हुने उनले बताय।

उनि भन्छन” कम्पनीमा धेरै मान्छे छौँ,सबैले खाना पकाउन सम्भब हुँदैन त्यसैले यो उपाय अपनाएको हुँ।साथीहरु ५००० वोनमै नेपाली स्वादिस्ट परिकार खान पाउँदा हर्सित छन।”आईतबार काम नहुँदा यो ब्यबसाय बाट थोरै भएपनी अतिरिक्त आम्दानी गर्न सकेकोमा ढकाल दँङ्ग छन ।

चितवन देखी स्याङ्जा

:-डि चिरन्जिबी


😁😁😂चितवनदेखि स्याङ्जा 😁😁😂

देवघाटकाे पढाइ । दशैँतिहारकाे एकमुष्ट छुट्टी । चितवनकाे बसपार्कबाट गाडी चढ्नुपर्ने ।

गाडी पर्खिरहेको थिएँ । एकजना बुढा मान्छेले साेधे -

"बाबु ! ह्याँडी माडि जानी गाडी काँडी लाग्च?"

"ए मेरा कानाँ फ्याउराले हातहाल्ना ! यी दुला परेका कानले के सुन्नपर्च गाँठे ! कुन भाषा बाेले बुढाले ?" - म जिल्लिएँ । यस्तो अनुप्रास त गजल सजल पढ्दा सुनिन्थ्याे । बुढा त गुटुङटुङ बाेल्छन् त!

बुढा रहेछन् गाेर्खाली । छाेराकाे घरमा दशैँ मनाउने भनेर माडी जान हिँडेका । "बस्ता केस नझराेस् ! हिँड्दा ठेस नलागाेस्" भनी अाशिष दिएर कुम्लाे कुटुराे बाेकेर बुढा हिँडे ।

पाेखराकाे गाडी त अाएकै थिएन । बरू, छतभरि मान्छे बाेकेर देवघाटबाट "राेयल देवघाट" अायाे । गाडीसँगै देउपुरे "काेदाकाे झाेल"काे गन्ध पनि नाकसम्मै अाइपुग्याे ।

ढाेकाबाट सेताे वस्त्रमा सुशाेभित एक पण्डितजी फुत्त झरे अनि दगुर्दै अल्लि यता अाएर कवितामै सास फेरे -

"काेही छाद्दछ ह्वाल्ल ह्वाल्ल बसमै, छन् द्याैपुरे जर्किन!
तिम्राे राेयल देवघाट गुरूजी ! भाे अात्तिएँ चढ्दिनँ ।"

पण्डितजी बडा मजाका । कुशलमङ्गल साेधेपछि पण्डितजीले भने -

"ज्यु ! अाज्ञा हाेस् ! अलि टाढा जानु छ ।
कन्तुरेकी साइँली राँड खाेलेसीमलका चतुरेकाे छाेराे टिपेर हिँडिछे, टिकाे फाेइदिने भनेर बाेलाछन्, तेस्का बाउका छातियाँ अछेता छरेर फर्किन्चु ! राम्रोसँ स्वस्ति पढ्दिएँ भने एउटा हात्ती दक्खिना त कसाे देअाेइन !"

उहाँको कविकाैशलले लठ्ठ पर्दाे थिएँ, पाेखरा जाने गाडी अाइपुग्याे । फुत्त चढेँ , बीचतिरकाे सीट पाइयाे, झाेला माथिपट्टी घुसारेर बसेँ ।

अाँपटारीबाट एकजना अधबैँसे चढे अनि उतापट्टिकाे सीटमा गएर फत्फताउन थाले - "बुढेसकालाँ धर्म अर्नी भनेर देउघाटाँ अाका मुन्छे पनि सारै असत्तेरा हुँदाराहान् ! कैले साग चाेरेर हैरान पार्नी कैले कागती चाेरेर हैरान! भउतिनी बुढीहरुकाे त के कुराे अर्नी ? बत्ती कात्न र कुरा काट्नबाहेक अर्थाेक केइ जान्दारैन्चन् !"

एकछिन बडबडाए । खलासीले बढी भाडा मागेछ क्यारे, देवघाटकाे रीस खलासीसँग पाेखेर बाझ्दै थिए । अलि पछि शान्त भएर बसे ।

बस मुग्लिन पुगेर राेकियाे । यात्रुहरु खाना खान झरे । ड्राइभर र खलासीकाे सेवामा 2 वटी अप्सरा अाइपुगे । खाना खाएपछि गाडी हिँड्याे ।

मुग्लिनकाे पुलनेर एकजना दारीवालाले गाडी राेके र चढे । कालाे काेट । राताे टाइ । टाउकामा टाेपी । हाँक्कहुक्क फाइँफुइँ गजबकाे । अाउनेबित्तिकै भने - "खलासी कमरेड ! भाडा लिनुस् !" बुढा खुङ्खार कम्युनिस्ट रहेछन् भन्ने बुझिहालियाे । मसँगै सिटमा अाएर बसे ।

परिचय गरेपछि गफ सुरु भयाे । भने - "हेर्नुस् ! कुखुरा काटेर खाए "चिकन पार्टी" ! खसिबाेका खाए "मटन पार्टी" अनि देशै बेचेर खाए चाहिँ - नेपाली काङ्ग्रेस पार्टी । त्यसैले अबकाे चुनावमा काङ्ग्रेसीलाई हराउनै पर्छ । म दङ्ग परेँ ।

उनले भन्दै गए, म सुन्दै गएँ । पञ्चायतकालकाे जेलनेलदेखि बहुदल, गणतन्त्रसम्मका कहानी सुनाउँदै थिए । बिचैमा राेकिएर भने - बाबु ! सुर्ती चल्छ ? मैले "खान्नँ"काे टाउको हल्लाएपछि उनले सुर्ती माड्दै भने - "बाबु !सुर्ती अाेसिएकाे छ । अबकाे 2 दिनभित्र पानी पर्छ ।"

सुर्ती र पानीको कथा दिमागमा घुसेकै थिएन । उनले भने - "सुर्ती माेलेर वर्षातकाे जानकारी दिने मान्छे पक्का नसेडी हाे बाबु !"

अाेठ लफ्रक्क पारेर सुर्तीकाे लुँडाे घुसाएपछि फेरि देशकाे विकास गर्ने याेजना अघि सारे -

"हेर्नुस् ! हाम्राे पाटीले जितेको छ, अब यसरी विकास हुन्छ कि तपाईं छक्क पर्नुहुनेछ । काठमाडौं साेह्रखुट्टेलाई विकसित गरी "अठारखुट्टे" बनाउनेछाैँ । अाइफाेन बनाउने "एप्पल" कम्पनीलाई पछारेर नेपालमा नयाँ माेबाइल फेक्ट्री बनाउने छाैँ । जसकाे नाम राखिनेछ - "चिचिन्डाे ।" अहिलेसम्म एप्पलकाे अाइफाेन चलाउने नेपालीले अब "चिचिन्डाे" काे माेबाइल चलाउने छन् ।"

उनकाे विकास चरमचुलीमा पुगिरहेकै थियाे । पछाडिको सीटमा माेबाइलकाे घन्टी बज्याे। नेताजी राेकिए । पछाडि बुढी मान्छे रहिछन् । छाेरासँग दुखेसो पाेखिन् - "खै बाबु ! के के सिकाम्चस् नातिनीलाई पनि । घराँ कुकुर बाेलाम्न पराे भने हाम्रा पालाँ त "चेइ चेइ" भन्तेम्, तेरी छाेरीले त "Excuse me" भन्छे । हुन त कलि बाेहुलायाे भन्ते, हिजोआजकाे कुकुरले नि अङ्ग्रेजी बुझ्छ र बाबै ?"

"ह्या हजुरमामु ! के के ननसेन्स कुरा गर्सिन्छ के ! ट्राभलकाे फुल इन्जाेए लिस्याे न!" बुढी अक्क न बक्क परिन्, नातिनीकाे नेपाङ्ग्रेजीले हामी छक्क पर्याैँ ।

एवं रीतले गाडी दमाैली पुग्याे ।
धन्यवाद कमरेड - नेताले विदा मागे । नातिनी, हजुरमामुहरु पनि झरे । म पाेखरा जानुपर्ने हुनाले बसिरहेँ ।

हेर्दाहेर्दै पाेखरा जाने मान्छेले गाडी भरियाे । 2/3 टी गुर्सिनी पनि चढे । गाडी हिँड्याे । दमाैलीबाट चढेकाे गाइने युवकले सारङ्गी रेटेर गुर्सिनी जिस्कायाे -

सारै राम्रा मगर र गुर्सिनी !
चेप्टाे नाकलाई कसरी बिर्सिनी……
फुल्याे बाँबरी………
लाहुरेनी मख्ख परेर ५० रुपियाँ दिइन् । गाइने झन् सुरियाे ।

केटाे घाेक्राे सुकाई सुकाई बाँबरी फुलाउँदै थियाे, काेत्रेकाे उकालाेमा पुगेपछि छेउमा बसेकी गुर्सिनी दिदीकाे फाेन बज्याे । गाइने युवकलाई भनिन् -

"ए मिले ! तेराे टिलाे एकछिन क्याइँ क्याइँ नपार ताे !"
केटाे चुप लाग्याे ।

फाेनमा उताबाट खै के भनेछ, चर्काे स्वरले जवाफ फर्काइन् -

"अँ, सवन मु ! ए ठागु ! मेराे चर्पी मुनीकाे बारीकाे ताेरी उखालेर तँलाई मुला राेप्न कहाँ दिन्चु र म्ले ?"

मलाई सारै हाँसाे उठ्याे । राेक्न नसकेर खित्का छाेडेर हाँसे । उनी मसँग झर्किन् - "कस्तो मात्तिएकाे मुन्छे रहिछ गाँठे !  बारीकाे ताेरी र मूला भनेकाे त बाङ्गाे पाे बुझ्छ त । साेझै बुझ्न ए तेरीमा टाेक्ने बाहुन !"

एवं रीतले बडाे रमाइलो यात्रा गर्दै पाेखरा पुगियो ।

यात्रामा कति भेटिए कति छुटे,
तर ती गुर्सिनी दिदीकाे "बारीकाे ताेरी उखेलेर मूला राेप्ने" प्रसङ्गले अाजसम्म पनि दिनमा दुइपटक हाँसाे उठाउँछ ।

😂सुन्नेलाई फूलकाे माला, पढ्नेले बारीकाे मूला खाला😁