कोरियामा आईतबारे रेस्टुरेन्ट खोल्ने ढकाल भन्छन राम्रै आम्दानी भएको छ !


ईपिएस मार्फत बिगत सात बर्ष अगाडी कोरिया आएका पर्साका जनक ढकालले आफ्नो कम्पनीमै आईतबारे नेपाली रेस्टुरेन्ट खोलेका छन।कोरियाको ख्यङ्गीदो प्रान्तको पोछन सोङउरी नजिकै अवस्थित फर्निचर कम्पनीमा काम गर्ने उनले करिब २ महिना अगाडी देखी ‘ढकाल भान्छाघर ‘ नामाकरण गरेर आईतबार आफ्ना कम्पनीका साथीहरुलाई खाना खुवाउने उद्देश्यले उक्त रेस्टुरेन्ट खोलेको बताएका छन।अठार जना नेपाली कामदार भएको उक्त कम्पनीमा अन्य दिन तिन पटक नै कोरियन खाना खाने भएकोले हप्तामा दुई छाक भएपनी नेपाली खाना खुवाउँ भनेर उक्त रेस्टुरेन्ट खोलेको उनले बताए।


आईतबार बिदाको बेला सबै साथीहरुले खाना बनाउन अल्छी गर्ने,समयमा नखाने भएकोले आफुले यस्तो कदम चालेपछी भने सबैले उत्साहीत भएर समयमै खाना खाने समयतालीका बनेको बताए।एकछाक खानाको ५००० कोरियन वोन लिएर बिदाको दिन शुद्द नेपाली खानाको ब्यबस्था गरिएसंगै कम्पनीका साथीहरु बाहीर कतै गएपनी बेलुकी भने ढकाल भान्छामै आउने उनले बताए।”एकलाख कोरियन वोन लगानी गरेको हुँ,जसमा ठुलो राईसकुकर र तरकारी पकाउने भाँडा तथा प्लेटहरु ब्यबस्था गरेको छु,बिदाको दिनमा खाना पकाउन अल्छी गर्ने साथीहरुलाई भोकै नबसुन भनेर सस्तो दरमा नेपाली शुद्द खाना बनाएर खुवाउने गरेको छु।
फाईदा गर्ने उद्दे्य भन्दापनी कम्पनीका साथीहरु थोरै पैसामा नेपाली स्वाद खान पाउन भन्ने मेरो उद्देश्य हो।” उनले थपे ।उक्त भान्छा घरमा खाना खाने ईच्छुकले बिहानको लागी एकदिन अगावै अर्डर गर्नुपर्ने र बेलुकीको लागी दिउसो नै अर्डर गर्नुपर्ने नियम रहेको छ।साथै खाना खाने ग्राहकले आफुले खाएको प्लेट आँफै माझ्नुपर्ने नियम रहेको उल्लेख गरे।खानाको मेन्युमा बिहान दाल,भात र मासु हुन्छ भने बेलुकी दाल भात तरकारी हुने उनले बताय।

उनि भन्छन” कम्पनीमा धेरै मान्छे छौँ,सबैले खाना पकाउन सम्भब हुँदैन त्यसैले यो उपाय अपनाएको हुँ।साथीहरु ५००० वोनमै नेपाली स्वादिस्ट परिकार खान पाउँदा हर्सित छन।”आईतबार काम नहुँदा यो ब्यबसाय बाट थोरै भएपनी अतिरिक्त आम्दानी गर्न सकेकोमा ढकाल दँङ्ग छन ।