Showing posts with label ब्यंग्य. Show all posts
Showing posts with label ब्यंग्य. Show all posts

गरिब जनताको ठेक्का के.सी कै हो त?



भूबन केसी अहिले सम्म अनसन बस्या  सुन्या  छैन , किरण केसी पनि छैन , सुस्मिता केसी पनि छैन, यी गोबिन्द केसी चैं किन जान्ने भएर अनसन बस्या  ? डाक्टर भएसी  खुरुखुरु बिरामी जाँच्नु , महंगा महंगा औसधि सिफारिस गर्नु , त्यसबाट आउने कमिशन खल्तीमा हाल्नु , सरकारी अस्पतालमा काम गर्नु,बिरामीलाइ यस्सो आँखा सन्काएर आफ्नै क्लिनिक तिर डाक्नु , त्यताबाट कमाउनु | कमाउनु पनि छैन खानु पनि छैन, भोकै बस्या , कसरि हुन्छ ? अरुको छोरा छोरीले ३५ लाखमा डाक्टर पढून कि ७० लाखमा पढून के मतलब ? गरिबले किन पढ्नु पर्यो ? ति माग्नेका सन्तानले | त्यत्रा म्यानपावर छन् तिनले चैं काम पाउनु परेनसबै डाक्टर हुन थाले भने ५५ डिग्रीको तातो घाममा कल्ले काम गर्छ ? तिमि गएर गर्छौ बुढा ? अरबियन देशमा नेपालीको कति धेरै माग , हेर है गोबिन्द केसी म्यानपावरको काम ठप्प पार्ने काम चैं नगर नि भन्द्या छु | गरिबका छोरा छोरी पनि डाक्टर हुन थाले भने ट्रयाक्टर कल्ले चलाउने ? मिनिबस कल्ले चलाउने ? खलासी को बस्नी ? तिमि बस्छौ ? | मेडिकल कलेजबाट कति मालामाल भैराकाछन् भोलि तिनका गोजीमा  कल्ले पैसो  हाल्दिन्छ ? तिमीले हाल्दिन्छौ ? हेर गोबिन्द मैले भन्या मान , यो देश लुट्ने खाने देश हो, त्यसैले आफुपनि लुट्न तिर लाग | बरु एउटा पार्टीको झोला बोकन, स्वास्थ्य मन्त्रि पक्का | तिम्रा पनि परिवार होलान , तिनको पालन पोषण तिर लाग , जगतको भलो तिर लागेर आफ्नो स्वाथ्य नबिगार | ....................

गर्लफ्रेण्डकाे सराद्ध

D Chiran Jivi फेसबुकमा आफ्नी भुपु गर्लफ्रेन्डको सराद्धे गर्ने विधि बारे यस्तो लेख्छन ।

😁😁😁भूपू गर्लफ्रेण्डकाे सराद्ध😁😁😁


💔"म तेराे लागि मरिसकें"💔भन्ने डाइलग हानेर छाेडी गएकी EX girlfriend काे सराद्ध साेह्रश्राद्धकाे अन्तिम दिन अाैँशीमा गर्नुपर्दछ भनी "चिरञ्जीवीपुराण" मा लेखिएको छ ।

***********

श्राद्ध गर्ने विधि यस्तो छ -

अगाडि टपरीमा चामल, चामलमाथि उसकाे फाेटाे राख्ने ।

माेबाइलमा "नरेश पातली" काे अावाजमा
"उ जितेर गै या हारेर गै" भन्ने गाना बजाउने ।

जनै घाँटीबाट फुकालेर काँटीमा झुण्डाउने,

एउटा बाेतल हातमा लिएर माझीअाैँला (middle finger)बाट बियरकाे धाराे चुहाउँदै भन्ने -

ॐ फलानाे ठाउँ बस्ने फलानी नाम गरेकी मेरी भुपू छम्मा तृप्यन्ताम् तृप्यन्ताम् ! 😁

ॐ उसलाई गरिदिएकाे सपिङ, रिचार्जकाे खर्च तृप्यन्ताम् तृप्यन्ताम् ! 😁

ॐ डेटिङ जाँदा बाइककाे पेट्राेल तृप्यन्ताम् ! 😁

अब,
रिचार्ज कार्ड, सपिङकाे बिलहरू एकै ठाउँमा पाेकाे पारेर गाेलाे पिण्ड बनाउने !

त्यसपछि हल्का "दुखी अात्मा" वाला फिलिङ गर्दै तलकाे मन्त्र पढेर पिण्ड दिने -

" बरू रगत लिएर गएकाे लामखुट्टेले Blood report लिएर फिर्ता अाउँछ, तर मलाई भुक्का बनाएर हिँडेकी छम्मा फिर्ता अाउँदिन ! ॐ भूपू छम्मायै स्वधा ! पिण्डं समर्पयामि ।" 😁

त्यसपछि नुहाउने, फ्रेस हुने अनि हात जाेडेर याे मन्त्रले प्रार्थना गर्ने -

काला गए गाेरा अाउँछन् स्वाहा !
खुट्टा भए जुत्ता टन्नै पाउँछन् स्वाहा !

😂😁😁सराद सकियाे 😁😂😂

बर्तमान सरकार

"वर्तमान सरकार"
   
फागुनकाे अन्तिम हप्ता । अाउँदाे SLC परिक्षाकाे लागि Science का गुरुले 3 घन्टाको समय लिएर विद्यार्थीलाई रिभिजन गराउँदै हुनुहुन्थ्यो ।

गुरुत्वाकर्षणकाे सिद्धान्त देखि लिएर ध्वनि, प्रकाश, पिण्ड, Atomic/Subatomic theory, E=(MC)2 लगायतका सूत्रहरू, वंशपरम्परा तथा क्रमिक विकास सिद्धान्त अादि अनेक विषयमा गहिराे ब्रिफिङ भयाे ।

कहिले गुरुका प्रश्नहरूका जवाफ एक एक गरी छात्रहरुले दिन्थे, कहिले छात्रका जटिल प्रश्नहरूका जवाफ गुरुले दिन्थे । परिक्षाका बेलामा हुने तनावलाई कम गर्ने तरिका पनि सिकाइयाे । परिक्षाकाे पूर्वसन्ध्यामा गरिएकाे याे तीनघन्टे Combine Study निकै अभूतपूर्व थियाे ।

2 घन्टा 45 मिनेट छलफल भइसकेपछि शिक्षकले साेध्नुभयाे -

अब कसैले नबुझेको केही छ ?
छ भने निश्चिन्त भएर जुनसुकै कुरा पनि साेध्न सक्छाै !

कक्षामा गहिरो सन्नाटा छायाे ।

यसैबीचमा अन्तिम बेन्चबाट एकजना विद्यार्थी उठेर टाउकाे कन्याउँदै साेध्याे -

सर ! अरू सबै कुरा त बुझियाे तर;

याे अश्लील चलचित्र (Porn) मा युवतीले सबै कपडा खाेलेर नाङ्गै हुन्छिन्, तर स्यान्डिल चाहिँ किन खाेल्दिनन् ?

अहिलेसम्म बुझ्न सकेकाे छैन !

****************
वर्तमान सरकारका अन्धभक्त तथा लण्डभक्त झाेले कम्युनिस्ट  कार्यकर्ताहरूकाे हालत ठ्याक्कै त्यही प्रश्न साेध्ने विद्यार्थीकाे जस्ताे छ ।

हरेक दिन,
बलात्कारपछि मारिएकी निर्मला र न्याय नपाएर बहुलाएका उनका बुबा,

पायल चप्पल पड्काउँदै राजनीतिमा छिरेकी राष्ट्रपतिकाे लावालस्करका लागि मागिएको 18 कराेड,

विमान खरिद प्रकरणमा अर्बाैँ घाेटाला,

भारतले चीनलाई बेचेकाे नेपालकाे नदी,

जनप्रतिनिधिको स्वच्छन्द विदेश भ्रमण,

जस्ता अनेक विषय तथा घटनाहरू अाफ्नै अाँखा अगाडि देख्दा पनि "शीर्षनेताकाे पिसाबलाई पञ्चामृत र दिसालाई महाप्रसाद सम्झेर ग्रहण गर्ने" यी झाेलेेहरू अरूलाई एउटै प्रश्न साेधिरहेछन् -

वर्तमान सरकारले देशकाे "विकास" गरेर नयाँ युगकाे सुरुवात गरिसक्याे नि ! तपाईं किन बुझ्नुहुन्न ?

साभार:- D Chiran Jivi सरको फ़ेसबुक वाल बाट

प्रचण्ड लाई पत्र


कमरेड प्रचण्ड अभिवादन !

तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सदस्य थिएँ । लामाे समय अध्यक्ष नरहँदा मेरै अध्यक्षतामा धेरै वैठकहरू बसेका थिए । वी पी काेइराला मेमेरियल क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने, अङ्काे नर्सिङका स्नातकाेत्तर तहसम्मका कक्षाहरू सञ्चालन गर्ने, अस्पताललाई सुविधासम्पन्न पाँच सय बेडकाे अस्पताल बनाउने, चीन सरकारसँग विशेषज्ञ सेवा लिनेदिने विषयमा कुरा गरि निर्णय गराउन पहल गर्ने, फाेहाेर ब्यवस्थापन सम्बन्धमा विशेष सहयाेग लिने जस्ता महत्वपूर्ण कार्ययाेजनाहरूका सम्बन्धमा मेरै नेतृत्वमा क्यान्सर अस्पताल सञ्चालक समितिले तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई र स्वयम् तपाईं प्रधानमन्त्रीसँग क्यान्सर अस्पतालकाे तर्फबाट छुट्टाछुट्टै छलफल गरेकाे थियाे । प्रधानमन्त्रीका रूपमा तपाईले गर्ने भनिएकाे चीन भ्रमणमा नेपाल सरकारका तर्फबाट निर्णय गरी लैजाने भनी यहाँले भनेबमाेजिमकाे प्रस्ताव हामीले तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव जाे अहिले चीनका लागि नेपाली राजदुत समेत हुनुहुन्छ, लीलामणि पाैडेललाई हस्तान्तरण गरेका थियाैं ।
परिस्थिति एकाएक प्रतिकूल बन्दा प्रधानमन्त्रीकाे पदबाट यहाँले राजिनामा गर्नु भयाे । भ्रमण मात्र राेकिएन बरू अरू धेरै महत्वपूर्ण याेजना र वी पी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे सम्भावित स्तराेन्नतिकाे मूल याेजना पनि अबरूध्द भयाे ।
प्रधानमन्त्री महाेदय, अहिले फेरि इतिहासले एउटा महानतम् अवसर यहाँलाई प्रदान गरेकाे छ । त्यसैगरी जसकाे हातमा हामीले अस्पताल विकाससम्बन्धी बृहत् याेजनाकाे फाइल सुम्पेका थियाै वहाँ नेपाली जनताकाे दूतका रूपमा चीनमा हुनुहुन्छ । याे परिस्थितिमा हुन लागेकाे यहाँकाे चीनभ्रमण सफल हाेस् मेराे शुभकामना ! त्याे क्यान्सर अस्पताल,  जाे यतिवेला विरामीले समेत माया गर्नुपर्ने हसपिसबासी विरामी जस्ताे छ, यसलाई बचाउनु तपाईकाे प्रमुख दायित्व हुनेछ ।
दक्षिण ढल्केकाे अाराेप खेपिरहनु भएकाे नेपाली कम्युनिष्ट अान्दाेलनकाे सर्वाधिक त्याग, तपस्या र वलिदानकाे माध्यमबाट नेपाली जनतालाई सङ्घीय लाेकतान्त्रिक गणतन्त्रका मालिक बनाउने महान् अभियान्का नायक तपाईं प्रचण्ड फेरि एकपटक उत्तर र दक्षिणलाई नेपाली सार्वभाैमिकता, अखण्डता र समृध्दिलाई सर्वथा उचाइमा राखेर सहयाेग गर्ने असल छिमेकी बनाउने महत्वपूर्ण कामका लागि तपाईकाे साहस र सक्रियता अावश्यक छ । देश र जनतालाई सर्वाधिक महत्व दिएर गरिने कामकाे विराेध कतैबाट हाेस् तर यात्रा नराेकियाेस् ।
परिवार र अाफूले जे भनेकाे छ र चाहेकाे छ त्यसलाई हस् मात्र भन्ने निर्जीव हसप्रसादहरूले कामरेड प्रचण्ड र हाम्राे पार्टीकाे साखलाई वाफले जसरी पाेलेकाे छ । यसकाे पनि उपचार खाेज्न अावश्यक छ ।

स्थानीय निर्वाचनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नु पर्छ । केही लाेभीपापीहरूले गीत, कविता, उखान र टुक्का कै भरमा त मान्छेलाई हाे कि त जस्ताे पारेका छन् भने तपाईं त कतिपय कमजाेरी बाहेक याे देशका सबैभन्दा असल र मेहनतकस जनतालाई अधिकारका लागि जीवन हातमा लिएर उठ भनेर हाेइन गरेरै देखाएकाे नेता हुनुहुन्छ । त्यसैले याे चीन भ्रमण स्वतन्त्र र सार्वभाैमसत्ता सम्पन्न नेपाली जनताकाे गर्वगर्न लायक नेताकाे भ्रमणका रूपमा सम्पन्न गर्नुहुनेछ भन्ने अाशा लिएकाे छु ।

तपाईकाे व्यक्तित्व र नेतृत्व सधैं अालाेचकहरूका लागि पनि अालाेचना गर्न नमिल्ने खालकाे बनेकाे देख्न चाहने......
-प्रेम रिमाल; चितवन

(यदि कसैकाे पहुँच भए याे मेराे अनुराेध कमरेड प्रचण्ड समक्ष पुर्याइदिए अाभारी हुने थिएँ । )

(लीलामणि पाैडेललाई पनि याे पुर्याउन पाए हुन्थ्याे क्यारे !)