आजकालका कामरेडहरु पलेटी मार्दैनन्


🌹🌹🌹🌹मेस्सी प्रेक्सन्🌹🌹🌹🌹

दिनलाई छोडौं,
दिनलाई ढाँट्न त गार्हो नहोला पनि,
दिनमा होहल्ला हुन्छ,
झुटहरु एकापसमा ठोक्किन्छन्,
तर रात,
रात त सबैको लागि उत्तिकै सुनसान हुँदो हो
के देख्छन् होला सपना ?
को को आउँदा होलान् ?
विगतले ऐनाहरू बोकेर
तर्साउन खोज्दा
रुँदाहुन् कि भाग्दाहुन् कामरेडहरु ?

निशाको निष्पट्टतामै पनि त
कहाँ सजिलै ढाकिन्छ र सबथोक !
छिप्पिँदै गरेको रातमा
एकपछि अर्को गर्दै
तुहिएका सपनाहरूको बोझले थिचिएका
एकादेशका इमान्दार छातीहरुले
आफैंलाई सम्हाल्न नसकेको बोध पनि
कहीँ न कहीँ त हुँदो हो !

राता कार्पेटमाथि हिँडेकै बेला
बंकरहरुको गाउँमा
प्रसव पीडामा छट्पटिँदै
आमाहरु मरेको
पढ्छन् कि पढ्दैनन् होला ?
अनि फेरि कहिल्यै नफर्किने
आफ्नो एकबारको जुनी
खेर गएको ठान्छन् कि ठान्दैनन् होला ?
कि सौदा गर्छन् होला नास्तिकहरु
बुर्जुवा ईश्वरसँग
पुनःजन्मका लागि ?
बस् यो जान्न मन छ मलाई
कि हामी धेरैलाई जस्तै
पीडा हुन्छ कि हुँदैन होला कामरेडहरुलाई ?
सोध्छ कि सोध्दैन होला
बालापनले उनीहरूको अवचेतनलाई ?
अनि के जवाफ फर्काउछन् होला कामरेडहरु
विदेशीएका "भगौडाहरुलाई"
विधवा "बोक्सीहरुलाई" !

मलाई थोरै मात्र सोध्न मन छ
कामरेडहरुसँग,
पलेटी मारेर बस्न आउँछ कि आउँदैन ?
गुन्द्रुक रुच्छ कि रुच्दैन ?
इच्छुकका इच्छा
अनि टुहुरेका धुनहरु सुन्दा
झ्याउ लाग्छ कि लाग्दैन ?
गरिखाने किसानको पसिनाको गन्धले
वाकवाकी लाग्छ कि लाग्दैन ?
मलाई आज यत्ति जान्न मन छ !

प्रिय मान्छे उच्च सम्मान् !

प्रिय मान्छे उच्च सम्मान् !


संसार काेभिड १९ बाट आक्रान्त छ । करिब छ लाखजतिलाई यसले भाैतिक रूपमै छाेयाे । बाँकी संसारमा काेराेना भाइरसले भूत (!)  बनेर आतङ्क मच्चाइरहेकाे छ ।
मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन् । जब जीवन सङ्कटमा परेकाे अनुभूति हुन्छ तब साङ्गहरू दाैडिन थाल्छन् , विकलाङ्गहरू रूनकराउन । काेराेनाले दाैडिन सक्ने र नसक्ने, शक्तिशाली र अशक्त, पहिलाे विश्वकाे र तेस्राे विश्वकाे भनेर भेदभाव गर्दैन । नत पण्डित र लामाहरू न त पादरी र माैलानाहरू सबैका लागि यतिबेला काेराेना कहर अपूर्व भाेगाइ बनेकाे छ ।
संसार हाम्राे हाे भन्ने अझ एउटा युगकाे राजनैतिक र सामरिक महामारी बेलायतकाे प्यालेस र वेष्टमिनिष्टरका रक्षाकवचहरू ताेडेर काेराेना राजकुमार र प्रधानमन्त्रीमाथि जाइलागेकाे छ । यस्ताे अवस्थामा हामी जस्ता मागेर युराेपेली जिन्दगी बाँच्न पल्केकाहरूकाे सुरक्षा कसले गर्दिने हाेला ! हामी आफैंले मात्र याे समस्याकाे समाधान गर्न सकिन्छ । नेपालकाे स्वतन्त्रता दिवस छैन । हामी कहिल्यै पराधीन नहुनु क्यालेण्डरमा याे पर्वले स्थान नपाउनुकाे कारण  हाे ।
हाे, तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गाेलामा ढुङ्गा हानेरै हाम्राे इतिहासकाे क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताकाे नक्शा काेर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन् । यतिवेला स्राेत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गराैं । काेराेनामाथिकाे जित पनि हाम्रै भागमा पर्नेछ ।
केही समय एकान्तवास अरू थपिने छ । हामीले हार खानु हुँदैन । सरकारले गरेकाे आव्हानलाई स्विकारेर चल्नुपर्छ । समस्या काेराेनाकाेभन्दा भाेककाे हुनेछ । हामी हुनेखाने पनि छाैं, भए खाने पनि । गरिखाने पनि छाैं बसिखाने पनि । कामगर्नेहरूसँग सञ्चय गर्ने सामर्थ्य छैन । धैर्य बेलेर राेटी बन्दैन । भाेक नै भयमाथि विजय पाउनका लागि प्रयाेग भएकाे प्रामाणिक हतियार हाे । त्यसैले याे हतियारकाे प्रयाेग गर्नपर्ने परिस्थिति सिर्जना हुनबाट समाजलाई राेकाैं । नखाए मरिन्छ भन्ने भएले गर्दा मान्छे अन्तिममा भकारी भत्काउन निस्कन्छ । त्यसैले अब हाम्राे नजिकमा भएका दैनिक ज्यालादारी गरेर बाँचेका मान्छेहरूकाे बारेमा शाेचाैं ।
ठूला ठूला महल, गाेदाम र सेप ( लकर ) बनाउने पनि यिनै हुन् र भत्काउन पर्दा पनि यिनीहरूकै प्रयाेग हुन्छ । याे सत्यलाई बुझेर काम गराैं । त्रिपिटक, कुरान, बाइबल र पुराण सबैमा भएकाे कुरा एउटै हाे, सबै जीवनकाे मूल्य समान हुन्छ । तर केही लाेभीपापीले आफ्नाे कम्पनीकाे उत्पादनकाे मार्क प्राइज बढी टाँसिदिए झैं तेराे र मेराेकाे भनेर अब्बल र दाेयम बनाएर कित्ताकाट गरिदिँदा संसार रछानसमान बनेकाे हाे । अब याे विपत्तिकाे सामना गर्न वास्तविक भाैतिक दुरी बढाउने र मानवताकाे दुरी घटाउने प्रण गर्नुपर्छ ।

हाम्राे समाज धर्मभिरू भनिन्छ । अब परीक्षाकाे घडीमा छाैं हामी । आफूले खानेबेलामा अर्काे कुनै भाेक चपाएर बसेकाे देवतालाई सम्झने गराैं । नखाने मुर्तिमा स्याउ सुन्तला चढाउने, अर्घ र अलङ्कार चढाउने हामीले काेराेना कहरबाट बच्ने साझा लडाइमा बाँडेर खाउँ मिलेर बाँचाैकाे भजनलाई भजेर हाेइन अपनाएर देखाउनु आवश्यक छ ।
व्यक्ति प्राकृतिक सत्ता हाे । अथवा व्यक्ति आफू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार एकैपटकमा प्रयाेग गर्न सक्छ ।
भान्सामा बनेकाे आँटाेपिठाे बाँडेर खानलाई न अख्तियारले राेक्छ न कुनै कानुनले । न त बाँड्नका लागि कुनै अध्यादेश जारी गर्नपर्छ ।
त्यसैले मबाट हामी बनेर हिँड्ने बाचा गराैं ।
उमेरका बालबालिका र बृद्धबृद्धालाई जसरी अग्राधिकार र आरक्षणकाे कुरा गरिन्छ यतिवेला अभावका कारण अस्तव्यस्त बन्न लागेकाहरूलाई प्राथमिकतामा राखाैं !
साबुन पानीले धाेएर त हात मात्र सफा हुन्छ । अब विचारले धाेएर मनलाई सुकिलाे बनाउनु पर्छ ।
घर सफा, शरीर सफा त गरेकै छाैं अब मन सफा गर्ने बाचा गराैं ! 
आशा छ हामी हामीसँगै हामीभन्दा कमजाेरहरूलाई पनि बचाउनका लागि क्रियशील बन्ने छाैं । सबैले आफ्नाे क्षमताअनुसार आफ्नाे नजिकका मान्छेलाई सहयाेग गर्ने हाे भने राहत वितरणकाे काम गर्न सजिलाे पर्नेछ ।
बाढीपैह्राे, भूकम्प र आगलागि पिडितलाई त एकै ठाउँमा जम्मा गरेर खाने, बस्ने र उपचार गर्ने शिविर नै चलाउन सकिन्छ तर याे यस्ताे सङ्कट हाे जहाँ आफ्नाे प्रियजनलाई ज्वराे आइनै हाले पनि सुम्सुम्याउन मिल्दैन ! आशा छ हामी भयभित हुने छैनाै तर सतर्कताका साथ सङ्कटबाट मुक्तिका लागि घरभित्रै बसेर पनि खटिरहने छाैं, धन्यवाद !