कबिता-मेरो कलमले घुँडा टेक्दैन
अाउँदो चुनावमा टिकट पनि लिनु छैन
राजदूतको पगरी गुथ्न निवेदन पनि दिनु छैन
न ठेक्का पट्टा र दलाली गर्नु छ
न पासपोर्ट बनाएर समुद्र तर्नु छ
न कुनै संस्थाको ठूलै पद हत्याउनु छ
न कुनै ठूलठूला संस्थाको पुरस्कार नै पाउनु छ
साँचो र यथार्थ लेख्छ झुटो मरे लेख्दैन
मेरो कलमले घुँडा टेक्दैन
कसैको प्रशंसा गर्दैन लम्पसार पनि पर्दैन
केही लिनु छैन र त चाप्लुसी गर्दै गर्दैन
न श्रापमा बिस्वास गर्छ न बरदानमा बिस्वास गर्छ
श्रम, पौरख , कर्तब्य र स्वाभिमानमा बिस्वास गर्छ
कसैलाई रिझाएर बक्सिस थाप्न चाहँदैन
पद पैसा र प्रतिष्ठाको उचाई नाप्न चाहँदैन
जे हो त्यही देख्छ नभएको देख्दैन
मेरो कलमले घुँडा टेक्दैन
सामान्य नागरिक बन्नुमै अानन्द मान्छ
सानाहरुलाई सर्वदा महान ठान्छ
शहीदको नाम बेचेर दाम कमाउनेलाई धिक्कार्छ
देशलाई चुँड्दै ठूलो हूँ भनी रमाउनेलाई धिक्कार्छ
छेपारोले जस्तै रङ बदल्ने जालीहरुलाई
बिचार बेचेर रित्तिएका खालिहरुलाई
हजुर हजुर भनेर हात जोडी बाटो छेक्दैन
मेरो कलमले घुँडा टेक्दैन
Subscribe to:
Post Comments (Atom)
-
कमरेड प्रचण्ड अभिवादन ! तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सद...
-
कन्ये च्याउ खेती ========== कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये...
-
ईपिएस मार्फत बिगत सात बर्ष अगाडी कोरिया आएका पर्साका जनक ढकालले आफ्नो कम्पनीमै आईतबारे नेपाली रेस्टुरेन्ट खोलेका छन।कोरियाको ख्यङ्गीदो प...

No comments:
Post a Comment