आँखालाई पुर्‍याउँछ यस्तो असर



 धूमपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ। धूमपानले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ।

अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूमपान नगर्ने मनिसको भन्दा धूमपान गर्ने मनिसको मृत्युरदर तीन गुणा धेरै रहेको पाइएको छ। धूमपान गर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेश गर्ने टार, निकोटिन, एसिटोन, कार्बोनमोनोओक्साइड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानि पुर्याडउन ठूलो भूमिका खेलेका हुन्छन्।

एक पटक धूमपान गर्दा लगभग ४००० हानिकारक तत्व शरीरमा प्रवेश गर्छन् र यीमध्ये मात्र ५० तत्व क्यान्सर रोग लगाउन र मृत्यु्को मुखमा पुर्याोउन पर्याप्त छन्।

धूमपानले आँखामा गर्ने असर

आँखा सुक्खा हुनु

धूमपान नगर्नेभन्दा गर्ने मनिसमा आँखा सुक्खा हुने समस्या लगभग दुई गुणा बढी पाइएको छ। आँखा सुक्खा हुँदा चिलाउने, बिझाउने, पोलेको जस्तो महसुस हुने जस्ता लक्षण देखा पर्छन्।

मोतिबिन्दु
मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो, जसले लेन्सको पारदर्शीता घटाउने गर्छ। मोतिबिन्दु भएमा दृष्टि  र देख्ने क्षमतामा कमी आउँछ। सामान्य रुपमा मोतिबिन्दु ५० वर्षको उमेरपछि देखिने समस्या हो तर धूमपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा मोतिबिन्दु सामान्य उमेरभन्दा दुई गुणा धेरैर छिटो देखिने गरेको पाइएको छ।

धूमपानभन्दा पनि सूर्ती सेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो पलाउने गरेको पाइएको छ। अनुसन्धानको क्रममा धूमपान गर्ने र सूर्ती सेवन गर्ने मनिसको रगतमा क्याडमियम नामक तत्वको मात्रा धूमपान नगर्ने मानिसको भन्दा २-३ गुणा  बढेको पाइयो जसको कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ।

आँखामा देखिने समस्यामध्ये आँखाको पर्दाको समस्या मुख्य हो जसलाई आरओपीको नामले चिनिन्छ। यसका अलावा आँखामा धेरै पावर हुनु, आँखाको नशाको उचित विकास नहुनु, आँखा अल्छी हुने जस्ता समस्या देखापर्छन्। अनुसन्धानको क्रममा यस प्रकारले जन्मेका बच्चामा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ।

अन्त्यमा, धूमपान नगर्ने मानिसभन्दा धूमपान गर्ने मानिस दृष्टिकबिहीन हुने सम्भावना ४ गुणा बढी हुन्छ। त्यसैले सकेसम्म छिटो धूमपान त्याग्नुहोस्, आफ्नो शरीरसँगै आँखा पनि बचाउनुहोस्।

No comments: