ल हेर्नुस् बेसारका प्रमाणित औषधीय गुणहरु

बेसार !!  बेसार !!  बेसार !!

ल हेर्नुस् बेसारका  प्रमाणित औषधीय गुणहरु ।

बेसारमा मुख्य हिस्साको रुपमा एक एक्टिभ कम्पाउन्ड "कर्कुमिन"पाईन्छ जुन हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक सिद्द भैसकेको छ्। कर्मुमिन एक शशक्त एन्टी अक्सिडेण्ट तथा एण्टी ईन्फ्लामेण्ट्री कम्पाउण्ड हो जस्को हाम्रो स्वास्थ्य जिबनमा अत्यन्त महत्व पूर्ण स्थान रहेको छ ।

यद्धपी कर्कुमिनको प्रतिशत बेसारमा यस्को वजनको ३ प्रतिशतले मात्र उपलब्ध हुन्छ र त्यही अनुरुपको प्रयोगको सिफारिस गरिएको छ ।अर्को ध्यान दिनु पर्ने कुरा ,कर्कुमिन हाम्रो रक्त प्रबाहमा घुल्ने अनु पात कम रहेको छ त्यसैले बेसार मा मरिचको मिश्रणले यस्को घुलन्शिलताको अनुपात २००० प्रतिशत ले ब्रिद्धी गराउछ।मरिचमा पाईने पिपरिन (C17H19NO3) ले यस्को घुलन्शिलता ब्रिद्धी गराउछ । कर्कुमिन फ्याटिय पदार्थमा समेत घुलन्शिल रहेको हुँदा राम्रो फ्याटिय खाद्द बस्तुका साथ सेवन पनि लाभदायक हुन्छ ।
हामीले हाम्रा धार्मिक ,बैधिक चिकित्कामा बेसार र मरिच को सन्योजन को कथा हरु धेरै पढेका छौ अहिलेको मेडिकल साइन्स ले त्यस्को फलो गरेको देखिन्छ ।

एण्टी  ईन्फ्लामेट्री गुण भएको बेसार :

कर्कुमिन एक एण्टी ईन्फ्लामेन्ट्री कम्पाउण्ड भएकोले  जस्को मुख्य फाईदा हाम्रो शरीरका बिच्छेद कोशहरुको मर्मत गर्नु ,ईम्युन कोशहरु ब्रिद्धी गर्नु ,घाउ चोट हरु लाई निको पार्नु हो  ,प्याथोजिन ,बाहिरी आक्रमणको प्रती रक्षा गर्नु ,ईन्फेक्सन नियन्त्रण गर्नु रहेको छ । यो गुणका कारण बिभिन्न बाह्य हमलाबाट हामी र हाम्रो जिबनको रक्षा भैरहेको हुन्छ । 

एण्टी अक्सिडेण्ट गुण भएको बेसार :

हामी ब्रिद्ध हुनु र धेरै रोग लाग्नु को पछाडि अक्सिडेटिभ ड्यामेज को भूमिका हुन्छ हाम्रो शरीरमा रहने  फ्री र् याडिकल  र उच्च कृयाशिल अणुहरुले हाम्रा  महत्वपूर्ण अर्गानिक कम्पाउण्डहरु जस्तै  फ्याटी एसिड डिएन ए प्रोटिन आदी सँग रियक्क्सन गरी यिन्मा असर पुर्याउछन । एन्टी अक्सिडेण्टले शरीर शरीरमा रहेका फ्री र्याडिकल हरुलाई प्रभाबहिन बनाउछ र यस्को असरबाट जोगाउछ साथै केही क्यान्सरको जोखिम कम गर्ने ,मुटु जोगाउने ,ईन्फेक्सनबाट जोगाउने,आखा ,मस्तिस्कजन्य रोग ,ईम्युन सिस्टम,आदीका बिरुद्द प्रभाबकारी रुपमा काम गर्छ । 

ब्रेन हेल्थका लागि बेसार:

हाम्रो मस्तिश्कमा हुने धेरै उतार चढाबहरु हाम्रो हर्मोनको मात्रामा हुने गड्बढीका कारण हुन्छन ।जस्लाई  न्युरो ट्राण्स्मिटर ,न्युट्रपिक लेभल आदिले प्रभावित बनाइरहेका हुन्छन । हर्मोन र अन्य न्युरो ट्रान्स्मिटर  कम्पाउण्डहरु को सन्तुलनका लागि कर्कुमिन ले महत्व पूर्ण भूमिका निर्बाह गर्छ ।यस्कारण बेसार एक  मुड बुस्टिंग पदार्थ हो जस्ले एन्जाईटी र डि प्रेसन लाई न्युन गर्दछ । मस्तिश्क कार्य सम्पादनमा राम्रो मद्दतगर्दछ । मस्तिस्कजन्य रोगहरु बिरुद्द लड्छ । मेमोरी पावर तथा स्मार्टनेस बृदि गर्न मद्दत पुर्याउछ ।

 स्वस्थ्य मुटुका लागि बेसार:

बेसार एक एन्टी ईन्फ्लामेण्ट्री र एण्टी अक्सिडेण्ट पदार्थ भएकोले मुटु सम्बन्धी रोगहरुको बिरुद्द यस्को भूमिका महत्व पूर्ण रहेको छ त्यसबाहेक हाम्रो रक्त नलिको को भित्री सतहमा रहने ईण्डोथेलियल कोशीका हरुको चुस्त कार्यसम्पादनको निम्ती कर्कुमिनले महत्व पूर्ण काम गरिरहेको हुन्छ । जस्ले नियमित सेवनको प्रभाब लाई नियमित ब्यायाम तथा औषधीको प्रभाब जत्तिकै तुपमा तुलना गरिएको छ । 
इण्डोथेलियल कम्जोरीहरुको कारण ब्लड प्रेसर रेगुलेसन र ब्लड कटिङका समस्याहरु उत्पन्न हुने भएकाले यो   मुटु रोगको एक मुख्य कारक तत्व पनि हो ।

क्यान्सर बिरुद्द बेसार:

कर्कुमिन कम्पाउण्ड अहिले चिकित्सा बिज्ञानमा क्यान्सर रोग बिरुद्द लड्न को निम्ती प्रयोग भैरहेको छ । क्यान्सर कोशीकाको बृदि रोक्नका लागि ,बिस्तार नियन्त्रण ,ट्टुमरमा रक्त प्रबाह रोक्नका लागि यो उपयोगी रहेको बिभिन्न अध्ययन हरुले देखाईरहेका छन । त्यस्ले गर्दा रोकथामको लागि मात्र नभै उपचारकै लागि पनि बेसार सफल सिद्द हुने बैगानिक विश्वाश हरुले  राखेका छन ।

यि बाहेक …
ठोस् उपचार सुबिधा नभएका अल्जाईमर रोगको बिरुद्द समेत  कर्कुमिन उपयोगी रहेको भेटिन्छ।
बेसार ,मरिच र कागतीपानीको मिश्रण लाई डिप्रेसन  बिरुद्दको प्रभाबकारी घरेलु उपचारको रुपमा प्रयोग गरिन्छ र बेसार एक शशक्त एण्टी डिप्रेसेण्ट बस्तु हो । जो डिप्रेसन बिरुद्द प्रभाबकारी रुप्मा लड्ने गर्छ ।
यसैगरी बाथ रोगी हरुका लागि बेसार अत्यन्त लाभ दायक सिद्द भएको छ ।
एन्टी एजिंङ गुण समेत रहेको बेसार अन्य बिभिन्न क्रोनिक रोगहरु बिरुद्द पनि लाभ दायक छ । 
बेसार र यस्को मुख्य तत्व कर्कुमिन को क्याप्सुलका बिभिन्न भेराइटीहरु अमाजोन देखी ससाना आयुर्बेद पसल सम्म सर्बत्र उपलब्ध छन र विश्व बजारमा यस्को ट्रेड ग्राफ राम्रो रहेको छ ।

आजकालका कामरेडहरु पलेटी मार्दैनन्


🌹🌹🌹🌹मेस्सी प्रेक्सन्🌹🌹🌹🌹

दिनलाई छोडौं,
दिनलाई ढाँट्न त गार्हो नहोला पनि,
दिनमा होहल्ला हुन्छ,
झुटहरु एकापसमा ठोक्किन्छन्,
तर रात,
रात त सबैको लागि उत्तिकै सुनसान हुँदो हो
के देख्छन् होला सपना ?
को को आउँदा होलान् ?
विगतले ऐनाहरू बोकेर
तर्साउन खोज्दा
रुँदाहुन् कि भाग्दाहुन् कामरेडहरु ?

निशाको निष्पट्टतामै पनि त
कहाँ सजिलै ढाकिन्छ र सबथोक !
छिप्पिँदै गरेको रातमा
एकपछि अर्को गर्दै
तुहिएका सपनाहरूको बोझले थिचिएका
एकादेशका इमान्दार छातीहरुले
आफैंलाई सम्हाल्न नसकेको बोध पनि
कहीँ न कहीँ त हुँदो हो !

राता कार्पेटमाथि हिँडेकै बेला
बंकरहरुको गाउँमा
प्रसव पीडामा छट्पटिँदै
आमाहरु मरेको
पढ्छन् कि पढ्दैनन् होला ?
अनि फेरि कहिल्यै नफर्किने
आफ्नो एकबारको जुनी
खेर गएको ठान्छन् कि ठान्दैनन् होला ?
कि सौदा गर्छन् होला नास्तिकहरु
बुर्जुवा ईश्वरसँग
पुनःजन्मका लागि ?
बस् यो जान्न मन छ मलाई
कि हामी धेरैलाई जस्तै
पीडा हुन्छ कि हुँदैन होला कामरेडहरुलाई ?
सोध्छ कि सोध्दैन होला
बालापनले उनीहरूको अवचेतनलाई ?
अनि के जवाफ फर्काउछन् होला कामरेडहरु
विदेशीएका "भगौडाहरुलाई"
विधवा "बोक्सीहरुलाई" !

मलाई थोरै मात्र सोध्न मन छ
कामरेडहरुसँग,
पलेटी मारेर बस्न आउँछ कि आउँदैन ?
गुन्द्रुक रुच्छ कि रुच्दैन ?
इच्छुकका इच्छा
अनि टुहुरेका धुनहरु सुन्दा
झ्याउ लाग्छ कि लाग्दैन ?
गरिखाने किसानको पसिनाको गन्धले
वाकवाकी लाग्छ कि लाग्दैन ?
मलाई आज यत्ति जान्न मन छ !

प्रिय मान्छे उच्च सम्मान् !

प्रिय मान्छे उच्च सम्मान् !


संसार काेभिड १९ बाट आक्रान्त छ । करिब छ लाखजतिलाई यसले भाैतिक रूपमै छाेयाे । बाँकी संसारमा काेराेना भाइरसले भूत (!)  बनेर आतङ्क मच्चाइरहेकाे छ ।
मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन् । जब जीवन सङ्कटमा परेकाे अनुभूति हुन्छ तब साङ्गहरू दाैडिन थाल्छन् , विकलाङ्गहरू रूनकराउन । काेराेनाले दाैडिन सक्ने र नसक्ने, शक्तिशाली र अशक्त, पहिलाे विश्वकाे र तेस्राे विश्वकाे भनेर भेदभाव गर्दैन । नत पण्डित र लामाहरू न त पादरी र माैलानाहरू सबैका लागि यतिबेला काेराेना कहर अपूर्व भाेगाइ बनेकाे छ ।
संसार हाम्राे हाे भन्ने अझ एउटा युगकाे राजनैतिक र सामरिक महामारी बेलायतकाे प्यालेस र वेष्टमिनिष्टरका रक्षाकवचहरू ताेडेर काेराेना राजकुमार र प्रधानमन्त्रीमाथि जाइलागेकाे छ । यस्ताे अवस्थामा हामी जस्ता मागेर युराेपेली जिन्दगी बाँच्न पल्केकाहरूकाे सुरक्षा कसले गर्दिने हाेला ! हामी आफैंले मात्र याे समस्याकाे समाधान गर्न सकिन्छ । नेपालकाे स्वतन्त्रता दिवस छैन । हामी कहिल्यै पराधीन नहुनु क्यालेण्डरमा याे पर्वले स्थान नपाउनुकाे कारण  हाे ।
हाे, तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गाेलामा ढुङ्गा हानेरै हाम्राे इतिहासकाे क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताकाे नक्शा काेर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन् । यतिवेला स्राेत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गराैं । काेराेनामाथिकाे जित पनि हाम्रै भागमा पर्नेछ ।
केही समय एकान्तवास अरू थपिने छ । हामीले हार खानु हुँदैन । सरकारले गरेकाे आव्हानलाई स्विकारेर चल्नुपर्छ । समस्या काेराेनाकाेभन्दा भाेककाे हुनेछ । हामी हुनेखाने पनि छाैं, भए खाने पनि । गरिखाने पनि छाैं बसिखाने पनि । कामगर्नेहरूसँग सञ्चय गर्ने सामर्थ्य छैन । धैर्य बेलेर राेटी बन्दैन । भाेक नै भयमाथि विजय पाउनका लागि प्रयाेग भएकाे प्रामाणिक हतियार हाे । त्यसैले याे हतियारकाे प्रयाेग गर्नपर्ने परिस्थिति सिर्जना हुनबाट समाजलाई राेकाैं । नखाए मरिन्छ भन्ने भएले गर्दा मान्छे अन्तिममा भकारी भत्काउन निस्कन्छ । त्यसैले अब हाम्राे नजिकमा भएका दैनिक ज्यालादारी गरेर बाँचेका मान्छेहरूकाे बारेमा शाेचाैं ।
ठूला ठूला महल, गाेदाम र सेप ( लकर ) बनाउने पनि यिनै हुन् र भत्काउन पर्दा पनि यिनीहरूकै प्रयाेग हुन्छ । याे सत्यलाई बुझेर काम गराैं । त्रिपिटक, कुरान, बाइबल र पुराण सबैमा भएकाे कुरा एउटै हाे, सबै जीवनकाे मूल्य समान हुन्छ । तर केही लाेभीपापीले आफ्नाे कम्पनीकाे उत्पादनकाे मार्क प्राइज बढी टाँसिदिए झैं तेराे र मेराेकाे भनेर अब्बल र दाेयम बनाएर कित्ताकाट गरिदिँदा संसार रछानसमान बनेकाे हाे । अब याे विपत्तिकाे सामना गर्न वास्तविक भाैतिक दुरी बढाउने र मानवताकाे दुरी घटाउने प्रण गर्नुपर्छ ।

हाम्राे समाज धर्मभिरू भनिन्छ । अब परीक्षाकाे घडीमा छाैं हामी । आफूले खानेबेलामा अर्काे कुनै भाेक चपाएर बसेकाे देवतालाई सम्झने गराैं । नखाने मुर्तिमा स्याउ सुन्तला चढाउने, अर्घ र अलङ्कार चढाउने हामीले काेराेना कहरबाट बच्ने साझा लडाइमा बाँडेर खाउँ मिलेर बाँचाैकाे भजनलाई भजेर हाेइन अपनाएर देखाउनु आवश्यक छ ।
व्यक्ति प्राकृतिक सत्ता हाे । अथवा व्यक्ति आफू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार एकैपटकमा प्रयाेग गर्न सक्छ ।
भान्सामा बनेकाे आँटाेपिठाे बाँडेर खानलाई न अख्तियारले राेक्छ न कुनै कानुनले । न त बाँड्नका लागि कुनै अध्यादेश जारी गर्नपर्छ ।
त्यसैले मबाट हामी बनेर हिँड्ने बाचा गराैं ।
उमेरका बालबालिका र बृद्धबृद्धालाई जसरी अग्राधिकार र आरक्षणकाे कुरा गरिन्छ यतिवेला अभावका कारण अस्तव्यस्त बन्न लागेकाहरूलाई प्राथमिकतामा राखाैं !
साबुन पानीले धाेएर त हात मात्र सफा हुन्छ । अब विचारले धाेएर मनलाई सुकिलाे बनाउनु पर्छ ।
घर सफा, शरीर सफा त गरेकै छाैं अब मन सफा गर्ने बाचा गराैं ! 
आशा छ हामी हामीसँगै हामीभन्दा कमजाेरहरूलाई पनि बचाउनका लागि क्रियशील बन्ने छाैं । सबैले आफ्नाे क्षमताअनुसार आफ्नाे नजिकका मान्छेलाई सहयाेग गर्ने हाे भने राहत वितरणकाे काम गर्न सजिलाे पर्नेछ ।
बाढीपैह्राे, भूकम्प र आगलागि पिडितलाई त एकै ठाउँमा जम्मा गरेर खाने, बस्ने र उपचार गर्ने शिविर नै चलाउन सकिन्छ तर याे यस्ताे सङ्कट हाे जहाँ आफ्नाे प्रियजनलाई ज्वराे आइनै हाले पनि सुम्सुम्याउन मिल्दैन ! आशा छ हामी भयभित हुने छैनाै तर सतर्कताका साथ सङ्कटबाट मुक्तिका लागि घरभित्रै बसेर पनि खटिरहने छाैं, धन्यवाद !

महिलालाई छिटो चरम सन्तुष्टि दिन यसो गर्नुस् (अनौठा तथ्यसहित)




१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।

१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन्

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?



गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा
१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।1112
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।
सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ ।
सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै क्रममा हामिले तपाई पाठकका लागि अनुसन्धानबाट प्राप्त तथ्यहरु प्रस्तुत गरेका छौ जुन यसप्रकार छन् ।
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।

यौनाङ्ग स्वास्थ्य राख्ने उपायहरु


लाजकाकारणले धेरैजसो महिलाले योनी चिलाउने, पोल्ने, गन्ध आउने जस्ता समस्याको र समाधानको कुरा गर्न चाहँदैनन् । यसरी समस्या लुकाउदा साधारण केश पनि जटिल बन्न सक्छ ।

लण्डनको क्वीन्सवे गाइनोकोलोजी सेन्टरका स्त्री रोग विशेषज्ञ डा.अहमद इस्मेल धेरैजसो महिलाहरुले लुकाउने गरेको यौन स्वास्थ्य सम्वन्धी यिनै समस्याको समाधान उपाय उल्लेख गरेका छन् ।

यौनाङ्ग स्वास्थ्य राखेमात्रै समाधान हुने यस्ता समस्या समाधानका लागि डा अहमदले आठ तरिका सिकाएका छन् ।

के के हुन् त यौनाङ्ग स्वास्थ्य राख्ने उपायहरु :

१. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् ।

२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।

३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।

४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।

५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।

६. यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।

७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।

८. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन स

बाथ रोग सम्बन्धि बिबिध जानकारी





डा. अरूणकुमार गुप्ता
हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । बाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
हड्डी खाने बाथरोग
मासु खाने बाथरोग
नशा खाने बाथरोग
मुटु खाने बाथरोग
अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको बाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै बाथ जटिल प्रकारको हुन्छ । बाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको बाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।
अन्धविश्वासका कारण कतिपय मानिसले बाथरोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय बाथरोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी बाथरोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले बाथरोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।
हामीले बाथरोगलाई वाथको रोगीलाई बाथ कै डाक्टर भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको बाथरोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ ।
साधारणतयाः बाथरोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि  र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।

बाथरोगका लक्षण

शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान,

सामुदायिक प्राकृतिक चिकित्सालय रजहर केका लागि ?




 


डा. विनोद पौडेल 

प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामि ९०% रोगबाट बच्न सक्छौं । साथै प्राकृतिक चिकित्सालयमा कुनैपनि पाश्र्व प्रभाव (Side effect) आउन सक्ने प्रकारको औषधिहरुको प्रयोग नभई केबल प्रकृति प्रद्धत्त शक्तिहरुको उपयोग गरेर उपचार गरिन्छ । जस्तैः माटो, पानी, सूर्यको किरण, हावा, आकाश । यी तत्वहरुलाई आवश्यकता हेरेर विभिन्न रुपमा रोगीसँग जोडेर उपचार दिने काम चिकित्सकको हो भने रोगलाई ठिक गर्ने काम यिनै पञ्च तत्वमा रहेको महान शक्तिको हो । प्राकृतिक चिकित्सकले एउटा चिकित्सकको भूमिका भन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरेका हुन्छन् ।
औषधिको प्रयोगः
प्राकृतिक चिकित्सालाई औषधि बिहिन चिकित्सा पद्धति मनेर पनि भनिन्छ तर सबेरै उठेर मह र कागतिपानी, बिहान ७ बजे गहुँको जमार, दुवो वा अन्य कुनै ताजा फलको रस, बिहान बेलुकाको खानामा चोक्कर सहित आँटाको रोटी, ब्राउन राईस, दलिया, अंकुरीत दाल, सलाद, आफ्नै उत्पादन अर्गानिक तरकारी र आफ्नै गाई फर्मको ताजा दुध–दहि कुनैपनि औषधि भन्दा धेरै गुणा प्रभावकारी र दुष्परिणाम रहित छ । त्यसैले “भोजन नै औषधि हो र औषधि नै भोजन हो” भन्ने तथ्य पनि प्राकृतिक चिकित्सामा प्रमाणित भएको छ ।

उपचार पद्धति ?

प्राकृतिक चिकित्सालयमा उपचार गरिने उपचार पद्धतिको बारेमा कुरा गर्दा पञ्च महाभूत अथवा पञ्च तत्वको समुचित प्रयोग गरेर उपचार गर्ने गरिन्छ । रोगको प्रकृति र रोगीको अवस्था दुवैलाई ख्याल राख्दै माटो, पानी, हावा, सूर्यकिरण, आकाशलाई भिन्न भिन्न रुपमा शरिरसँग जोड्ने काम गरिन्छ । यो उपचारको प्रमुख भूमिका भनेको शरिरमा रहेको फोहर (त्यहष्ल) लाई बाहिर निकाल्नुका साथै शरिरमा जीवनी शक्ति बढाउने काम पनि भैरहेको हुन्छ । यो उपचारले कुनै अंग कम्जोर छ भने त्यो अंगलाई सक्रिय बनाउन मद्दत गर्दछ ।

प्राचीन समयमा यिनै पञ्च तत्वको मात्र प्रयोग गरेर उपचार गरिएको भएतापनि हालको प्राकृतिक चिकित्साले फिजियो–थेरापी, अकुपंचर, काइरो प्राक्टीस जस्ता औषधि प्रयोग नहुने आधुनिक चिकित्सा पद्धतिलाई पनि आफूमा समेटेको छ । जसले गर्दा प्रमुख उपचार विधि पञ्च तत्व भएपनि फिजियो र अकुपंचर आवश्यकता अनुसार प्रयोग गरिंदै आएको छ । यस्ता पद्धतिले प्राकृतिक चिकित्सालयको उपचार अवधी कम गरी छिटो स्वस्थ हुनमा मद्दत गर्दछ ।

उपचार विधिः 

 Mud Therapy
 Hydro Therapy
 Yogic Therapy
 Physiotherapy
 Acupuncture
 Diet Therapy
 Colour Therapy
        Manipulative Therapy

यसैगरी नङ र मासुको रुपमा प्राकृतिक चिकित्सासँग जोडिएको विधा योगलाई बृहत रुपमा प्रयोग गरिन्छ । बिहानै सामान्य सवैका लागि योगाभ्यास गराउनुका साथै रोग अनुसार आवश्यक फरक फरक योग कक्षा पनि सञ्चालनमा रहन्छ । बेलुकामा ध्यान वा विशेष योग कक्षाको समेत आयोजना हुने गर्दछ । साथमा प्रकृति प्रद्धत्त जडिबुटीलाई प्रशोधन नगरिकन प्रयोगमा ल्याउने काम यस प्राकृतिक चिकित्सालयमा हुन्छ ।

उपचार हुने रोगहरुः 

प्राकृतिक चिकित्सालाई अन्तिम विकल्पको रुपमा हेरिदै आएको छ तर प्राकृतिक चिकित्सा भनेको शरिरको सफाई गर्ने (द्ययममथ क्भचखष्अष्लन ऋभलतभच) ठाउँ हो । प्रत्येक स्वस्थ मानिसले पनि कम्तिमा वर्षको १५ दिन प्राकृतिक चिकित्सालयको उपचार सेवा लिँदा शरीर सफाई हुनुका साथै स्वास्थ्य सम्बन्धि ठूला समस्याहरु क्यान्सर, पयारालाईसिस, उच्च रक्तचाप, दम, मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ । यदि कुनै स्वास्थ्य समस्या देखिन गएमा पहिले नै प्राकृतिक चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हालसम्म आपतकालीन युनिटको स्थापना हुन नसकेको कारणले आपतकालिन सेवा उपलब्ध छन् त्यो बाहेक सबै खाले दीर्घ तथा तिब्र रोगको उपचार यहाँ सम्भव छ ।
प्राकृतिक चिकित्सा पद्धतिबाट सफलताका साथ उपचार हुने रोगहरुः

 टाउको दुख्ने (माइग्रेन)
 पिनास
 शरिरको कुनैपनि दुखाई
  डिप्रेसन
  टन्सीलाइटिस
  मोटोपन
  मधुमेह
  एलर्जी
 कोलाइटिस
  पेटको अल्सर
  कब्जीयत
  मृगौला सम्बन्धि समस्या
  महिला सम्बन्धि समस्या
  छाला सम्बन्धि सम्पूर्ण समस्या
  थाइराइड सम्बन्धि समस्या
  सवै प्रकारका बाथ
  मुटुको ब्लकेज
  पायल्स
  पुरुषग्रन्थी बढ्नु (प्रोष्टोमगाली)
  दम
  ढाड कम्मर दुखेको
  नशा च्यापिएको
  जन्डिस
  कलेजोमा बोसो जमेको
  पत्थरी
  उच्च एवं निम्न रक्तचाप

अन्य चिकित्सा पद्धति भन्दा के भिन्नता ?
एलोपेथीः रोगको मुख्य कारण किटाणु हुन । तिनलाई मारेपछि ठिक हुन्छ ।
आयुर्वेदः रोगको मुख्य कारण कफ, बात र पित्तको बेमेल वा असन्तुलन हो । उपचार भनेको तिनको सन्तुलन हो ।
प्राकृतिक चिकित्साः रोगको कारण शरिरमा बिजातिय द्रव्य जम्मा हुनु हो र तिब्र रोग जस्तैः रुघा, खोकी, पखाला हाम्रो शरिरको सफाईको लागि आउँछन् जसलाई सहि तरिकाले व्यवस्थापन गर्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण भिन्नता त प्राकृतिक चिकित्सा मात्र एउटा यस्तो उपचार विधि हो जसमा कुनै प्रकारको औषधिहरु प्रयोग हुँदैन, यो चिकित्सा पद्धति बाहेक सवैका आ–आफ्नै प्रकारका औष¬धिहरु हुन्छन् ।
 प्राकृतिक चिकित्सामा कुनै शारिरिक समस्या वा रोगको उपचार मात्र हुने नभई योग, ध्यान, प्राणायामको माध्यमबाट सामाजिक, आध्यात्मीक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ, अझ भन्नु पर्दा शरिर, आत्मा र मनको समेत उपचार गर्ने उपचार पद्धति भनेको प्राकृतिक चिकित्सा हुन् ।
 प्राकृतिक चिकित्सामा एउटा अंग वा समस्याको उपचार गराउँदा पुरा शरिरको नै उपचार भैरहेको हुन्छ । उदाहरणको लागि कोही मृगौलामा पत्थरी भएर उपचार गर्न आउँछ भने साथमा उसको टाउको दुख्ने, उच्च रक्तचाप आदि अन्य समस्याको पनि उपचार भैरहेको हुन्छ ।
 प्राकृतिक चिकित्सा बाहेक अन्य कुनै चिकित्सा पद्धति यस्तो छैन जहाँ रोग नलाग्दै उपचार गरीयोस । प्राकृतिक चिकित्सा मात्र यस्तो पद्धति हो जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बन¬ाउँछ । कुनैपनि दीर्घ वा तिब्र रोगबाट बचाउन मद्दत गर्दछ त्यसैले यो पद्धतिको रोग नलाग्दै वर्षमा कमसेकम १५ दिन उपयोग गर्नु आवश्यक हुन्छ ।
 रोगलाई दबाउने काम प्राकृतिक चिकित्साले गर्दैन बरु रोगको मूल कारण नै नष्ट गरेर शरिरलाई पूर्ण स्वस्थ बनाउन मद्दत गर्दछ ।
राष्ट्रलाई कस्तो सहयोग पुगेको छ ?
प्राकृतिक चिकित्सामा प्रयोग हुने उपचार सामाग्री भनेको प्रकृति प्रदत्त निसुल्क प्राप्त हुने शक्तीहरु हुन् जसलाई जुन सुकै ठाँउमा पनि सजिलै प्राप्त गर्न सकिन्छ । जसको लागी ठुलो रकम तिर्नु पर्ने र बिदेशबाट आयात गर्नु पर्ने अवस्था रहदैन । हाम्रो जस्तो देश जहाँ बर्षेनि २० अर्ब रुपैयाको औषधी र १२ अर्ब रुपैयाको उपचार जन्य बस्तुको आयात गरिन्छ यो त सरकारी आँकडाँ हो यो बाहेक ब्यक्तिगत रुपमा बिदेशमा गएर उपचार गर्ने र औषधी मा गरेको खर्च जोड्ने हो भने त कहाली लाग्दो आँकडा आँउछ । स्वास्थ क्षेत्रमा सरकारले पनि आन्तरिक रुपमा ठुलो लगानी हुदाँ पनि रोगिको संख्या घट्नुको सट्टा बढ्दै जानु एउटा चुनौतीको बिषय नै हो ।
हाम्रा नेता मन्त्री बिदेश गएर उपचार गर्दै धेरै रकम खर्च गरीरहेका छन् तर प्राकृतिक चिकित्सालय रजहरमा अष्टे«लिया अमेरिका , क्यानेडा , जापान , दक्षिणकोरिया जस्ता बिभिन्न देशबाट बिदेशि नागरीक आएर उपचार गराएको तथ्यांक हामि संग छ । प्राकृतिक चिकित्सालयमा उपचार गराउने क्रममा बिरामीले प्रयोग गर्दै आएको औषधिको मात्रा घट्दै गएर प्रयोग नै गर्नु नपर्ने अवस्थामा पुग्ने र औषधिको प्रयोग गर्नु पर्छ भन्ने अवस्थामा रहेको बिरामीले यो उपचार पद्घतिको अभ्याशले औषधिको प्रयोग गर्न नपर्ने कारणले गर्दा स्वास्थ क्षेत्रमा रहेको पर निर्भरता हट्नुको साथै औषधिको प्रयोगले हुने दुष्परिणामबाट समेत बचाउन प्राकृतिक चिकित्साले मद्घत गर्दछ । नेपालको प्राकृतिक वातावरण र सौन्दर्यलाई हेर्दा बिदेशी नागरीक हरुलाई लक्ष्य गरेर स्वास्थ प्रयटनको बिकाश गर्न सकेमा देशलाई ठुलो आर्थिक सहयोग समेत हुने देखिन्छ ।
कस्तो जीवन शैली सिकाइन्छ ?
सामान्यतया रोग लाग्नुको कारण भनेको हाम्रो अप्राकृति जिवन शैलि नै हो । हाम्रो जिवन शैलि कस्तो हुदै गयो भने हामिलाई हामिलाई तिर्खा लाग्यो भने पनि भन्दा कोक फेन्टा जस्ता चिसो पेय पदार्थ रोज्ने आफ्नै घरमा बनाएको नास्ता भन्दा होटलको म.म , चाउमिन वा अन्य तयारी प्याकेट बन्द खाने कुराको प्रयोग गर्ने । ताजा फलफुल भन्दा बजारको बिभिन्न रंग र केमिकल प्रयोग गरी बनाइएको अस्वास्थकर मिठाइको प्रयोग गर्ने सामान्य रुधा खोकी वा स्वास्थमा सामान्य समस्था देखा परेमा पनि तुरुन्तै औषधिको प्रयोग गर्ने । प्राकृतिक चिकित्सा स्मारिका सामुदायिक प्राकृतिक चिकित्सालय घठ
यस्ता जिवन शैलि भनेको दिर्ध रोगका कारण बनेका छन् । जस्तै हड्डी खिइने , उच्च रक्तचाप, क्यान्सर आदि । साथमा अनावस्यक लोभ, सुश सयल आरामको लागी एक अर्कामा अस्वास्थकर प्रतिस्पर्दाले तनाव युक्त जिवन जिउन बाध्य बनाएको छ जसले गर्दा तनावको कारणले हुन सक्ने रोग ८० प्रतिशतको संख्या बढ्दो छ जस्तै ः दम,मधुमेह,उच्च रक्तचाप, डिप्रेशन आदी ।
ब्यस्त जीवन जहा शारीरिक परिश्रम नै छैन जति छ मानसिक परिश्रम र तनाव मात्र छ । राति अबेर सम्म टेवलमा काम गर्ने बिहान ढिला गरी उठ्ने र फेरी अफिस जाने, मोबाइल वा इन्टरनेटमा रमाउने तर कुनै योग वा खेलकुदमा सहभागी नहुने कारणले गर्दा मानिस दिर्ध रोगको कारण बन्दै गएका छन् ।
प्राकृतिक चिकित्सालयको बसाइले के खाने, कति खाने, कसरी खाने जस्ता सम्बन्धि सम्पुर्ण कुराको जानकारी दिने गर्दछ । साथमा तनाव मुक्त जिवन कसरि जिउने छोटो समयमा शारीरिक र मानसिक रुपमा कसरी आरा मगर्ने, उमेर समय अनुसार कस्ता ब्यायाम वा योगको अभ्याश कसरी र कुन समयमा गर्ने जस्ता स्वास्थ रहनको लागी अपनाउनुपर्ने अत्यावस्यक जिवन शैलिको कुरा प्राकृतिक चिकित्सालय मा सिकाउने गरिन्छ । त्यसैले यो चिकित्सालय भन्दा पनि जिवन शैलि सिकाउने पाठसाला हो भनेर भन्न सकिन्छ । बिरामी उपचारको लागी चिकित्सालय आउदा जिवन शौली सिकेर गर्दछन् ।
                                       
                                              जय प्रकृति !