यी हुन् मानव मस्तिष्कका अचम्म लाग्ने १० तथ्य !



Human-brain_1१.  मस्तिष्क मानव शरीरको मुख्य स्नायुप्रणालीलाई सुचारु गर्छ । यो स्नायु प्रणाली सञ्चालन गर्ने केन्द्र हो तर यो आफैमा भने स्नायु तन्तु होईन । यसैकारण मस्तिष्क आफ्नो दुखाई नै अनुभव गर्न सक्दैन् ।

२.  पुरा शरीरको दुई प्रतिशत मात्रै तौल भएको मस्तिष्कले शरीर सञ्चालन गर्न चाहिने शक्तिको २० प्रतिशत शक्ति खपत गर्छ ।

३. मस्तिष्कमा हुने स्नायु कोशिकाको संख्या करीव १सय विलियन छ । जुन संसारको जनसंख्या भन्दा करीब १५ गुणा बढी हो ।

४. मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ ( बोसो ) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ ।

५. गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको बृद्धिदर २ लाख ५० हजार प्रति मिनेटका दरले हुन्छ ।

६. मस्तिष्कले काम गर्दा चाहिने शक्तिले करीब २५ वाटको एउटा बल्ब बाल्न काफी हुन्छ ।

७. हरेक मानव मस्तिष्कमा हरेक दिन करीब ७० हजार विचार खेल्छन् ।

८. सन् २०१५ सम्मकै सबैभन्दा उत्कृष्ट सुपर कम्प्युटरले पनि मस्तिष्कले एक सेकेण्डमा गर्ने कामलाई करीब चालिस मिनेट लगाएको बैज्ञानिकहरु बताउछन् ।

९. हरेक चोटी कुनै नयाँ मेमोरी बन्दा स्नायु कोशिकाबीच नयाँ सम्वन्ध बनेको हुन्छ । र यसले हरेक चोटी मस्तिष्कको संरचना परिवर्तन गरिदिन्छ ।

१०. मस्तिष्कको विकास करीब ५० बर्षको उमेरसम्म हुनेगर्छ ।

हिटर प्रयोग गर्दा यी कुराहरुमा ध्यान दिनुहोस् :


१ हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुपर्छ ।
२. हावा पास नहुने ठाउँमा हिटर बाल्नु हुदैन ।
२ मुटु रोगी तथा श्वासप्रश्वासका रोगीले हिटर प्रयोग गर्नु हुँदैन ।

३ लामो समय हिटर प्रयोग गर्दा छालामा समस्या आउने हुदा हिटर नजिक धेरै बस्नु हुदैन ।
४ सुत्ने बेलामा हिटर बालेर सुत्नु हुदैन हिटर कोठामा खुल्लै पारेर कतै हिड्नु पनि हुदैन ।
५ आगोबाट जल्ने कुराहरु र बालबालिकाबाट हिटरलाई टाढै राख्नुहोला ।

#सावधान : झ्याल ढोका बन्द गरी हिटर बालेर सुत्दा अक्सिजन घटेर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअक्साइड जस्ता हानिकारिक तथा विषालु ग्याँस जम्मा हुन्छ र अक्सिजन कमी हुन जान्छ।

करेला खेती लगाउने समय र नर्सरी:



- बेमौसमी खेतिको रूपमा करेला तराईमा मङ्सिर देखि पौस महिनासम्म लगाउन सकिन्छ भने पहाडि भेगमा करेला माघदेखी फाल्गुन महिनासम्म लगाउन सकिन्छ।

- यसका लगि मलिलो माटो २ भाग, कुहिएको कम्पोस्ट मल १ भाग र बालुवा १ भाग मिसाइ मसिनो पारी ३ इन्च चौडा र ५ इन्च लम्बाइ भएको प्लास्टिकको थैलोको माथिल्लो भागमा दुइ-तिन से.मि. खाली राखी भर्नु पर्दछ।

- स्वस्थ बिउलाइ २४ घण्टासम्म मन्तातो पानिमा भिजाउने र बिउलाइ बाक्लो कपडामा पोको पारि न्यानो स्थानमा राखेर उमार प्रतिशतमा ब्रिधि गर्न सकिन्छ।

लाही कीरा व्यवस्थापनका केहि उपायहरु….

….लाही कीरा व्यवस्थापनका केहि उपायहरु….

• पहेंलो स्टिकी पासोको प्रयोग
• १ भाग गाईभैंसीको मुत्रमा ४ भाग पानी हालेर २-३ दिनको फरकमा छर्कने
• १ के.जी. सुर्तिको पात र डाँठलाईइ १५ लिटर पानीमा भिजाउने । भिजाएको २४ घण्टापछी छानेर त्यसमा १ मुठी धुलो साबुन हाली छर्ने
• १ भाग केतुकीको पात थिचेर ५ भाग पानीमा केही समय भिजाएर छर्कने । यो छरेको ४–५ दिनसम्म बाली टिप्नु हुँदैन ।
• सात थोप्ले खपटे किराले लाही खान्छ ।

आलुमा लाग्ने मुख्य किरा र तिनको ब्यवस्थापन:

आलुमा लाग्ने मुख्य किरा र तिनको ब्यवस्थापन:
============================



१) रातो कमिला
आलुमा माटो सहितका मसिना वा ठुला छिद्रहरु देखिन्छन।
रोकथाम:
-गहुत, असुरो, खिर्रो वा चिउरिको प्रयोग गर्ने। ,
-क्लोरिपाइरिफस (०.००४५%) @ १०० मिली लिटर प्रती बोट प्रयोग गर्ने।

२) लाही
लाही किराको वयस्क अनी लार्भा दुवैले आलुको बोटबाट रस चुस्ने गर्दछन। यिनिहरुले आक्रमण गरेको बोट सानो कदको हुन्छ, पातहरु बेरिएको हुन्छ। यिनिहरुले महजस्तो तरल पदार्थ निस्कासन गर्दछन जुन पछी हामीले देख्ने कालो पदार्थमा पारीणत हुन्छ।
रोकथाम:
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने।
-आलुको बोटमा डाइमेथोएट(०।०३%)छर्ने।
३) खुम्रे किरा
यसको प्रकोप खासगरी पहाडी क्षेत्रमा बढी हुन्छ। खुम्रे आलुको जरा अनी बढ्दै गरेको फलमा भर पर्दछ र फलमा ठुलो छिद्र पार्दछ। यो किराको वयस्क आलुको पातमा भर पर्दछ।
रोकथाम:
-बालिचक्र अपनाउने।
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने।
४) फेद कटुवा
यस् किराले आक्रमण गरेको बोटको ढिलो बिकास भई सानो अनी कमजोर रहन्छन। पातहरु पहेलिन्छन, मुर्झाउछन अनी झर्छन।
रोकथाम:
-गर्मी याममा गहिरो गरी खेत जोत्ने।
-बालिचक्र अपनाउने।
-पासो बालिको रुपमा सयपत्रीलाई प्रयोग गर्ने।
५) आलुको पुतली :
पातमा हरियो, सेतो धब्बा, खैरो-डढेको धब्बा, डाठ र आलुमा सुरुङहरु देखिने र आलुका आख्लाबाट खैरो पदार्थ निस्कन्छ।
रोकथाम:
-लक्षण देखिएको पात चुढेर नस्ट गर्ने।
-बत्तिको पासो प्रयोग गर्ने।
-गहिरोमा आलु रोप्ने र उकेरा राम्रोसँग दिने।
-सिन्चाइको राम्रो ब्यवस्था गर्ने।
-नयाँ आलुलाई पुरानो रोग लागेको आलुसँग नमिसाउने।

प्राङ्गारिक वा गोठेमलका मुख्य फाइदाहरु:

प्राङ्गारिक वा गोठेमलका मुख्य फाइदाहरु:

- माटोको भौतिक, रासायनिक र जैबिक गूण सुधार गर्छ।

- आवश्यक सबै खाद्यतत्व लामो समयसम्म पुर्ति हुन्छ।


- प्रयोग गर्न प्राभिधिक ग्यान्को धेरै आवश्यक्ता पर्दैन।

- प्रयोग गर्दा धेरै वा थोरै भएमा खासै फरक पर्दैन।

- स्थानिय स्थानमा नै उत्पादन गर्न सकिन्छ।

बाख्रालाइ यसरी राेग लाग्नै नदिनुहाेस


🐐🐐🐐 बाख्रालाइ यसरी राेग लाग्नै नदिनुहाेस 🐐🐐🐐
---------------------------------------------
बाख्रापालन नेपाली कृषक परिवारमा एक लोकप्रिय पेशा हो ।  बाख्राकाे शरीरमा हुने लाभदायक व्याक्टेरीया बढी भएमा हानिकारक व्याक्टेरीया विरूद्ध लड्न मदत गर्छ र दाना पानी धरै पचाउन मदत गर्छ र अन्तत शरीरलाइ नराेगी बनाउछ ।
प्राेवायाेटिक भनेकाे नै लागभादायक व्याक्टेरीया हाे जाे औषधीकाे माध्यमबाट शरीरभित्र छिराइन्छ ताकी शरीरमा लागभादायक व्याक्टेरीयाकाे संख्या धेरै बनाएर शरीरलाइ निराेगी बनाउछ । यस्ता पशुहरू ले उत्पादन गर्ने दुध मासु जस्ता उत्पादनहरूमा लागदायक पाैष्टिक तत्वहरूकाे मात्रा धेरै हुन्छ । प्राेवायाेटिक नै शरीरलाइ राेग लाग्नै नदिने उपाय हाे ।त्यसैले खुराकमा सुधार ल्याउनक लागि सरकारले दानामा प्रोबायोटिकको प्रयोग गर्न कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।
एनिमल वियाेसा प्रोबायोटिकको रूपमा बाख्रामा प्रयाेग गरीन्छ ।
यसले निम्न फाइदा पुर्याउछः
🐐 बाख्रामा मासुकाे उत्पादन बृद्धि गर्छ ।
🐐 जनावरमा प्रतिराेधात्मक शक्ति बढाइ राेग लाग्नबाट बचाउछ ।
🐐 अन्य औषधि तथा एन्टीवायाेटिकमा लाग्ने खर्च कम गर्न मद्दत गर्छ ।
🐐 छाेटा अवधिमानै आर्थिक प्रतिफल हुन्छ ।
🐐 स्वस्थकर मातृत्वका लागि याे प्रभावकारी छ ।
प्रयाेग गर्ने विधिः
खसी बाेका र माउका लागिः २० मिलि/माउ/दिन
३-४ महिनाका पाठा पाठीका लागिः ६ मिलि/पाठा पाठी/दिन
५-६ महिनाका पाठा पाठीका लागिः ९ मिलि/पाठा पाठी/दिन
७-८ महिनाका पाठा पाठीका लागिः १२ मिलि/पाठा पाठी/दिन
९-१० महिनाका पाठा पाठीका लागिः १५ मिलि/पाठा पाठी/दिन
११-१२ महिनाका पाठा पाठीका लागिः १८ मिलि/पाठा पाठी/दिन
तपाइकाे स्थान कमेन्टमा लेख्नुभयाे भने नजिकैकाे एग्राेभेटकाे जानकारी दिनेछाैँ ।