मधुमेह रोगीले के खान हुने/ के नहुने


खान हुने
    मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ, तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक–पटक खाइरहनुपर्छ ।
    कागती तथा सोडा पानी सेवन गर्नुपर्छ ।
    कालो चिया तथा कफीले मधुमेहको सम्भावना २५ प्रतिशत घटाउँछ ।
 
   काँचै खान मिल्ने खानेकुरा काँक्रा, गाँजर, गोलभेंडा, प्याज, मूला आदि ।
    हरिया सागसब्जीका सुप तथा सामान्य मरमसला प्रयोग गरिएको खानेकुरा ।
    मोही १ गिलाससम्म सेवन गर्न सकिन्छ । यसैगरी जस्मिन चिया तथा हर्बल चिया पनि पिउन सकिन्छ ।

खान नहुने
    धेरै चिल्लो, पिरो तथा मसालेदार खानेकुरा खानु हुँदैन ।
    रातो मासुका साथै कलेजो, मुटु, फोक्सो आदि खानु हुँदैन ।
    पुरी, पकौडा, मालपुवा, सेल, आलुचिप्स, डोनट, पापड तथा तेलमा डुबाएर बनाइएको अचार सेवन गर्नु हुँदैन ।
    चिनी हालेको चिया, कोल्ड ड्रिङस, जुस, चिल्लो कुरा आदि खानु हुँदैन ।
    मादक पदार्थ सेवन गर्नु हुँदैन ।
    बदाम, काजु, नरिवल, किसमिस आदि पनि खानु हुँदैन ।
    हर्लिक्स, भिभा, बोर्न बिटा आदिको सेवन नियन्त्रित गर्नुपर्छ ।
    उच्च रक्तचाप, मुटु तथा मिर्गौलासम्बन्धी समस्या सिर्जना हुन सक्ने भएकाले बढी नुन प्रयोग गर्नु हुँदैन ।


http://bit.ly/2J4qDiE

प्रचण्ड लाई पत्र


कमरेड प्रचण्ड अभिवादन !

तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सदस्य थिएँ । लामाे समय अध्यक्ष नरहँदा मेरै अध्यक्षतामा धेरै वैठकहरू बसेका थिए । वी पी काेइराला मेमेरियल क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने, अङ्काे नर्सिङका स्नातकाेत्तर तहसम्मका कक्षाहरू सञ्चालन गर्ने, अस्पताललाई सुविधासम्पन्न पाँच सय बेडकाे अस्पताल बनाउने, चीन सरकारसँग विशेषज्ञ सेवा लिनेदिने विषयमा कुरा गरि निर्णय गराउन पहल गर्ने, फाेहाेर ब्यवस्थापन सम्बन्धमा विशेष सहयाेग लिने जस्ता महत्वपूर्ण कार्ययाेजनाहरूका सम्बन्धमा मेरै नेतृत्वमा क्यान्सर अस्पताल सञ्चालक समितिले तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई र स्वयम् तपाईं प्रधानमन्त्रीसँग क्यान्सर अस्पतालकाे तर्फबाट छुट्टाछुट्टै छलफल गरेकाे थियाे । प्रधानमन्त्रीका रूपमा तपाईले गर्ने भनिएकाे चीन भ्रमणमा नेपाल सरकारका तर्फबाट निर्णय गरी लैजाने भनी यहाँले भनेबमाेजिमकाे प्रस्ताव हामीले तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव जाे अहिले चीनका लागि नेपाली राजदुत समेत हुनुहुन्छ, लीलामणि पाैडेललाई हस्तान्तरण गरेका थियाैं ।
परिस्थिति एकाएक प्रतिकूल बन्दा प्रधानमन्त्रीकाे पदबाट यहाँले राजिनामा गर्नु भयाे । भ्रमण मात्र राेकिएन बरू अरू धेरै महत्वपूर्ण याेजना र वी पी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे सम्भावित स्तराेन्नतिकाे मूल याेजना पनि अबरूध्द भयाे ।
प्रधानमन्त्री महाेदय, अहिले फेरि इतिहासले एउटा महानतम् अवसर यहाँलाई प्रदान गरेकाे छ । त्यसैगरी जसकाे हातमा हामीले अस्पताल विकाससम्बन्धी बृहत् याेजनाकाे फाइल सुम्पेका थियाै वहाँ नेपाली जनताकाे दूतका रूपमा चीनमा हुनुहुन्छ । याे परिस्थितिमा हुन लागेकाे यहाँकाे चीनभ्रमण सफल हाेस् मेराे शुभकामना ! त्याे क्यान्सर अस्पताल,  जाे यतिवेला विरामीले समेत माया गर्नुपर्ने हसपिसबासी विरामी जस्ताे छ, यसलाई बचाउनु तपाईकाे प्रमुख दायित्व हुनेछ ।
दक्षिण ढल्केकाे अाराेप खेपिरहनु भएकाे नेपाली कम्युनिष्ट अान्दाेलनकाे सर्वाधिक त्याग, तपस्या र वलिदानकाे माध्यमबाट नेपाली जनतालाई सङ्घीय लाेकतान्त्रिक गणतन्त्रका मालिक बनाउने महान् अभियान्का नायक तपाईं प्रचण्ड फेरि एकपटक उत्तर र दक्षिणलाई नेपाली सार्वभाैमिकता, अखण्डता र समृध्दिलाई सर्वथा उचाइमा राखेर सहयाेग गर्ने असल छिमेकी बनाउने महत्वपूर्ण कामका लागि तपाईकाे साहस र सक्रियता अावश्यक छ । देश र जनतालाई सर्वाधिक महत्व दिएर गरिने कामकाे विराेध कतैबाट हाेस् तर यात्रा नराेकियाेस् ।
परिवार र अाफूले जे भनेकाे छ र चाहेकाे छ त्यसलाई हस् मात्र भन्ने निर्जीव हसप्रसादहरूले कामरेड प्रचण्ड र हाम्राे पार्टीकाे साखलाई वाफले जसरी पाेलेकाे छ । यसकाे पनि उपचार खाेज्न अावश्यक छ ।

स्थानीय निर्वाचनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नु पर्छ । केही लाेभीपापीहरूले गीत, कविता, उखान र टुक्का कै भरमा त मान्छेलाई हाे कि त जस्ताे पारेका छन् भने तपाईं त कतिपय कमजाेरी बाहेक याे देशका सबैभन्दा असल र मेहनतकस जनतालाई अधिकारका लागि जीवन हातमा लिएर उठ भनेर हाेइन गरेरै देखाएकाे नेता हुनुहुन्छ । त्यसैले याे चीन भ्रमण स्वतन्त्र र सार्वभाैमसत्ता सम्पन्न नेपाली जनताकाे गर्वगर्न लायक नेताकाे भ्रमणका रूपमा सम्पन्न गर्नुहुनेछ भन्ने अाशा लिएकाे छु ।

तपाईकाे व्यक्तित्व र नेतृत्व सधैं अालाेचकहरूका लागि पनि अालाेचना गर्न नमिल्ने खालकाे बनेकाे देख्न चाहने......
-प्रेम रिमाल; चितवन

(यदि कसैकाे पहुँच भए याे मेराे अनुराेध कमरेड प्रचण्ड समक्ष पुर्याइदिए अाभारी हुने थिएँ । )

(लीलामणि पाैडेललाई पनि याे पुर्याउन पाए हुन्थ्याे क्यारे !)

गजल :- तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?



तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै; कति झुक्नु सँधै
हाम्रो देशमा श्रम गुणगान; कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्
नातावादको समाधान; कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरु; फेरी यूद्ध भन्छन
बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले; धानै नफले'सी !
हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?
कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!
एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यु.ए.इ.)

This poem touched me very much...

धुर्मुस सुन्तलीद्धारा तेश्रो बस्ती निर्माणको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।
गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन  हो, त्यो उपलब्धी हाँसिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’



गजल

स्वदेशमै जीविका गरेकैमा खुसी छु
सुख दुख दुबै छाक टरेकैमा खुसी छु
कमाउने रहर कसलाई पो हुन्न र?
मेहनत गरी घरमा मानो भरेकैमा खुसी छु
बाध्यताले बिदेसिने दाजुभाइको पीडा सुन्दा
परेदेशतिर जाने इच्छा मरेकैमा खुसी छु
ठुलाबडाको कमाउने फोहरी धन्दा देख्दा खेरी
सर्बसधारण नागरिकभित्र परेकैमा खुसी छु
कहिलेकाहीँ पुर्खाको थलो याद आए पनि
पहाडबाट मधेशतिर झरेकैमा खुसी छु

मुकुन्द पौडेल
चितवन

गजल


सबैलाई थाहा छ कि त्यो फुल हो
बारम्बार दोहोरिने     त्यो भुल हो।।

.....
जुनि जुनि,  सगै मर्ने   सगै बाच्ने
पिरतिमा  गरिने    त्यो कबुल हो ।।

.....
नसोच तिमिले आन्धा छैनन कोहि
पाप लाई   मेटाउने  त्यो त्रिशुल हो ।।

.....
कहाँ पाउँछन्  र    सोचेको सबैले
जे जे पायौ कर्मको त्यो अशुल हो।।

.....
बाच्न का लागि   गरिएको यात्रामा
मात्र आँसु र खुशी को त्यो पुल हो।।

प्रकाश आचार्य
चैनपुर-२,चितवन