नेपालको ऐतिहासिक सिरिज जित दौरान बनेका ९ ठुला किर्तिमानहरु



नेपालले गत वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि खेलेको दोश्रो सिरिजमा घरेलु टिम युएईलाई - ले पराजित गर्दै ऐतिहासिक पहिलो सिरिज जित दर्ता गर्यो। खेलमा युएईले पहिले ब्याटिंग गर्दै दिएको २५५ रनको लक्ष्य नेपालले विकेट गुमाएर ४४. ओभरमा पुरा गर्दै विकेटको जित दर्ता गरेको हो।

खेलमा नेपालको जितसंगै थुप्रै रेकर्डहरु बनेका छन् जसमध्ये प्रमुख रेकर्डलाई यस लेखमा समाबेस गरेका छौँ

.पहिलो सिरिज जित 
नेपालले यस भन्दा अघि नेदरल्याण्डसंग गत वर्ष अगस्टमा वटा खेलको सिरिज खेलेको थियो जुन - को बराबरीमा टुंगिएको थियो। दोश्रो एकदिवसीय सिरिज युएईसंग खेल्ने क्रममा जित हात पार्दै नेपालले - अन्तरले ऐतिहासिक पहिलो सिरिज जित दर्ता गरेको हो।

. लक्ष्य पछ्याउदै पहिलो  
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लक्ष्य पछ्याउदै जितको यो पहिलो खेल हो। यस अघि नेपालले जितेको दुवै खेलमा पहिले ब्याटिंग गरेको थियो। नेदरल्याण्डसंग गत वर्ष नेपालले रनले तथा युएईलाई यही सिरिजमा नेपालले १४५ रनले पराजित गरेको थियो।

. सबै भन्दा ठुलो विकेट अन्तरको जित 
लक्ष्य पछ्याउने क्रममा विकेटको जित हात पार्ने साथ यो नेपालको सबैभन्दा ठुलो विकेट अन्तरको जित हो। यस भन्दा अघि नेपालले लक्ष्य पछ्याएर खेल जितेको थिएन।



. पारस खड्काको पहिलो शतकसंगै बनेको थुप्रै किर्तिमान 
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पारस खड्का पहिलो खेलाडी बनेका छन्। यस्तै उनले बनाएको ११५ रन स्वतः नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन हो। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए। पारसले ११५ रन बनाउने क्रममा १५ चौका प्रहार गरे जुन एकै खेलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै चौका हो। यस्तै पारसले शतक प्रहार गर्न ९६ बल लगाएका थिए जुन स्वत सबैभन्दा थोरै बलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।

सर्वाधिक शतक बनाउने नेपाली ब्याट्सम्यान
पारस खड्काले यो संगै नेपालको लागि खेल्ने क्रममा वटा शतक पुरा गरेका छन् जुन नेपाली खेलाडीको सर्वाधिक शतक हो। पारस पछि अनिल मण्डलले वटा शतक प्रहार गरेका छन्। पारसले सन् २०१२ मा कुवेत बिरुद्ध, २०१६ मा नामिबिया बिरुद्ध २०१८ मा युएई बिरुद्ध शतक प्रहार गरेका थिए। नेपालको लागि एकदिवसीय क्रिकेटमा कुल ११ शतक प्रहार भएका छन्। पारसले , अनिल मण्डलले तथा राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, सुबास खकुरेल ज्ञानेन्द्र मल्लले - शतक बनाएका छन्।

. एकदिवसीयमा नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत योगफल 
पारसले बनाएको ११५ रन नेपाली ब्याट्सम्यानले बनाएको संयुक्त सर्वाधिक रन हो। यस भन्दा अघि सन् २०१२ को बिश्व क्रिकेट लिग डिभिजन- मा सुबास खकुरेलले बनाएको ११५ रन यस भन्दा अघि नेपाली ब्याट्सम्यानको सर्वाधिक रन थियो। ज्ञानेन्द्र मल्लले सिंगापुर बिरुद्ध २०१४ को बिश्व क्रिकेट लिग डिभिजन- मा बनाएको ११४ रन दोश्रो सर्वाधिक रन हो भने अनिल मण्डलले डेनमार्क बिरुद्ध सन् २०१२ को डिभिजन- मा ११३ रनको इनिंग खेलेका थिए त्यसपछिको सर्वाधिक हो।

. नेपालको सर्वाधिक योगफल 
युएईसंग नेपालले दोश्रो ब्याटिंग गर्दै बनाएको २५५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक योगफल हो। स्वतः दोश्रो इनिंगमा नेपालले बनाएको सर्वाधिक योगफल हो। यस अघि नेपालले युएईसंग सिरिजको दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै २४२/ को योगफल बनाएको थियो। नेदरल्याण्डसंग गत वर्ष बनाएको २१६ रन तेश्रो ठुलो योगफल हो।

. युएई बिरुद्ध नेपाली ब्याट्सम्यानको सर्वाधिक रन 
गत वर्ष आईसीसी बिश्व क्रिकेट लिग डिभिजन- प्रतियोगिताको फाइनलमा पारस खड्काले शतकीय इनिंग खेल्दै ११२ रन बनाएका थिए जुन युएई बिरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको पहिलो शतक सर्वाधिक रन थियो। पारसले आफ्नो रेकर्ड तोड्ने क्रममा युएईसंग आज ११५ रन बनाएका हुन्। युएई बिरुद्ध नेपालको लागि सबै भन्दा पहिलो अर्धशतक गणेश बहादुर शाहीले सन् २०० को एसीसी ट्रफीमा बनाएका थिए जुन क्रममा ६८ रनको इनिंग खेलेका थिए।

. एकै खेलमा सर्वाधिक चौका 
तेश्रो एकदिवसीयमा नेपाली ब्याट्सम्यानले कुल २६ चौका छक्का प्रहार गरे जुन एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा नेपालले प्रहार गरेको सर्वाधिक चौका हो। यस अघि नेपालले दोश्रो एकदिवसीयमा कुल २१ चौका छक्का प्रहार गरेका थिए। नेपालले नेदरल्याण्डसंग गत वर्ष खेलेको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा पनि २१ नै चौका प्रहार गरेको थियो भने छक्का प्रहार गरेको थियो।


साभार-:wicketNepal.com बाट

कंकाली माविको स्वर्णमहोत्सव माघ १७ मा पूर्वप्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने





खैरहनी नगरपालिका वडा नं. १ मा अवस्थित कंकाली माध्यमिक विद्यालयले ५० वर्ष पार गरी ५१ औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा माघ १७ देखि २५ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी स्वर्णमहोत्सव मनाउन लागेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ढुंगानाले उक्त कुराको जानकारी गराएका हुन् । नौं दिने बृहत कार्यक्रमको उदघाटन पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुदघाटन गर्ने र प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समापन गर्ने कार्यक्रम तय भएको अध्यक्षले जानकारी गराए ।



विभिन्न खेलकुद तथा बौद्धिक कार्यक्रमहरु गर्नुका साथै राष्ट्रियस्तरमा ख्यातिप्राप्त गायक कलाकारहरुको समेत प्रस्तुति रहनेगरी हरेक दिन विविध साँस्कृतिक कार्यक्रमका साथै विगतदेखि हालसम्म सहयोग गर्नेहरुलाई सम्मान गरिने कुरा विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताएका छन् ।
विद्यालयको स्वामित्वमा १४ विघा सम्पत्ति रहेता पनि विद्यालय भवन रहेको ७ कट्ठा बाहेक सबै जग्गा खोला र बगरमा परिणत भएकोले विद्यालयको आर्थिक र भौतिक अवस्था कमजोर रहेको र आर्थिक अवस्था सुदृढ गर्नका लागि देशविदेशमा रहेका पूर्व विद्यार्थीहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी र शिक्षाप्रेमीहरुले आर्थिक सहयोग गरेको कुरा स्वर्णमहोत्सव आर्थिक समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य संघ प्रदेश नं. ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।
स्वर्णमहोत्सव समारोहलाई हर्षोल्लास र मनोरञ्जनपूर्ण रुपमा मनाउनका लागि गायक तथा कलाकारहरु मिलन लामा, भुवन प्यासी, संजय चौधरी, मनोज महतो, जुना डल्लाकोटी, जिबी सुनार, शिशिर तिमिल्सिना, सीता कँडेल, राज श्रेष्ठ, शिशिर बि.क, अमृत बोहरा, पर्सा डान्स सेन्टरका कलाकारका साथै अन्य स्थानीय कलाकारहरु र विद्यालयकै भाईबहिनीहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ ।
स्वर्णमहोत्सव सम्पन्न गर्नका लागि ५०१ जनाको स्वर्ण महोत्सव मूल समारोह समिति एवं २८ ओटा विभिन्न उपसमितिहरु गठन भएको छ । स्वर्णमहोत्सवकै अवसरमा शिखर पोल्ट्री ग्रुपले स्वर्ण प्रवेशद्वार र कंकाली पूर्व विद्यार्थी समाजले स्वर्ण स्तम्भ निर्माण गरेको छ ।

बहुगुण भएको  पुदिनाको बारेमा केही रोचक तथ्यहरु



हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् जानौ पुदिनाको फाईदा स् १०मुहारमा आउने डण्डिफोर खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ २० रुघा ज्वरो खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ
३०पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ४०मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ गिजालाई पनी यो विधिले बलियो पार्दछ ५०रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ६० दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ७०बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ




पुदिनाको अचार सबैलाई मन पर्छ अझ   गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ पुदिनामा औषधीय गुण पाइन्छ यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् पुदिनाका गुण निम्न छन् स्
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् त्यसपछि चिसो पानीले पखाल्नुहोस् केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् सास गन्हाउने समस्या भने एक चम्चा पुदिनाको रस एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ अपच भएर पेट दुखेको भने पदिनाको रसमा अदुवाको रस बिरे नूनको धूलो मिलाएर खानुहोस् पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ प्याज पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस मह मिलाएर खाँदा फाइदा हुन्छ

शेखर अस्तित्वको कबिता


......................

मेरो अगाडि भविष्य छ
तर मलाई त्यो भविष्य संवारने अधिकार छैन
मेरा आँखामा स्वप्नहरु छन्
तर मलाई यि स्वप्नहरु साकार गर्ने अनुमति छैन
अन्यौलको भुमरीमा बाँचिरहेको छ मेरो जीवन

मेरै मनभित्र
सुरक्षित नभएका
मेरा रहरहरु जस्तै
म पनि सुरक्षित छैन
यो संसारमा
यो देशमा
यो गाउँमा
यो समाजमा
आफ्नै डाँडा पाखामा
आफ्नै खेत बारीमा
यहाँ सम्म कि
आफ्नै घर आँगनमा पनि
सुरक्षित छैन म

वासनाको अँध्यारो गहिरो इनारमा
सम्बन्धहरुले हाम्फालेर
सामूहिक आत्महत्या गरिसकेको
यो अभागी समयमा
खेतले आफ्नै बाली खाइरहेका छन्

आफन्तहरुकै गिध्द दृष्टिबाट
आफूलाई जोगाउनुभन्दा त
बरु तिम्रो गर्भमा हुँदा नै
तुहिएको भए
राम्रो हुन्थ्यो कि आमा ?

- शेखर "अस्तित्व"