कन्य च्याउ खेती

कन्ये च्याउ खेती
==========
कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु पर्छ । भौगोलिक दृष्टिकोणले ८००–१४०० मिटर उचाई भएको ठाउ“मा चैत्र महिनादेखि कार्तिक महिनासम्म र सोभन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल हुनेछ । काठमाण्डौं उपत्यकामा यसको खेती फाल्गुणदेखि कार्तिक महिनासम्म गर्न सकिन्छ । तर हाल जाडोमा पनि उम्रने जातको बीउ पाइने भएकोले जाडोमा पनि यसको खेती गर्न सकिन्छ ।

क. आवश्यक सामाग्री

१) ड्रम बा फोसी पोटास

२) प्लाष्टिक बाटा र बाल्टीन

३) भुस्सा काट्ने कैंची
४) मट्टितेल स्टचोभ वा चूलो
५) प्लाष्टिक सिट
६) प्लाष्टिक ब्याग
७) पराल
८) च्याउको बीउ

ख. खेती गर्ने तरीका
कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रो कुन्यू लगाएको पराल हुनु पर्दछ । परालमा हरियोपन भएको खण्डमा ढूसी फैलन गाह्रो पर्दछ । आपूmलाई चाहिने जति राम्रो पराल जोखिसकेपछि करिब २–३ इन्च लामो टुक्रा पार्नु पर्छ । यो पराल टुक्रा पार्नको लागि भुस्सा काट्ने कैंची (चुलेसी) प्रयोग गर्न सकिन्छ । टुक्रा पारेको पराललाई कमसेकम दुई घण्टासम्म सफा पानीमा भिजाउनुपर्छ अर्थात रातभरी भिजाए पनि हुन्छ । भिजाइसकेको पराललाई ठूलो बाटा वा भा“डोमा सफा पानी राखी राम्रोसंग पखाल्नु पर्दछ । पखाल्दा पखाल्दै पानी धमिलो भने भने फेरि सफा पानी फेर्नु पर्दछ । यसरी पखालिसकेपछि परालको पानी तर्कन दिन २–४ घण्टा राख्नु पर्दछ । परालबाट पानी तर्काउनको लागि १ मिटरमा काठको फ्रेम राखेर बनाई त्यो जाली भुईबाट उठाई भुईमा नछुने गरी राख्नु पर्छ त्यस माथि भिजेको पराल राख्दा पानी चा“डै तर्किन्छ । पानी तर्काइसकेको पराललाई हत्केलामा एकमुठ्ठी लिई थिचेर हेर्दा यदि पानीका थोपाहरु ननिस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनि यकीन गर्न सकिन्छ यदि पानीको थोपाहरु धेरै निस्केको देखियो भने त्यसलाई अरु १–२ घण्टा पानी तर्काउन राख्नु पर्छ ।

ग. पराल बफाउने तरीका
पराल बफाउनेको लागि ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ । ड्रममा तल पट्टि ६ इन्चसम्म पानी राखी त्यसमा ३–४ वटा इ“ट्टा ठड्याएर राख्ने । अनि त्यसको माथि जाली अथवा प्वाल प्वाल परेको चक्का राख्नुपर्छ । अनि मात्र परालले ड्रम भर्नुपर्दछ । ड्रमको मुखमा प्लाष्टिकले राम्रोसंग छोपेर डोरीले बा“ध्नुपर्छ । ड्रमको माथिबाट वाफ आउन थाले पछि कम से कम आधा घण्टा (३०मिनेट) सम्म पराललाई बफाउनु पर्दछ । यसरी बफाउ“दा परालमा भएका हानिकारक कीरा र जीवाणुहरु नष्ट हुन्छन् । बफाएको पराललाई चिसो नहु“दै प्लाष्टिकको धोक्रामा वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ ।

घ. रोप्ने तरीका
कन्ये च्याउ रोप्नको लागि प्लाष्टिकको १२”ह२६” अथवा १६”ह२६” (इन्च) साइजको थैला लिनु पर्छ । च्याउको बीउ प्लाष्टिकको थैलामा रोप्दा एक तह पराल, एक तह बीउ राख्दै हातले बेसरी थिच्दै जानु पर्दछ वा बीउ र पराल मिसाएर थैला भरेको खण्डमा पनि राम्रै हुन्छ । थैला भरिसकेपछि यसको मुख सुत्तलीको धागोले बा“ध्नु पर्दछ । यसमा ४ औंलाको फरकमा प्वाल पार्नुपर्दछ । साथै प्वालहरु पूरा खोलेको हुनुपर्दछ । अर्काे तरीका, बीउ रोपेपछि चक्कुले ठाउ ठाउमा क्रस अथवा घर्साे गरी काटन पनि सकिन्छ । यो बीउ रोपेको पोकालाई अ“ध्यारो कोठामा ३ हप्तासम्म राख्नु पर्दछ । यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेल्सस हुनुपर्छ । ३ हप्ताभित्र च्याउको ढूसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा ¥याकमा राख्नुपर्दछ । भुईमा राख्दा इ“टा वा काठको फल्याक तलतिर राखी एक एक वित्ता फरक गरी लाइनमा राख्नुपर्दछ ।

दिनको २–३ पटक सम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ । पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सस हुनुपर्छ । सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको ठीक ४–५ दिनपछि साना साना कनिका जस्तो च्याउहरु देखापर्छ । यसको ३–४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको संचालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोली उज्यालो पार्नु पर्दछ यसरी एक पटक च्याउ टिपेपछि अर्काे ७–१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यति बेला अर्काे च्याउ आउ“छ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ । त्यस्तै गरी अर्काे १० दिन पछि तेश्रो पटक च्याउ टिप्न सकिन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्नु फाइदाजनक हुन्छ । ओष्ट्राटस जातको कन्ये च्याउ झुप्पा झुप्पा गरेर एक पछि अर्काे गर्दै लगातार आइरहन्छ । च्याउ आउने अवधि ३५ दिनदेखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा एक के.जी. परालबाट सालाखाला ५००–६०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसंग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुनेछ । कहिले का“ही १०० प्रतिशत नै उत्पादन आउ“छ ।

ङ खेती गर्दा आइपर्ने समस्या र त्यसको समाधान
१. च्याउ खेती गर्दा बेला बेलामा मसिनो झिंगा, सुलसुले, कालोकीरा आदि लाग्न सक्छ । ती कीराहरु लागेमा नुभान औषधी एक लिटर पानीमा एक देखि आधा मिलिलिटर राखेर छर्कनुपर्दछ । तर च्याउ आइरहेको बेलामा भने छर्कनु हु“दैन, छर्केको खण्डमा च्याउ खुम्चेर गई उत्पादन कम हुनेछ ।
२. च्याउको पोकामा कहिलेका“ही जंगली च्याउ (कालो खालको आउन सक्छ । जंगली च्याउ पहिचान गरी आउना साथै टिपेर फाल्नुपर्छ ।
३. कुनैकुनै परालको पोकामा सेतो ढूसी नआइन, कालो, निलो, हरियो ढूसी आउन सक्छ । यस्तो आएको पोका त्यहा“बाट
हटाई माटोमा गाडि दिनुपर्छ ।
४. कोठामा हावाको संचालन राम्रो नभएमा च्याउको डा“ठमात्र लामो भएर आउ“छ ।

च. सुकाउने प्रविधि
कन्ये च्याउ सुकाएर पनि राख्न पनि सकिन्छ । च्याउलाई यसरी सुकाए राम्रो हुन्छ ।
१. च्याउ टिपेर सफा धागोमा माला गा“सेर कोठाभित्र सुकाउनु पर्छ । च्याउ सुकाउ“दा कोठाको पश्चिमपट्टिको झ्याल खुल्ला राखी कोठामा राम्रो हावा संचालन गराउनु पर्दछ ।
२. च्याउ घाममा सुकाउनु हु“दैन किनकि घामले च्याउको रंग र गन्ध हराउ“छ । तर सोलार ड्राएरमा सुकाउ“दा भने राम्रो हुन्छ ।
३. यसरी सुकाएको च्याउ खेती तातो पानीमा १० मिनेट भिजाई राख्नुपर्छ र त्यसपछि मात्र पकाउनुपर्छ ।

बाख्रामा पेट फुल्ने समस्या

….बाख्रामा पेट फूल्ने समस्या….

पशुलाई धेरै प्रोटिनयुक्त ताजा कोसेघासँहरु जस्तै- क्लोभर, बर्सीम , आदी खवुाउँदा पेट फुल्न सक्ने भएकाले त्यस्ता घाँसहरु ओइलाएर मात्र खवुाउनु पर्दछ। पशुहरुलाई बिहानीको शीत ओभाईसकेपछी मात्र चराउन लैजानु पर्दछ ।
घाँस खाएर बान्ता गर्ने, छेरौटी लाग्ने र पेट फुल्ने समस्याको समयमा उपचार नभएमा पशु मर्न सक्छ । २–५ चिया चम्चा म्याग्नेसियम सल्फेट ३०० मि.लि. पानीमा मिसाई प्रति बयस्क बाख्रालाई खुवाउन सकिन्छ । विष हटाउने औषधी (एण्टिडोट) सुई दिएर उपचार गर्न सकिन्छ ।


सिर्जना जातको गोलभेंडा बारे जानकारी

सिर्जना जातको गोलभेंडा बारे जानकारी
==========================
------------------------------------------------
सिर्जना जातको गोलभेंडाको पोथी लाइन (HRD 1)तथा भाले लाइन (HRD 17) भारतबाट ल्याई केही वर्ष पहिले छनोट गरिएको थियो ।प्रति रोपनी फल उत्पादनः ५ देखि ५.५ मे. टन हुन्छ।

#बिरुवा_रोप्ने_समय
तराईमाः भदौ देखि पुससम्म (खुला खेतबारीमा)

मध्य पहाडमाः फागुन, चैत (खुला खेतबारीमा)

मध्य पहाडमा (बेमौसमी खेती) असार, साउन (प्लास्टिक घरभित्र)

डाथ र फल गवारो (brinjal shoot and fruit borer)

डाथ र फल गवारो (brinjal shoot and fruit borer) ) :

हानि गर्ने किराको अवस्था: लाभ्रे

बस्ने ठाउ: कलिलो डाथ र फल

किराको परिचय: गाढा खैरो दागहरु भएको फिक्का गुलाबि रङको लाभ्रे
 
रोकथामका उपायहरु: किरा देखिनासाथ मलाथिअन ५० इ.सी. प्रतिलिटर पानीमा १ मि ली को झोलको प्रयोग गर्ने।

के हो कोलेस्ट्रोल ?

विशेषगरी रगतमा पाइने बोसोलाई काेलेस्ट्रोल भनिन्छ। कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ। तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा बढी हुन्छ। यस्तो भएमा शरीरमा नकारात्मक असर पुग्छ।

शरीरमा अनावश्यक काेलेस्ट्राेल जम्मा हुन नदिन यी उपाय अपनाउनु पर्छ–

नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ।

शरीरमा भिटामिन डीको कमी भई कोलेस्ट्रोलको मात्रा बढ्छ। तसर्थ, सकेसम्म दिनमा एकपटक घाममा बस्नुपर्छ।

चिल्लो, भुटेको, तारेका खानेकुरा खानुहुँदैन। फास्टफुड पनि नखाएकै बेस। किनकि, यस्ता खाद्यपदार्थले शरीरमा अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छन् ।

सकेसम्म शाकाहारी भोजन गर्नु लाभदायक हुन्छ। ताजा तरकारी र मौसमी फलफूल खानुपर्छ। स्याचुरेटेड फ्याट बढी मात्रामा पाइने माछा, मासु, अन्डाको भित्री भाग कम खानुपर्छ।

धूमपान र मद्यपानजस्ता कुलतबाट टाढा रहनुपर्छ।

गजल



तिमीले छिद्रा नपारेको भए निष्ठुरी बनेर।
यो बाँस बज्ने थिएन अाज मुरली बनेर।

छातीभरि बालुवा  थुपारेर फर्किएछन्,
जो अाएका थिए बगाउँछु भन्दै बाढी बनेर।

तिम्रो हेराइले लाग्यो -केही त  छ मभित्र,
अाफैलाई हेर्ने मन भयो एकपटक तिमी बनेर।

तिमी अाए थ्यौ मुहारमा पिम्पल अाएजस्तो,
बेइमान सम्झना अाइदियो जुँगारेखी बनेर।

कोसेलीमा जरुर जून तारा त ल्याउनु भयो ,
दिन हुनुहुन्थ्यो तर अाउनुभयो राति बनेर।

© कृष्णप्रसाद अर्याल

प्रदिप दाइ यो गजल हो कि आगो🔥🔥??



प्रदिप दाइको यो गजल हो कि आगो🔥🔥??

काख रित्तिएकी आमा रोइरहन्छिन पिर लिएर!
सरकार सालिक खोज्दै हिँड्छ अबिर लिएर!

सिँढी छेउमा बा भोको पेट छाम्दै बसिरहेछन्,
छोरो त्यही बाटो मन्दिर छिर्यो खिर लिएर!

फर्किँदा दुष्मनको पाइजामा बोकेर आयो,
जाने बेलामा आउँछु भन्थ्यो काटेको शिर लिएर

मेरै प्रेमिका लिएर मुस्कुराउँदै हिँडेको ,
रुँदै हिँडेको छु उनको पुरानो तस्बिर लिएर!

अरुको कृपामा बाँच्नुपरेको छैन तिमीले झैँ,
कमसेकम बाँचेको छु आफ्नै तक्दिर लिएर!


प्रदीप रोदन