काउलीका उन्नत जातहरु:

--------------------------
अगाैटे जातहरु:

* पुसा दिपाली ( सर्लाही दिपाली ) : यो अगाैटो जात हो । फूल ५०० ग्राम देखि १ के. जी. सम्म हुन्छ । ६०-७० दिनमा तयार हु्न्छ ।
* पुसा कार्तिकी : यो पनि अगाैटे जात हो र ५५-६० दिनमा तयार हुन्छ।
* सिल्भर कप ६०, ह्वाइट फलस, स्नो किङ्ग, स्नो क्वीन, रमी - अगाैट, मिल्की वे, ट्रपिकल ४५, हिमलता


मध्यम जातहरु:

* काठमाण्डाै स्थानीय : यो मध्य माैसमी जात हो, वेर्ना सारेको १०० देखि ११० दिनमा तयार हुन्छ। फूलको ताैल सालाखला ३-४ के.जी. सम्म हुन्छ ।
* स्नो क्राउन

पछाैटे जातहरु:

* स्नोवल १६ ( डोल्पा स्नोवल ) : यो पछाैटे जात हो । १००-१२० दिनमा वाली तयार हुन्छ।
* किवो जायन्ट : यो पनि पछाैटे हो । १३०-१६० दिनमा वाली तयार हुन्छ ।

के हो मोरिंगा भनेको

मोरिंगा
=======
यसलाई नेपालको पहाडी क्षेत्रमा शितलचीनि र तराइमा सोहिजन भनेर चिनिन्छ भने अंग्रजीमा moringa, horseradish tree, drumstick भनिन्छ । यो मोरिङ्गगेसि परिवार भित्र पर्ने विरुवा हो भने यस्को वानस्पतिक नाम मोरिंगा ओलिफेरा हो । यस्को विरुवा एउटा काण्ड भएको तर हाँगाहरु तलतिर झुकेका हुन्छन् । सवैभन्दा राम्रो पहिचना त यस्को रुद्राक्षको जस्तो लामो कोशा फल लाग्दछ । त्यसैले त यसलाई ड्रम बजाउने लठी जस्तो कोशा भएको विरुवा भनिएको होला । यो कमलो प्रकृतिको छिटो वढ्ने इपिल इपिलको जस्तो पात भएको तर जरा टाढा टाढा सम्म फैलिने र १ मिटर जति अग्लो भएपछि मुलस्तम्भवाट हाँगा पलाउन थाल्दछ । यस्को अनारको जस्तै हिउदमा ९० प्रतिशत सम्म पात झर्दछ । प्राकृतिक रुपमा हुर्किएको विरुवा १५–२० फिट सम्म अग्लो र हाँगाहरु १० मिटर परसम्म फैलिएका हुन्छन् । व्यवसायिक रुपमा खेति गर्दा भने विरुवाको काँटछाट गरेर १–२ मिटर उचाई मात्र राख्ने गरिन्छ । ऐतिहासिक लिखतलाई अध्ययन गर्दा यस्को वहुउपयोगिताको महत्वलाई मध्यनजर गर्दै यस्को खेति भारतिय उपमहाद्धिपमा परापुर्वकाल देखि गरिदै आएको तथ्यपुर्ण प्रमाणहरु पाइन्छ ।

#हावापानी
यो विरुवा ताप तथा सूर्य मन पराउने(कगल बलम जभबत – यिखष्लन उबिलत ) र हिउ तथा वरफ पर्ने अवस्था सहन सक्दैन । यस्को खेति गर्मि किसीमको हावापानी र सुख्खा क्षेत्रमा( मचथ चभनष्यल) सफलता गर्न सकिन्छ । सामुनिपातिक वितरण भएको ५००—१००० मि.मि.वर्षा हुने क्षेत्रमा यस्को खेति राम्रोसंग फष्टाउछ ।

#माटो
यस्को खेति सवै प्रकारको रुख्खो सुख्खो माटोमा गर्न सकिने भएता पनि निकासयुक्त दोमट माटो मचबष्लबदभि मचथ, कबलमथ यच कष्ति कयष् ि मा विरुवाको वृद्धि विकास राम्रो हुने गर्दछ ।

#उन्नत_जात
१. जाफना:- यो भारतको तमेलनाडु क्षेत्रमा मुख्य रुपले खेति गरिन्छ । यस्को कोशाहरु ६०— ९० से.मि. लामो, नरम, स्वादिलो गुदि हुन्छ । यो प्रजाति श्रीलंकावाट भित्रीएको अनुमान गरिन्छ ।
२. चेम्मुरुंगाई :- फलको टुप्पो रातो भएको, फूल वर्षभरी लाग्दछ र उत्पादन अन्य जातको भन्दा वढि हुन्छ ।

गाजर खेति


==========
गाजरमा अल्फा र विटा क्यारोटिन (Alpha and Beta Carotene) भिटामिन "ए" बन्ने कच्चा पदार्थ प्रचुर मात्रामा पाईन्छ ।गाजर तराई तथा मध्य पहाडमा भदौ महिना देखि पुष महिना सम्म र पहाड तथा उच्च पहाडमा युरोपियन जातहरु फागुनको तेश्रो हप्ता देखि साउनको पहिलो पक्ष सम्म रोपिन्छ ।गाजरलाई गहिरो, खुकुलो र दोमट माटो राम्रो हुन्छ ।पूर्बिय जात (जापानिज, कोरियन) तराईमा राम्रो हुन्छ भने पश्चिमी जातहरु पहाडी तथा उच्च पहाडी भागमा राम्रो हुन्छ ।नेपालमा उपल्बध गाजरका जातहरु :-

न्यूकुरोडा
नान्टिस फोर्टो
कुरोदा मार्क
नेपा ड्रिम
सिग्मा
न्यू करोदा

फलफुल ,तरकारीमा हुने बिषादीको अवशेष बाट एसरी बचौं!!

फलफुल ,तरकारीमा हुने बिषादीको अवशेष बाट एसरी बचौं!!
--------------------------
✔️बिषादी पूर्ण तरकारी ,फलफुललाई पानीमा १५ मिनट भिजाउने
✔️तरकारीलाई उच्च तापक्रममा पकाउने
✔️दुइ थोपा पोटासियम पर्मग्नेट लाई पानीमा मिसाई तरकारी र फलफुल डुबाउने
✔️तरकारी , फलफुल आदि लाई प्राकृत बगेको पानीमा १० मिनट डुबाउने
✔️बिषादी भएको तरकारी तथा फलफुलको बोक्रालाई तासेर खाने

****जनहितमा जारी!!! सक्दो share गरिदिनु होला!!! धन्यवाद!!***

जाडो मौसममा बिरामीले यी ६ कुरामा ख्याल गरौं

जाडो मौसममा बिरामीले यी ६ कुरामा ख्याल गरौं


१. चिसोबाट हुने छातीको संक्रमण

चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ। छातीका रोग दम, सिओपिडी, क्षयरोग आदिमा नियमित औषधि सेवन गरिरहेका बिरामीलाई चिसोले थप संक्रमण गर्न सक्छ। त्यसैले यस्ता बिरामीले चिसोमा सकेसम्म आफूलाई न्यानो बनाउने, सानो समस्यालाई पनि समयमै उपचार गराउने गर्नुपर्छ।

२. चिसो मौसममा हुने नाक, कान र घाँटीका समस्या

चिसोमा प्रायः माथिल्लो श्वासप्रश्वासको संक्रमण (एक्युट टन्सिलाइटिस, एक्युट फ्यारेन्जाइटिस) र कानमा (एएसओएम) को समस्या देखिन्छ। चिसो मौसममा आफूलाई सकेसम्म न्यानो राख्ने र सानो समस्यालाई पनि चिकित्सकको सल्लाह बमोजिम उपचार गराउन सके यी स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ।

३. जाडो मौसममा देखिने जोर्नीका समस्या

जाडो मौसममा जोर्नी दुख्ने; फुल्ने; सुन्निने समस्या प्रसस्त देखिन्छ। जोर्नी सम्बन्धी दीर्घरोग (जोर्नी खिइने अर्थात् ओस्टियोआर्थराइटिस र जोर्नी सुन्निने समस्या रिउमाटोइड आर्थराइटिस) भएका बिरामीले जाडोमा विशेष ध्यान दिनुपर्ने हुन्छ। चिसो मौसममा न्यानो गरी बस्न नसके जोर्नीको दुखाइ बढ्ने गर्छ।

४. चिसोमा मुटु सम्बन्धी रोग

प्रायः चिसो मौसममा मानव शरीरका धमनीहरु खुम्चिने प्रक्रियामा हुन्छन्। त्यसो हुँदा रगतनली साघुँरो हुने, रगत प्रर्याप्त मात्रामा शरीरका अंगमा नपुग्ने अवस्था आउन सक्छ। त्यसैले चिसो मौसममा गर्मीमा भन्दा उच्च रक्तचाप, रक्तस्राव, हृदयघातका बिरामीको संख्या बढ्ने गर्छ। त्यसैले जाडो याममा बिहान हिँड्नु लाभदायक नहुन सक्छ। मुटु सम्बन्धी रोग लागेका र उच्च जोखिममा रहेका बिरामीले नियमित जाँच गर्ने बानी बसाल्ने हो भने चिसोमा हुने मुटु सम्बन्धी रोगबाट बच्न सकिन्छ।

५. पिसाब अनि मिर्गौला सम्बन्धी समस्या

चिसोमा प्रायः मानिस कम पानी पिउने गर्छ्न्। कम पानी पिउने बानीले पिसाबमा संक्रमण हुने, पत्थरी हुने र मिर्गौला खराब हुन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले चिसो मौसममा पनि पानी पिउने बानी बसाल्नुपर्छ।

६. छाला सम्बन्धी समस्या

चिसोमा छाला सुक्खा हुने, फुट्ने समस्या देखिन्छ। छालालाई नरम बनाइराख्न छालामा विभिन्न मोस्चराइजिङ क्रिम प्रयोग गर्न सकिन्छ।

(डा भुसाल चितवनस्थित ओम साइराम अस्पतालमा कार्यरत छन्।)

किन आउँछ नकारात्मक सोच, कसरी हटाउने?

किन आउँछ नकारात्मक सोच, कसरी हटाउने?
प्राडा. सुदर्शन नरसिंह प्रधान

नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ। नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन्। नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ।

नकारात्मक सोचका लक्षण 
मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, जीवन व्यर्थ लाग्ने व्यक्तिलाई डिप्रेसन निम्तिने गर्छ। अरुले के भन्लान्, मेरो कुरा काट्दै छन् कि भनेर शंका गर्ने, मलाई मार्ने षड्यन्त्र रचेका छन् कि भन्ने शंका गर्ने नकारात्मक सोचाइ हुन्। यस्ता सोचाइले मान्छेलाई हिंस्रक बनाउँछ।

धेरै घमण्ड गर्ने, मभन्दा ठूलो कोही छैन भन्ने नकारात्मक सोचका कारणले गर्दा नै हुने हो। यस्तो समस्या बढ्दै गएपछि बाइपोलार डिसअर्डर भन्ने मानसिक समस्या देखापर्छ। यस्तो समस्या भएको व्यक्तिले समाजमा नपच्ने, नमिल्दो व्यवहार देखाउने गर्छन्।

एक पटक नकारात्मक सोचाइ आयो भने त्यसलाई मनबाट निकाल्न निकै गाह्रो हुन्छ। यदि बेलैमा मनलाई नियन्त्रण गर्न सकिएन भने नकारात्मक सोच बढ्दै जान्छ।

कसरी आउँछ नकारात्मक सोच
नकारात्मक सोच आउनुको मुख्य कारण मानिस कस्तो वातावरणमा हुर्केको छ, त्यसमा भर पर्छ। मानसिक विकास हुने क्रममा बच्चाको मनमा नकारात्मक सोचमात्र परेको छ भने त्यो मानिसलाई जीवनभरि नै नकारात्मक सोचले दुःख दिन्छ।
– बच्चा हुर्काउने बेलामा यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन भनेर रोकतोक गर्दा पनि बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– बाबुआमामा नकारात्मक सोचाइ छ भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।
– बच्चालाई तर्साएर राख्दा बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– यसले केही गर्न सक्दैन भनेर अगाडि बढ्न नदिँदा पनि बच्चाको आत्मविश्वास कम हँुँदैजान्छ र नकारात्मक सोचको विकास हुन्छ। 
– शारीरीक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबढीले नकारात्मक सोच आउने गर्छ।
– नकारात्मक सोचले गर्दा आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश  हुने जस्ता लक्षण देखिन्छन्।

नकारात्मक सोच कसरी हटाउने
नकारात्मक भावनाको विकास हुनुमा अरूलाई दोष दिनुभन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ। सकारात्मक सोचले केही गर्ने ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले जीवनमा निराशा प्रदान गर्नुका साथै असफलता निम्त्याउँछ र जीवनमा आउने ऊर्जालाई नष्ट गरिदिन्छ।

बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान गर्ने, शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने गर्नाले विस्तारै नकारात्मक सोचाइ हट्दै जान्छ। 
आफूलाई जुन कुराले चिन्तित बनाएको छ, त्यो कुरा साथीभाइसँग भन्नाले मन हलुका हुन्छ र विस्तारै नकारात्मक सोच हट्दै जान्छ।
(मानसिक रोग विशेषज्ञ प्रधान साइक्याट्रिक सोसोसिएसन नेपालका अध्यक्ष हुन्)

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा:-



१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।

३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।

८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

१०. बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ।