कंकाली माविको स्वर्णमहोत्सव माघ १७ मा पूर्वप्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने





खैरहनी नगरपालिका वडा नं. १ मा अवस्थित कंकाली माध्यमिक विद्यालयले ५० वर्ष पार गरी ५१ औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा माघ १७ देखि २५ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी स्वर्णमहोत्सव मनाउन लागेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ढुंगानाले उक्त कुराको जानकारी गराएका हुन् । नौं दिने बृहत कार्यक्रमको उदघाटन पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुदघाटन गर्ने र प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समापन गर्ने कार्यक्रम तय भएको अध्यक्षले जानकारी गराए ।



विभिन्न खेलकुद तथा बौद्धिक कार्यक्रमहरु गर्नुका साथै राष्ट्रियस्तरमा ख्यातिप्राप्त गायक कलाकारहरुको समेत प्रस्तुति रहनेगरी हरेक दिन विविध साँस्कृतिक कार्यक्रमका साथै विगतदेखि हालसम्म सहयोग गर्नेहरुलाई सम्मान गरिने कुरा विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताएका छन् ।
विद्यालयको स्वामित्वमा १४ विघा सम्पत्ति रहेता पनि विद्यालय भवन रहेको ७ कट्ठा बाहेक सबै जग्गा खोला र बगरमा परिणत भएकोले विद्यालयको आर्थिक र भौतिक अवस्था कमजोर रहेको र आर्थिक अवस्था सुदृढ गर्नका लागि देशविदेशमा रहेका पूर्व विद्यार्थीहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी र शिक्षाप्रेमीहरुले आर्थिक सहयोग गरेको कुरा स्वर्णमहोत्सव आर्थिक समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य संघ प्रदेश नं. ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।
स्वर्णमहोत्सव समारोहलाई हर्षोल्लास र मनोरञ्जनपूर्ण रुपमा मनाउनका लागि गायक तथा कलाकारहरु मिलन लामा, भुवन प्यासी, संजय चौधरी, मनोज महतो, जुना डल्लाकोटी, जिबी सुनार, शिशिर तिमिल्सिना, सीता कँडेल, राज श्रेष्ठ, शिशिर बि.क, अमृत बोहरा, पर्सा डान्स सेन्टरका कलाकारका साथै अन्य स्थानीय कलाकारहरु र विद्यालयकै भाईबहिनीहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ ।
स्वर्णमहोत्सव सम्पन्न गर्नका लागि ५०१ जनाको स्वर्ण महोत्सव मूल समारोह समिति एवं २८ ओटा विभिन्न उपसमितिहरु गठन भएको छ । स्वर्णमहोत्सवकै अवसरमा शिखर पोल्ट्री ग्रुपले स्वर्ण प्रवेशद्वार र कंकाली पूर्व विद्यार्थी समाजले स्वर्ण स्तम्भ निर्माण गरेको छ ।

बहुगुण भएको  पुदिनाको बारेमा केही रोचक तथ्यहरु



हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् जानौ पुदिनाको फाईदा स् १०मुहारमा आउने डण्डिफोर खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ २० रुघा ज्वरो खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ
३०पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ४०मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ गिजालाई पनी यो विधिले बलियो पार्दछ ५०रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ६० दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ७०बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ




पुदिनाको अचार सबैलाई मन पर्छ अझ   गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ पुदिनामा औषधीय गुण पाइन्छ यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् पुदिनाका गुण निम्न छन् स्
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् त्यसपछि चिसो पानीले पखाल्नुहोस् केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् सास गन्हाउने समस्या भने एक चम्चा पुदिनाको रस एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ अपच भएर पेट दुखेको भने पदिनाको रसमा अदुवाको रस बिरे नूनको धूलो मिलाएर खानुहोस् पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ प्याज पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस मह मिलाएर खाँदा फाइदा हुन्छ

शेखर अस्तित्वको कबिता


......................

मेरो अगाडि भविष्य छ
तर मलाई त्यो भविष्य संवारने अधिकार छैन
मेरा आँखामा स्वप्नहरु छन्
तर मलाई यि स्वप्नहरु साकार गर्ने अनुमति छैन
अन्यौलको भुमरीमा बाँचिरहेको छ मेरो जीवन

मेरै मनभित्र
सुरक्षित नभएका
मेरा रहरहरु जस्तै
म पनि सुरक्षित छैन
यो संसारमा
यो देशमा
यो गाउँमा
यो समाजमा
आफ्नै डाँडा पाखामा
आफ्नै खेत बारीमा
यहाँ सम्म कि
आफ्नै घर आँगनमा पनि
सुरक्षित छैन म

वासनाको अँध्यारो गहिरो इनारमा
सम्बन्धहरुले हाम्फालेर
सामूहिक आत्महत्या गरिसकेको
यो अभागी समयमा
खेतले आफ्नै बाली खाइरहेका छन्

आफन्तहरुकै गिध्द दृष्टिबाट
आफूलाई जोगाउनुभन्दा त
बरु तिम्रो गर्भमा हुँदा नै
तुहिएको भए
राम्रो हुन्थ्यो कि आमा ?

- शेखर "अस्तित्व"

चुनौतीको चाङमा एप्पल



हालै प्रकाशित प्रतिवेदनअनुसार एप्पलको बिक्री चीनसहित हङकङ, ताइवानमा २५ प्रतिशतले घटेको उपभोक्तामा आइफोनप्रतिको क्रेज घट्दो अवस्थामा भारत इन्डोनेसियामा पनि यस्तै भइरहेको  
नयाँ कम्पनीमा ठूला कम्पनीले अनुसन्धान नगर्नु भविष्यमा त्यसमा आधारित हुने उत्पादन वा सेवा महँगो हुनु पनि हो किनकि उनीहरु अरुको प्रविधिमा निर्भर रहनुपर्छ
आइफोन निर्माण गरेको श्रेय स्टिभ जब्सलाई जान्छ यसको बजार चीनलाई बनाएको श्रेय भने अहिलेका कार्यकारी टिम कुकलाई जान्छ केही महिनाअघि मात्रै १० खर्ब अमेरिकी डलरको संसारको पहिलो पब्लिक कम्पनी बनेको एप्पलको नेतृत्व गरेका कुकसामु नयाँ चुनौतीहरू थपिएका छन्
हालै प्रकाशित एप्पलको प्रतिवेदनअनुसार एप्पलको बिक्री चीनसहित हङकङ ताइवानमा २५ प्रतिशतले घटेको कम्पनीले आधाजसो आम्दानी चीनबाटै गर्ने भएकाले उसका लागि यो खबर चिन्ताको विषय हो पछिल्ला तीन महिनामा कम्पनीको बिक्री घटेको मात्रै होइन, त्यहाँका उपभोक्तामा आइफोनप्रतिको क्रेज घट्दो अवस्थामा   भारत इन्डोनेसियामा पनि यस्तै भइरहेको

उपभोक्ताहरू आइफोनको मोह त्यागेर साओमी, हुवावेजस्ता ब्रान्डका सस्ता फोनतर्फ आकर्षित भइरहेका छन् आफ्नो मुख्य आम्दानी हुने क्षेत्रमै बिक्री घट्नु कम्पनीका लागि दु:खद खबर हो यस्तो अवस्थामा एप्पलले आफ्नो देशको सरकारबाट सहानुभूति पाउनुपर्ने हो तर उसले सहानुभूतिको साटो सरकारको नीतिका कारण झन् अप्ठेरो बेहोर्नुपरेको जस्तो : सन् २०१८ अमेरिका चीन एकअर्काको देशबाट आफ्नो देश भित्रिने सामानको भन्सार बढाउनतिर लागे यसलाई धेरैले दुई देशबीचको व्यापार युद्ध भनेका छन्

अमेरिकी निर्देशनमा अघिल्लो महिनामात्रै हुवावेकी उपाध्यक्ष क्यानडामा पक्राउ परिन्, जसका कारण पनि एप्पललाई ठूलै झन्झट आइलागेको किनकि सबैभन्दा बढी आइफोन बिक्री हुने चिनियाँ बजारमा राष्ट्रवादबढ्दो धेरै कम्पनीले आफ्ना कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएर स्वदेशी ब्रान्डकै फोन खरिदमा प्रोत्साहन गरिरहेका छन्


केही महिनाअघि पुराना ब्याट्रीमार्फत एप्पलले पुराना आइफोन स्लो बनाएको रहस्य खुल्यो यसलाई एप्पल आफैंले पनि स्विकारिसकेको टिम कुकले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब मानिसहरू नयाँ आइफोनको साटो पुरानो फोनको ब्याट्री फेर्न पो थालेउनको भनाइ मान्ने हो भने अहिले पुरानो आइफोन छाडेर नयाँ आइफोन किन्नुपर्ने उपभोक्ताहरू ब्याट्री फेर्नतिर लागेका छन् यसैकारण पनि हरेक वर्ष सार्वजनिक हुने आइफोनको नयाँ मोडल अब पहिलाजस्तो बिक्री नहुने प्रक्षेपण गरिएको

एप्पलको बजार खस्किनुको अर्को कारण पनिछ : इनोभेसन नयाँपन घरिघरि दोहोरिइरहने गर्दैन उपभोक्तालाई साँच्चिकै नौलो लाग्ने चीज आविष्कार गर्न वर्षौंको मेहनत चाहिन्छ तर, हरेक वर्ष सार्वजनिक हुने आइफोनको नयाँ मोडलमा यही नयाँपनको अभाव भएको सबैलाई थाहा
आफ्नो देशको मूल्यवान ब्रान्डलाई गाह्रो पर्दा सरकारले सहयोग गर्नुपर्ने हो तर एप्पलको हकमा त्यस्तो भइरहेको छैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एप्पललाई चीन पोसेको आरोप लगाइरहन्छन् अमेरिकामै उत्पादन गर्न दबाब दिइरहेका छन् चीन केन्द्रित एप्पलको उत्पादन, त्यसको वितरण प्रणाली अरू कम्पनीका लागि पनि ईष्र्याको विषय हो किनकि कम्पनीले आफूले केही पनि उत्पादन नगरी विश्वभर माग हुने आइफोन बिक्री गरिरहेको , त्यो पनि सस्तो लागतमा यो फाइदाले कम्पनीलाई आइफोनबाट ठूलो हिस्सा नाफा भइरहेको तर, अमेरिकामै उत्पादन गरी बिक्री गर्ने हो भने आइफोन विरलै उपभोक्ताले किन्न सक्ने हुनेछ
यीसँगै एप्पलसँग अन्य चुनौती पनि आइलागेका छन् एप्पलले यसअघि नै अगुमेन्टेड रियालिटी, चालकविहीन कारजस्ता प्रविधिको अनुसन्धान गर्ने घोषणा गरिसकेको उसका प्रतिस्पर्धी कम्पनीले घोषणा गरेको विषयमा अनुसन्धान द्रुत बनाइरहेका छन् आफ्नो नाममा प्याटेन्ट बढाइरहेका छन् तर, यसमा एप्पल निकै पछाडि रहेको विश्वास नयाँ कम्पनीमा ठूला कम्पनीले अनुसन्धान नगर्नु भविष्यमा त्यसमा आधारित हुने उत्पादन वा सेवा महँगो हुनु पनि हो किनकि उनीहरू अरूको प्रविधिमा निर्भर रहनुपर्छ अरूको प्रविधिमा निर्भर रहनु ठूला ब्रान्डका लागि इज्जतको विषय होइन प्रविधिमा पछाडि रहँदा उपभोक्तामा ब्रान्डप्रतिको विश्वास घट्छ
कान्तिपुर दैनिक/एजेन्सीहरूबाट