ल हेर्नुस् बेसारका प्रमाणित औषधीय गुणहरु

बेसार !!  बेसार !!  बेसार !!

ल हेर्नुस् बेसारका  प्रमाणित औषधीय गुणहरु ।

बेसारमा मुख्य हिस्साको रुपमा एक एक्टिभ कम्पाउन्ड "कर्कुमिन"पाईन्छ जुन हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक सिद्द भैसकेको छ्। कर्मुमिन एक शशक्त एन्टी अक्सिडेण्ट तथा एण्टी ईन्फ्लामेण्ट्री कम्पाउण्ड हो जस्को हाम्रो स्वास्थ्य जिबनमा अत्यन्त महत्व पूर्ण स्थान रहेको छ ।

यद्धपी कर्कुमिनको प्रतिशत बेसारमा यस्को वजनको ३ प्रतिशतले मात्र उपलब्ध हुन्छ र त्यही अनुरुपको प्रयोगको सिफारिस गरिएको छ ।अर्को ध्यान दिनु पर्ने कुरा ,कर्कुमिन हाम्रो रक्त प्रबाहमा घुल्ने अनु पात कम रहेको छ त्यसैले बेसार मा मरिचको मिश्रणले यस्को घुलन्शिलताको अनुपात २००० प्रतिशत ले ब्रिद्धी गराउछ।मरिचमा पाईने पिपरिन (C17H19NO3) ले यस्को घुलन्शिलता ब्रिद्धी गराउछ । कर्कुमिन फ्याटिय पदार्थमा समेत घुलन्शिल रहेको हुँदा राम्रो फ्याटिय खाद्द बस्तुका साथ सेवन पनि लाभदायक हुन्छ ।
हामीले हाम्रा धार्मिक ,बैधिक चिकित्कामा बेसार र मरिच को सन्योजन को कथा हरु धेरै पढेका छौ अहिलेको मेडिकल साइन्स ले त्यस्को फलो गरेको देखिन्छ ।

एण्टी  ईन्फ्लामेट्री गुण भएको बेसार :

कर्कुमिन एक एण्टी ईन्फ्लामेन्ट्री कम्पाउण्ड भएकोले  जस्को मुख्य फाईदा हाम्रो शरीरका बिच्छेद कोशहरुको मर्मत गर्नु ,ईम्युन कोशहरु ब्रिद्धी गर्नु ,घाउ चोट हरु लाई निको पार्नु हो  ,प्याथोजिन ,बाहिरी आक्रमणको प्रती रक्षा गर्नु ,ईन्फेक्सन नियन्त्रण गर्नु रहेको छ । यो गुणका कारण बिभिन्न बाह्य हमलाबाट हामी र हाम्रो जिबनको रक्षा भैरहेको हुन्छ । 

एण्टी अक्सिडेण्ट गुण भएको बेसार :

हामी ब्रिद्ध हुनु र धेरै रोग लाग्नु को पछाडि अक्सिडेटिभ ड्यामेज को भूमिका हुन्छ हाम्रो शरीरमा रहने  फ्री र् याडिकल  र उच्च कृयाशिल अणुहरुले हाम्रा  महत्वपूर्ण अर्गानिक कम्पाउण्डहरु जस्तै  फ्याटी एसिड डिएन ए प्रोटिन आदी सँग रियक्क्सन गरी यिन्मा असर पुर्याउछन । एन्टी अक्सिडेण्टले शरीर शरीरमा रहेका फ्री र्याडिकल हरुलाई प्रभाबहिन बनाउछ र यस्को असरबाट जोगाउछ साथै केही क्यान्सरको जोखिम कम गर्ने ,मुटु जोगाउने ,ईन्फेक्सनबाट जोगाउने,आखा ,मस्तिस्कजन्य रोग ,ईम्युन सिस्टम,आदीका बिरुद्द प्रभाबकारी रुपमा काम गर्छ । 

ब्रेन हेल्थका लागि बेसार:

हाम्रो मस्तिश्कमा हुने धेरै उतार चढाबहरु हाम्रो हर्मोनको मात्रामा हुने गड्बढीका कारण हुन्छन ।जस्लाई  न्युरो ट्राण्स्मिटर ,न्युट्रपिक लेभल आदिले प्रभावित बनाइरहेका हुन्छन । हर्मोन र अन्य न्युरो ट्रान्स्मिटर  कम्पाउण्डहरु को सन्तुलनका लागि कर्कुमिन ले महत्व पूर्ण भूमिका निर्बाह गर्छ ।यस्कारण बेसार एक  मुड बुस्टिंग पदार्थ हो जस्ले एन्जाईटी र डि प्रेसन लाई न्युन गर्दछ । मस्तिश्क कार्य सम्पादनमा राम्रो मद्दतगर्दछ । मस्तिस्कजन्य रोगहरु बिरुद्द लड्छ । मेमोरी पावर तथा स्मार्टनेस बृदि गर्न मद्दत पुर्याउछ ।

 स्वस्थ्य मुटुका लागि बेसार:

बेसार एक एन्टी ईन्फ्लामेण्ट्री र एण्टी अक्सिडेण्ट पदार्थ भएकोले मुटु सम्बन्धी रोगहरुको बिरुद्द यस्को भूमिका महत्व पूर्ण रहेको छ त्यसबाहेक हाम्रो रक्त नलिको को भित्री सतहमा रहने ईण्डोथेलियल कोशीका हरुको चुस्त कार्यसम्पादनको निम्ती कर्कुमिनले महत्व पूर्ण काम गरिरहेको हुन्छ । जस्ले नियमित सेवनको प्रभाब लाई नियमित ब्यायाम तथा औषधीको प्रभाब जत्तिकै तुपमा तुलना गरिएको छ । 
इण्डोथेलियल कम्जोरीहरुको कारण ब्लड प्रेसर रेगुलेसन र ब्लड कटिङका समस्याहरु उत्पन्न हुने भएकाले यो   मुटु रोगको एक मुख्य कारक तत्व पनि हो ।

क्यान्सर बिरुद्द बेसार:

कर्कुमिन कम्पाउण्ड अहिले चिकित्सा बिज्ञानमा क्यान्सर रोग बिरुद्द लड्न को निम्ती प्रयोग भैरहेको छ । क्यान्सर कोशीकाको बृदि रोक्नका लागि ,बिस्तार नियन्त्रण ,ट्टुमरमा रक्त प्रबाह रोक्नका लागि यो उपयोगी रहेको बिभिन्न अध्ययन हरुले देखाईरहेका छन । त्यस्ले गर्दा रोकथामको लागि मात्र नभै उपचारकै लागि पनि बेसार सफल सिद्द हुने बैगानिक विश्वाश हरुले  राखेका छन ।

यि बाहेक …
ठोस् उपचार सुबिधा नभएका अल्जाईमर रोगको बिरुद्द समेत  कर्कुमिन उपयोगी रहेको भेटिन्छ।
बेसार ,मरिच र कागतीपानीको मिश्रण लाई डिप्रेसन  बिरुद्दको प्रभाबकारी घरेलु उपचारको रुपमा प्रयोग गरिन्छ र बेसार एक शशक्त एण्टी डिप्रेसेण्ट बस्तु हो । जो डिप्रेसन बिरुद्द प्रभाबकारी रुप्मा लड्ने गर्छ ।
यसैगरी बाथ रोगी हरुका लागि बेसार अत्यन्त लाभ दायक सिद्द भएको छ ।
एन्टी एजिंङ गुण समेत रहेको बेसार अन्य बिभिन्न क्रोनिक रोगहरु बिरुद्द पनि लाभ दायक छ । 
बेसार र यस्को मुख्य तत्व कर्कुमिन को क्याप्सुलका बिभिन्न भेराइटीहरु अमाजोन देखी ससाना आयुर्बेद पसल सम्म सर्बत्र उपलब्ध छन र विश्व बजारमा यस्को ट्रेड ग्राफ राम्रो रहेको छ ।

आजकालका कामरेडहरु पलेटी मार्दैनन्


🌹🌹🌹🌹मेस्सी प्रेक्सन्🌹🌹🌹🌹

दिनलाई छोडौं,
दिनलाई ढाँट्न त गार्हो नहोला पनि,
दिनमा होहल्ला हुन्छ,
झुटहरु एकापसमा ठोक्किन्छन्,
तर रात,
रात त सबैको लागि उत्तिकै सुनसान हुँदो हो
के देख्छन् होला सपना ?
को को आउँदा होलान् ?
विगतले ऐनाहरू बोकेर
तर्साउन खोज्दा
रुँदाहुन् कि भाग्दाहुन् कामरेडहरु ?

निशाको निष्पट्टतामै पनि त
कहाँ सजिलै ढाकिन्छ र सबथोक !
छिप्पिँदै गरेको रातमा
एकपछि अर्को गर्दै
तुहिएका सपनाहरूको बोझले थिचिएका
एकादेशका इमान्दार छातीहरुले
आफैंलाई सम्हाल्न नसकेको बोध पनि
कहीँ न कहीँ त हुँदो हो !

राता कार्पेटमाथि हिँडेकै बेला
बंकरहरुको गाउँमा
प्रसव पीडामा छट्पटिँदै
आमाहरु मरेको
पढ्छन् कि पढ्दैनन् होला ?
अनि फेरि कहिल्यै नफर्किने
आफ्नो एकबारको जुनी
खेर गएको ठान्छन् कि ठान्दैनन् होला ?
कि सौदा गर्छन् होला नास्तिकहरु
बुर्जुवा ईश्वरसँग
पुनःजन्मका लागि ?
बस् यो जान्न मन छ मलाई
कि हामी धेरैलाई जस्तै
पीडा हुन्छ कि हुँदैन होला कामरेडहरुलाई ?
सोध्छ कि सोध्दैन होला
बालापनले उनीहरूको अवचेतनलाई ?
अनि के जवाफ फर्काउछन् होला कामरेडहरु
विदेशीएका "भगौडाहरुलाई"
विधवा "बोक्सीहरुलाई" !

मलाई थोरै मात्र सोध्न मन छ
कामरेडहरुसँग,
पलेटी मारेर बस्न आउँछ कि आउँदैन ?
गुन्द्रुक रुच्छ कि रुच्दैन ?
इच्छुकका इच्छा
अनि टुहुरेका धुनहरु सुन्दा
झ्याउ लाग्छ कि लाग्दैन ?
गरिखाने किसानको पसिनाको गन्धले
वाकवाकी लाग्छ कि लाग्दैन ?
मलाई आज यत्ति जान्न मन छ !

प्रिय मान्छे उच्च सम्मान् !

प्रिय मान्छे उच्च सम्मान् !


संसार काेभिड १९ बाट आक्रान्त छ । करिब छ लाखजतिलाई यसले भाैतिक रूपमै छाेयाे । बाँकी संसारमा काेराेना भाइरसले भूत (!)  बनेर आतङ्क मच्चाइरहेकाे छ ।
मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन् । जब जीवन सङ्कटमा परेकाे अनुभूति हुन्छ तब साङ्गहरू दाैडिन थाल्छन् , विकलाङ्गहरू रूनकराउन । काेराेनाले दाैडिन सक्ने र नसक्ने, शक्तिशाली र अशक्त, पहिलाे विश्वकाे र तेस्राे विश्वकाे भनेर भेदभाव गर्दैन । नत पण्डित र लामाहरू न त पादरी र माैलानाहरू सबैका लागि यतिबेला काेराेना कहर अपूर्व भाेगाइ बनेकाे छ ।
संसार हाम्राे हाे भन्ने अझ एउटा युगकाे राजनैतिक र सामरिक महामारी बेलायतकाे प्यालेस र वेष्टमिनिष्टरका रक्षाकवचहरू ताेडेर काेराेना राजकुमार र प्रधानमन्त्रीमाथि जाइलागेकाे छ । यस्ताे अवस्थामा हामी जस्ता मागेर युराेपेली जिन्दगी बाँच्न पल्केकाहरूकाे सुरक्षा कसले गर्दिने हाेला ! हामी आफैंले मात्र याे समस्याकाे समाधान गर्न सकिन्छ । नेपालकाे स्वतन्त्रता दिवस छैन । हामी कहिल्यै पराधीन नहुनु क्यालेण्डरमा याे पर्वले स्थान नपाउनुकाे कारण  हाे ।
हाे, तात्कालिक सापेक्षतामा सुविधा र तालिमले सुसज्जित सेनाहरूलाई टाकुरामा बसेर ढुङ्गा लडाएरै अनि लुकेर अरिङ्गालका गाेलामा ढुङ्गा हानेरै हाम्राे इतिहासकाे क्यानभासमा रगतलाई रङ बनाएर स्वतन्त्रताकाे नक्शा काेर्ने काम हाम्रा अग्रजहरूले गरेका हुन् । यतिवेला स्राेत साधन नभए पनि जित्न सकिन्छ भन्ने विगतका नजिरहरूलाई सम्झेर व्यवहार गराैं । काेराेनामाथिकाे जित पनि हाम्रै भागमा पर्नेछ ।
केही समय एकान्तवास अरू थपिने छ । हामीले हार खानु हुँदैन । सरकारले गरेकाे आव्हानलाई स्विकारेर चल्नुपर्छ । समस्या काेराेनाकाेभन्दा भाेककाे हुनेछ । हामी हुनेखाने पनि छाैं, भए खाने पनि । गरिखाने पनि छाैं बसिखाने पनि । कामगर्नेहरूसँग सञ्चय गर्ने सामर्थ्य छैन । धैर्य बेलेर राेटी बन्दैन । भाेक नै भयमाथि विजय पाउनका लागि प्रयाेग भएकाे प्रामाणिक हतियार हाे । त्यसैले याे हतियारकाे प्रयाेग गर्नपर्ने परिस्थिति सिर्जना हुनबाट समाजलाई राेकाैं । नखाए मरिन्छ भन्ने भएले गर्दा मान्छे अन्तिममा भकारी भत्काउन निस्कन्छ । त्यसैले अब हाम्राे नजिकमा भएका दैनिक ज्यालादारी गरेर बाँचेका मान्छेहरूकाे बारेमा शाेचाैं ।
ठूला ठूला महल, गाेदाम र सेप ( लकर ) बनाउने पनि यिनै हुन् र भत्काउन पर्दा पनि यिनीहरूकै प्रयाेग हुन्छ । याे सत्यलाई बुझेर काम गराैं । त्रिपिटक, कुरान, बाइबल र पुराण सबैमा भएकाे कुरा एउटै हाे, सबै जीवनकाे मूल्य समान हुन्छ । तर केही लाेभीपापीले आफ्नाे कम्पनीकाे उत्पादनकाे मार्क प्राइज बढी टाँसिदिए झैं तेराे र मेराेकाे भनेर अब्बल र दाेयम बनाएर कित्ताकाट गरिदिँदा संसार रछानसमान बनेकाे हाे । अब याे विपत्तिकाे सामना गर्न वास्तविक भाैतिक दुरी बढाउने र मानवताकाे दुरी घटाउने प्रण गर्नुपर्छ ।

हाम्राे समाज धर्मभिरू भनिन्छ । अब परीक्षाकाे घडीमा छाैं हामी । आफूले खानेबेलामा अर्काे कुनै भाेक चपाएर बसेकाे देवतालाई सम्झने गराैं । नखाने मुर्तिमा स्याउ सुन्तला चढाउने, अर्घ र अलङ्कार चढाउने हामीले काेराेना कहरबाट बच्ने साझा लडाइमा बाँडेर खाउँ मिलेर बाँचाैकाे भजनलाई भजेर हाेइन अपनाएर देखाउनु आवश्यक छ ।
व्यक्ति प्राकृतिक सत्ता हाे । अथवा व्यक्ति आफू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार एकैपटकमा प्रयाेग गर्न सक्छ ।
भान्सामा बनेकाे आँटाेपिठाे बाँडेर खानलाई न अख्तियारले राेक्छ न कुनै कानुनले । न त बाँड्नका लागि कुनै अध्यादेश जारी गर्नपर्छ ।
त्यसैले मबाट हामी बनेर हिँड्ने बाचा गराैं ।
उमेरका बालबालिका र बृद्धबृद्धालाई जसरी अग्राधिकार र आरक्षणकाे कुरा गरिन्छ यतिवेला अभावका कारण अस्तव्यस्त बन्न लागेकाहरूलाई प्राथमिकतामा राखाैं !
साबुन पानीले धाेएर त हात मात्र सफा हुन्छ । अब विचारले धाेएर मनलाई सुकिलाे बनाउनु पर्छ ।
घर सफा, शरीर सफा त गरेकै छाैं अब मन सफा गर्ने बाचा गराैं ! 
आशा छ हामी हामीसँगै हामीभन्दा कमजाेरहरूलाई पनि बचाउनका लागि क्रियशील बन्ने छाैं । सबैले आफ्नाे क्षमताअनुसार आफ्नाे नजिकका मान्छेलाई सहयाेग गर्ने हाे भने राहत वितरणकाे काम गर्न सजिलाे पर्नेछ ।
बाढीपैह्राे, भूकम्प र आगलागि पिडितलाई त एकै ठाउँमा जम्मा गरेर खाने, बस्ने र उपचार गर्ने शिविर नै चलाउन सकिन्छ तर याे यस्ताे सङ्कट हाे जहाँ आफ्नाे प्रियजनलाई ज्वराे आइनै हाले पनि सुम्सुम्याउन मिल्दैन ! आशा छ हामी भयभित हुने छैनाै तर सतर्कताका साथ सङ्कटबाट मुक्तिका लागि घरभित्रै बसेर पनि खटिरहने छाैं, धन्यवाद !