आँखालाई पुर्‍याउँछ यस्तो असर



 धूमपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ। धूमपानले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ।

अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूमपान नगर्ने मनिसको भन्दा धूमपान गर्ने मनिसको मृत्युरदर तीन गुणा धेरै रहेको पाइएको छ। धूमपान गर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेश गर्ने टार, निकोटिन, एसिटोन, कार्बोनमोनोओक्साइड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानि पुर्याडउन ठूलो भूमिका खेलेका हुन्छन्।

एक पटक धूमपान गर्दा लगभग ४००० हानिकारक तत्व शरीरमा प्रवेश गर्छन् र यीमध्ये मात्र ५० तत्व क्यान्सर रोग लगाउन र मृत्यु्को मुखमा पुर्याोउन पर्याप्त छन्।

धूमपानले आँखामा गर्ने असर

आँखा सुक्खा हुनु

धूमपान नगर्नेभन्दा गर्ने मनिसमा आँखा सुक्खा हुने समस्या लगभग दुई गुणा बढी पाइएको छ। आँखा सुक्खा हुँदा चिलाउने, बिझाउने, पोलेको जस्तो महसुस हुने जस्ता लक्षण देखा पर्छन्।

मोतिबिन्दु
मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो, जसले लेन्सको पारदर्शीता घटाउने गर्छ। मोतिबिन्दु भएमा दृष्टि  र देख्ने क्षमतामा कमी आउँछ। सामान्य रुपमा मोतिबिन्दु ५० वर्षको उमेरपछि देखिने समस्या हो तर धूमपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा मोतिबिन्दु सामान्य उमेरभन्दा दुई गुणा धेरैर छिटो देखिने गरेको पाइएको छ।

धूमपानभन्दा पनि सूर्ती सेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो पलाउने गरेको पाइएको छ। अनुसन्धानको क्रममा धूमपान गर्ने र सूर्ती सेवन गर्ने मनिसको रगतमा क्याडमियम नामक तत्वको मात्रा धूमपान नगर्ने मानिसको भन्दा २-३ गुणा  बढेको पाइयो जसको कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ।

आँखामा देखिने समस्यामध्ये आँखाको पर्दाको समस्या मुख्य हो जसलाई आरओपीको नामले चिनिन्छ। यसका अलावा आँखामा धेरै पावर हुनु, आँखाको नशाको उचित विकास नहुनु, आँखा अल्छी हुने जस्ता समस्या देखापर्छन्। अनुसन्धानको क्रममा यस प्रकारले जन्मेका बच्चामा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ।

अन्त्यमा, धूमपान नगर्ने मानिसभन्दा धूमपान गर्ने मानिस दृष्टिकबिहीन हुने सम्भावना ४ गुणा बढी हुन्छ। त्यसैले सकेसम्म छिटो धूमपान त्याग्नुहोस्, आफ्नो शरीरसँगै आँखा पनि बचाउनुहोस्।

कसरी गर्ने डेंगु नियन्त्रण ?



डेंगु कसरी सर्छ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।

डेंगुका लक्षण केके हुन्छन्
– उच्च ज्वरो
– कडा खालको टाउको दुखाइ हुने
– आँखाको गेडी पछाडि दुख्ने
– मांसपेसीको दुखाइ
– वाकवाक लाग्ने र वान्ता हुने
– शरीरमा राता खालका बिमिरा देखिने
– कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छ।

डेंगुको व्यवस्थापन कसरी गरिन्छ?
– डेंगु विशेषको कुनै पनि खास औषधि छैन, तर चाँडो पत्ता लगाउने र उपयुक्त व्यवस्थापनको भएमा मृत्युदरमा न्यून हुन्छ।

– डेंगु ज्वरो धरैजसो आफैं निको हुन्छ। स्वास्थ्य संस्थाहरुमा लक्षणका आधारमा उपचार गरिन्छ। यस्तोमा ज्वरो र दुखाइ कम गर्ने सिटामोल प्रयोग गनुपर्र्छ तर एस्पिरिन, बु्रफेनका जस्ता औषधिहरुको प्रयोग गर्नु हुँदैन। प्रशस्त झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन सजिलो हुन्छ। तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु पर्छ।

– कडा डेंगुको सावधानीका उपचारका र उपयुक्त व्यवस्थापन आवश्यक हुन्छ। समयमै उपचार हुनसके रोग निको हुन सक्छ र मृत्यूदर १ प्रतिशतभन्दा कम हुन्छ।

डेंगुको रोकथामका उपाय केके छन्?
– डेंगु विरुद्घको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्नेे
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे
– डेंगुका बारेमा जनचेतना अभिवृद्घि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गर्र्ने
– लामखुट्टेको टोकाइबाट बच्ने
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा  जालीको प्रयोग गर्ने
– झुलको प्रयोग गर्ने
– झ्याल–ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने
– शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने
– शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने
– डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ।
– स्कुल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरु प्राथमिकता दिने।
गहुँ बालीमा लाग्ने नाङ्गो कालोपोके रोगको नियन्त्रण
*********************************************


- रोगी बालाबाट बीजाणुहरू स्वस्थ बालामा सर्ने हुँदा बाला निस्कनासाथ झिल्लीभित्र रहेको उक्त बीजाणुहरू बाहिर नफैलदै रोगी बालाहरु नष्ट गरिदिदा बीजाणु फैलन तथा सर्न पाउँदैन ।

- रोगी बीउ नलगाउने ; नाङ्गो कालोपोके रोग लागेको खेतबाट संकलित बीउ प्रयोग नगर्ने ।

- रोग अवरोधक जात लगाउने ।

- भिटाभ्याक्स-२०० नामक विषादी ३ ग्राम प्रति किलो अथवा बेभिस्टिन १ ग्राम प्रति किलो बीउका दरले उपचार गर्नाले यो रोग निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

- यस बाहेक डेरोसाल र स्टेन-५० विषादी  १-२ ग्राम प्रति किलो बीउका दरले उपचार गर्दा यो रोगको राम्रोसँग नियन्त्रण भएको पाइएको छ ।

टन्सिलबाट कसरी बच्ने?,

टन्सिलबाट कसरी बच्ने?, यस्ता छन् लक्षण ।


मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने 'टन्सिल' नामक ग्रन्थीको संक्रमण नै 'टन्सिलाइटिज' हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।

टन्सिलका लक्षण
- सय डिग्रीभन्दा बढीको ज्वरो आउने
- घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
- श्वास गन्हाउने
- घाँटीमा गिर्खाहरु ठूलो हुने
- मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने

टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन्। यस्ता जटिलता विकसित देशहरुमा न्यूनीकरण भइसके पनि हाम्रो जस्ता विकासोन्मोख देशमा अझै प्रशस्त देखिन्छन्। यस्ता जटिलता विशेषगरी बालबालिकामा देखिन्छन् जस्तै-

-एक पटक रोग निको भए पनि बारम्बार बल्झिरहन सक्छ।
- यसको संक्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्छ।
- संक्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्नसक्छ, जसले ज्यानै लिन पनि सक्छ।
- संक्रमण रगतमा फैलिएर दीर्घकालीन रुपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नीहरु र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ।
तसर्थ, टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ। बालबालिकाको मुख भित्रबाट संक्रमित लेदो वा पिप निकालेर र रगतको जाँच गरी यसको किटाणु पत्ता लगाउन सकिन्छ र दीर्घकालीन असरहरुको अनुमान गर्न सकिन्छ। यसको उपचारका  निम्ति औषधि र शल्यक्रिया दुवैको आवश्यकता पर्नसक्छ।

उपचारका साथ-साथै टन्सिलाइटिज भएको बेला निम्न तरिकाले बालबालिकाको घाँटी र शरीरलाई थप राहत पुर्यासउन  सकिन्छ-
- प्रशस्त आराम गराउने/प्रशस्त पानी खुवाउने
- चिया वा कागती पानीमा मह मिसाएर खान दिने
- मनतातो पानीमा नुन घोलेर दिनमा ४-५ चोटी कुल्ला गराउने
- आइसक्रिम वा चिसो दही खान दिने/स-साना बरफका डल्ला मुखमा राखेर पग्लिन दिने
- निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो खान नदिने
- धुम्रपानको धुवाँ र अरु धुवाँधुलोबाट टाढा राख्ने

बन्दाको पुतली (Cabbage butterfly) को व्यवस्थापन

 :

० बाली लगाएदेखि नभित्र्याउन्जेल बाली तथा कीराको नियमित अनुगमन गर्ने ।
० पुतलीहरुलाई हाते जालीले पक्रेर नष्ट गर्ने ।
० कीराले पारेका फुल तथा लार्भेहरुलाई जम्मा गरी नष्ट गर्न सकेमा अति प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
० सन्तुलित रुपमा मलखादको प्रयोग गर्ने , नाइट्राेजनकाे मात्रा प्रयोग गर्ने ।
० व्यक्टेरिया जन्य जैविक विषादी ( बि.टि.) २ ग्राम प्रति लिटर पानीका दरले छर्ने ।
० कीराको प्रकोप बढ्दै गएमा मालाथियन ५०% इ.सि. विषादी १ मि.लि. प्रति लिटर पानीका दरले छर्ने वा डाइक्लाेराेभस ७६ इ.सि. १ मि.लि. प्रति लिटर पानीका दरले छर्ने ।

के हो प्राेवायाेटिक?

प्राेवायाेटिक प्रयाेग बारे थाहा नहुने कृषकले नार्क, खुमलटारका पशु चिकित्सक डा निरज बास्काेटा  यसाे भन्नुहुन्छ...
==========================
एन्टिवायाेटिक काे विकल्पमा आएकाे प्राेवायाेटिक के हाे र याे नेपाली कृषकले किन प्रयाेग गर्नुपर्छ भन्ने विषयमा वंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम नार्क का पशु चिकित्सक डा निरज बास्काेटाले महत्वपुर्ण सन्देश दिनुभएकाे छ । "नार्कमा केहि समय अगाडी कुखुरा मा प्राेबायाेटि खुवाएर अनुसन्धान भएकाे थियाे जसकाे नतिजामा कुखुराकाे स्वास्थमा उल्लेखनीय सुधार भएकाे देखियाे । कुखुराकाे ताैल बढ्ने देखि अण्डा काे साइज बढ्ने तथा कखुराकाे मासुकाे गुणस्तर राम्राे भएकाे पाइयाे । विदेशमामा भएका कयाैं अनुसन्धानले पनि प्राेवायाेटिक ले कुखुरा, गाइ, भैसी, बंगुर जस्ता पशुहरूमा निकै राम्राे नतिजा देखिएकाे पुष्टि भएकाे छ । बाख्रा तथा बंगुरकाे काे ताैल बढेकाे पाइएकाे छ भने गाइ/भैसीमा दुधकाे उत्पादन तथा गुणस्तरमा (FAT, SNF) बृद्धि भएकाे पाइएकाे छ । त्यसाेभए एन्टिवायाेटिक काे विकल्पमा आएकाे प्राेवायाेटिककाे किन प्रयाेग गर्ने त ??

क) मानिस लगायत कुखुरा बाख्रा गाइ भैसी तथा बंगुर जस्ता पशुकाे शरीरमा लाभदायक व्याक्टेरीया का साथै हानिकारक व्याक्टेरीया हुन्छन । स्वस्थ पशु हुन शरीरमा बढी भन्दा बढी लाभदायक व्याक्टेरीया अथवा प्राेवायाेटिक हुन जरूरी छ ।

ख)शरीरमा हुने लाभदायक व्याक्टेरीया बढी भएमा हानिकारक व्याक्टेरीया विरूद्ध लड्न मदत गर्छ र दाना पानी धरै पचाउन मदत गर्छ र अन्तत शरीरलाइ नराेगी बनाउछ ।

ग) प्राेवायाेटिक भनेकाे नै लागभादायक व्याक्टेरीया हाे जाे औषधीकाे माध्यमबाट शरीरभित्र छिराइन्छ ताकी शरीरमा लागभादायक व्याक्टेरीयाकाे संख्या धेरै बनाएर शरीरलाइ निराेगी बनाउछ । यस्ता पशुहरू ले उत्पादन गर्ने दुध अण्डा मासु जस्ता उत्पादनहरूमा लागदायक पाैष्टिक तत्वहरूकाे मात्रा धेरै हुन्छ । प्राेवायाेटिक नै शरीरलाइ राेग लाग्नै नदिने उपाय हाे ।

घ) अर्काे तिर राेग लागेपछि जब हामी एन्टिवायाेटिक चलाउछाै त्यसले शरीरमा भएका हानिकारक व्याक्टेरीयालाइ त मार्छ नै लागभादायक व्याक्टेरीयालाइ पनि मारी तिनकाे संख्या घटाउछ । सानाे राेग किराकाे संक्रमण हुदा पनि थप एन्टिवायाेटिक चलाउनु पर्ने हुन्छ तसर्थ शरीरकाे आन्तरिक प्रतिराेध गर्ने क्षमता हराउदै जान्छ । विभिन्न एन्टिवायाेटिककाे जथाभावी प्रयाेगले पशु स्वास्थ राम्राे हुनुकाे साट्टाे झनै विग्रन थालेकाे देखिएकाे छ । यस्ता पशुबाट उत्पादन गर्ने दुध अण्डा मासु जस्ता उत्पादनहरूले मानव स्वास्थमा समेत नराम्राे असर देखिदै छ ।"


जलवायु मैत्री कृषि (Climate-smart agriculture)


-----------------------
के हो त जलवायु मैत्री कृषि ?

FAO का अनुसार जलवायु मैत्री कषि दिगो कृषि विकासको एउटा पद्धति हो जसले दिगोविकासका तीनै आयामहरू (आर्थिक, सामाजिक, र वातावरणीय) लाई एकिकृत गराई खाध सुरक्षा र जलवायुजन्य चुनौतीहरूकोसम्बोधन गर्न मद्दत पुर्याउँछ । अर्थात जलवायु मैत्री कृषि पद्धतिले जलवायु परिवर्तनको संघारमा खाध सुरक्षाका लागि कृषि
क्षेत्रको विकासलाई दिगो बनाउन मद्दत गर्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि हुन्छ, कृषि क्षेत्र जलवायु परिवर्तनसँग अनुकुल
हुन्छ, र कृषि क्षेत्रले न्यून कार्वन उत्सर्जनको बाटो लिएको हुन्छ ।
जलवायु मैत्री कृषि पद्धतिका प्रमुख ३ आधार स्तम्भहरू हुन्छन् । ती हुन्ः
१. खाध सुरक्षा अर्थात कृषि उत्पादन र आम्दानीको दिगो बृद्धि गर्ने ।
२. जलवायु परिवर्तन अनुकुलन अर्थात जलवायु परिवर्तन अनुकुलन हुँदै समानुकुलन तर्फ उन्मुख हुने ।

३. जलवायु परिवर्तन न्यूनिकरण अर्थात सम्भव भए सम्म हरित गृह ग्याँसहरूको उत्सर्जन कम गर्ने ।

जलवायु मैत्री कृषि सम्पूर्ण रूपले नयाँ कृषि प्रणाली होइन ।
न त यसले नयाँ नयाँ प्रविधिहरू मात्र समेट्दछ । जलवायु
मैत्री कृषि नयाँ पद्धति हो जसले कृषि प्रणालीमा आवश्यक
परिवर्तनका लागि मार्गनिर्देश गर्छ, जसले कृषि प्रणालीमा
जलवायु परिवर्तका प्रभावहरू कम गराउन मद्दत गर्छ साथसाथै
कृषि उत्पादन बृद्धि गराउन पनि मूख्य भूमिका खेल्छ । यो
कृषि पद्धतिले स्थानीय प्रयास तथा ज्ञान सीप र प्रविधिको
प्रयोग लाई प्राथमिकता दिदैँ नयाँ प्रविधिहरूलाई पनि समेटेर
कृषि प्रणालीको दिगो विकासको परिकल्पना गर्दछ । त्यसैले जलवायु मैत्री कृषि पद्धति र यसमा प्रयोग गरिने प्रविधिहरू देश, जिल्ला, क्षेत्र, र जलवायु अनुसार फरक फरक हुन सक्छन् ।