रोचक जानकारी

मान्छेको शरिरिक तन्दुरुस्तीले मानिसको धेरै कुरामा सकारात्मक असर गर्छ तथापि तलका कुरा पनि महत्त्वपूर्ण छन:


. बियरले चिसोबाट बचाउँछ
सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ¥यो अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो

.नोबेल पुरस्कार जित्न धेरै चकलेट खानुहोस्



सन् २०१२ मै एक अमेरिकी वैज्ञानिक डा. फ्रान्ज एच मेसेर्लीले नोबेल पुरस्कार जित्नेको संख्या अमेरिकामा चकलेट सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य सार्वजनिक गरे उनको दाबी थियो, चकलेटले व्यक्तिको ज्ञानलाई बढाउँछ

. फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरा घटाउँछ:
डेनमार्कका वैज्ञानिकले फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरालाई ४० प्रतिशत घटाउने सार्वजनिक गरे ब्रिटिश हर्ट फाउण्डेशनका सिनियर कार्डियक नर्स मौरिन टेल्बटले भनेकी छन्, फूर्तिलो तरिकाले जगिङ गर्नाले हिड्नाले मुटुको चाल तीब्र हुन्छ मुटुको मांसपेशीको अभ्यास हुनछ, हामीले यस्तो अभ्यासलाई दिनहुँ गर्नुपर्छ
. इन्भेष्टमेन्ट ब्याङकिङ स्वास्थ्यका लागि खतरा:
युनिभर्सिटी अफ साउद्रन क्यालिफोर्नियाका अनुसन्धानकर्ताले एउटा अर्को अनौठो तथ्य सार्वजनिक गरे ती अनुसन्धानकर्ताको दाबी थियो, इन्ट्री लेभलका इन्भेष्टमेन्ट ब्याङकरहरु अनिद्रा, घबराहटजस्ता समस्याबाट पीडित हुन्छन् यस्तै, अधिकांश अनुभवी ब्याङकरहरु तनावसम्बन्धी समस्याबाट पीडित भएको पनि पाइएको थियो
. अण्डोको पहेंलो भाग धूमपानभन्दा खतरनाक:
सन् २०१२ मा युनिभर्सिटी अफ वेस्टर्न ओन्तारियोका अनुसन्धानकर्ताले अण्डाको पहेंलो भाग खानु मुटुका लागि चुरोट पिउनुभन्दा बढी खतरनाक रहेको निष्कर्ष निकाले उनका अनुसार पहेलों भागले मुटुका धमनीहरुलाई कडा बनाउँछ, जसलाई अथेरोस्केलोरोसिस भनिन्छ
. कफीले छालाको क्यान्सरको खतरालाई कम गर्छ:
सन् २०११ मा भएको एक अध्ययनले दिनहुँ कपभन्दा बढी कफी पिउने महिलालाई छालाको क्यान्सर हुने सम्भावना कम हुने देखाएको थियो कफीमा भएको एन्टिअक्सिडेन्टले छालाका कोषलाई सुरक्षा दिन्छ क्यान्सर लाग्न नदिने दाबी अनुसन्धाकर्ताको थियो
. धनी मानिस बढी झुट बोल्छन्
सन् २०१२ मा
मनोविज्ञहरुले सामाजिक अवस्थाले मानिसको व्यवहारमा के परिवर्तन ल्याउँछ भनने अनुसन्धान गरेका थिए जसमा पत्ता लाग्यो, बढी कमाउने मानिसहरु तल्ला वर्गका मानिसहरुको तुलनामा ठगी गर्ने, झुटा बोल्ने अनैतिक क्रियाकलापमा संलग्न हुन्छन् यस्तो अध्ययन युनिभर्सिटी अफ टोरन्टो युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका मनोविज्ञहरुले गरेका थिए
.आँखाको नानीले मानिसको सेक्ससम्बन्धी व्यवहार संकेत गर्छ:
सन् २०१२ मा भएको एक अध्ययनले मानिसको यौन व्यवहार उसको आँखाको नानीको फैलावटले संकेत गर्ने पत्ता लगाएको थियो सय २५ जना पुरुष समलिंगी, बायोसेक्सुअल साधारण मानिसमा यसबारे अध्ययन गरिएको थियो
. डाइटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसको विश्वास हुन्छ तर, सन् २०१२ मै भएको एक अध्ययनले डाइटिङले तौल घटाउँने देखिएको थियो डाइटिङका कारण हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकाले मोटोपनमा वृद्धि हुने तथ्य बाहिर ल्याइएको थियो
१०. हात्तीले ऐना हेर्न सक्छन्
अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा हात्तीले ऐना हेर्न सक्ने पत्ता लागेको थियो अनुसन्धानकर्ताहरुले आफूलाई चिन्न सक्छन् कि सक्दैनन् भन्ने पत्ता लगाउन
तीन हात्तीलाई ठूलो ऐना दिए त्यसमध्ये एउटा हात्तीले बारम्बार ऐनामा आफ्नो टाउकोमा लेखिएको सेता चिन्ह छुन खोज्यो हात्तीले ऐनाअगाडि यताउता चलेर आफू कस्तो देखिन्छु भनेर हेर्न चाहेका थिए भनेर पनि अनुसन्धानकर्ताले दाबी गरे


क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले, उमार्ने र पिउने विधि यस्तो छ

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ ।
हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।
त्यसो त सीता भट्टराई आफै पनि क्यान्सर पीडित थिइन् । आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थाका बेला छातीको क्षयरोग देखाप¥यो । लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनी फेरि थाइराइडले ग्रसित भईन् । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।
नेपालमा उपचार सम्भव नदेखेपछि उनी भारतको नयाँ दिल्ली पुगिन् । उनलाई दिल्लीको डंकन अस्पतालले क्यान्सर रोग भएको पुष्टि ग¥यो । दिनानुदिन एकपछि अर्को गर्दै रोग थपिँदै गएकाले सीता आक्रान्त बनेकी थिइन् । उपचारमा थुप्रै रकम खर्च भयो तर उनको रोग बीसको उन्नाईस भएन । उनका श्रीमान् प्रताप भट्राईले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तियो । उनीसँग अन्य कुनै विकल्प बाँकी रहेन । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेपछि निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा समेत उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो ।
घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।
अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पुनर्जीवन प्राप्त गरिन् । पत्याउनै मुस्किल, उनलाई जमराले साँच्ची नै नयाँ जीवन दियो । ‘नवजीवन योगाश्रम’का पहनबहादुर महतराको आश्रममा गएर उनले केही समय ध्यान गरिन् र जमराको रस खान थालिन् । महतराले आफ्नो योगाश्रममार्फत् लामो समयदेखि जडिबुटि, योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको आश्रममै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ ।
विज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनले डाक्टरलाई देखाउँदा क्यान्सर पुरै निको भइसकेको रिपोर्ट आयो । क्यान्सर समेत निको भएको देखेर सीता आश्चर्यचकित भईन् । जमराले साँच्ची नै उनलाई नयाँ जीवन दियो ।
जमराको चमत्कार देखेर सीता र उनको परिवारको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो ।’जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उत्साहित बनेकी उनले आफ्नै घरमा जमरा उमार्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् । बिहानैदेखि घरमा जमराको रस खान आउनेको भिड लागेको हुन्छ । बिहन ४ वजेदेखि राती १० वजे सम्म भ्याई नभ्याई हुन्छ उनलई ।
विगत १० महिनायता सीताले व्यावसायिक तरिकाले जमराको खेती गर्दै आएकी छिन् । आफूले उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेको उनी बताउँछिन् । जमरामा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइने हुँदा यसको बहु–उपयोगिताको बारेमा धेरैलाई थाहा नभएको उनको भनाइ छ । जुन सुकै रोगका लागि पनि जमराको रस उपयुक्त हुने भएकाले घरघरमा यसको खेती गरेर स्वस्थ जीवन जीउनका लागि सर्वसाधारणलाई उनी सुझाव दिन्छिन् । भन्छिन्, ‘नेपालीले स्वस्थ जीवनयापन गर्ने हो भने सबैले आआफ्नो घरमा जमरा उमार्नु पर्छ र नीयमित यसको रस पीउनु पर्छ’ ।
हरेक दिन बिहान खाली पेटमा ३० मिलिलिटर जमराको रस अमृत समान हुने उनको भनाई छ ।उनीसँगै ९ महिनादेखि जमराको जुस पिउँदै आएकी काठमाडौं माकलबारीकी ५८ वर्षीया कृष्णमाया राईको आँखा कमजोर थियो । चामल केलाउन, सियोमा धागो हाल्न लगायत अन्य मसिनो काम गर्न अरुको सहारा लिनु पथ्र्यो । चस्मा विना कुनै पनि काम गर्न नसक्ने उनी २०४७ सालदेखि चस्माको भरमा काम गर्थिन् । तर जमराको रस पीउन थाले देखि आखाको ज्योती फर्केको उनको भनाई छ । अहिले चस्माबिना नै राम्रो सँग आँखा देख्ने भएको उनी बताउछिन् । ‘आजकाल सियोमा धागो पनि आफै हाल्छु’ उनले खुसी हुँदै भनिन् । जमराको रसले आँखा देख्ने भएको भन्दै उनले खुसि ब्यक्त गर्छिन् ।
माकलबारीकै ५४ वर्षीया सुभद्रा पौडेल पनि नियमित जमराको रस सेवनले उच्च रक्तचाप र बाथरोग नै निको भएको दाबी गर्छिन् । हात खुट्टा झमझमाउने हुँदा राम्रो संग हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो । पहिले औषधि उपचारमा निकै खर्च भयो तर निको भएन । तर आजकाल जमराको रस पीउन थालेदेखि पहिले जस्तै तन्दरुस्त भएको उनी बताउछिन् । ‘प्रेशर पनि घटेको छ, आजकाल प्रेशरको औषधि पनि खान छोडेँ जमरा त साँच्चीकै अमृत रहेछ’। आफु सबै रोगबट आफु मुक्त भएको उनको भनाई छ ।
त्यसो त अमेरिकी भू–विज्ञ डा. आर्क टक्सले गरेको अनुसन्धानबाट जमराको औषधीय गुणका बारेमा पुष्टि भईसकेको छ । डा. टक्सका अनुसार जमरा आहार र औषधि मध्ये सर्वोत्कृष्ट वनस्पती हो । अन्य हरिया सागपातमा पाईने पौष्टिक तत्वहरु भन्दा जमरामा पाईने तत्वहरु तुलनात्मक रुपमा बढि हुन्छ । यसमा रोग संग लड्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सर समेत निको हुने दावी डा. टक्सको छ ।
आन विगमोर नाम गरेकी एक जना अमेरिकी महिला डाक्टरले गहुँ तथा जौँको जमराको रसको प्रयोग र खोज गर्ने क्रममा पृथ्वीमा भएका अन्य ४७०० विभिन्न वनस्पती संग यसको तुलना गरेर हेरिन् । उनले १ औँस (२८.४ ग्रा.) जमराको रसमा ४० औंस (११३ ग्रा.) साग सब्जीको रसमा पाईने भन्दा बढि खनिज तत्व, पोषण र भिटामिन रहेको पाईन् ।
जमराको रस मानव जातीको रगत संग ४० प्रतिशतले मेल खाने र यसमा ७० प्रतिशत हरितकणिका रहेको पत्ता लगाईन । यसको नियमित सेबनले मानिसको रक्त बिकार कलेजोको विषाक्तता, पेट र आन्द्राको खरावीलाई समेत ठिक गरिन् । जमराको रसको सेवनले पुराना घाउ, मधुमेह तथा क्यान्सर समेत निको पार्न उनी सफल भईन् । गहुँ तथा जौँको जमराको रस सेवनबाट रोगको उपचार भएपछि डा. विगमोर आफै
संसारका बिभिन्न देशमा पुगेर उपचार गरि धेरै प्रकारका रोगीहरुलाई निको पारिन् । उनले भरतमा समेत जमराको उत्पादन गरेर क्यान्सर लगायत अनेक रोग निको बनाएको प्रत्यक्ष उदाहरण पेश गरिन् । अहिले उनी बिभिन्न देशहरुमा जमरा सेवनबाट उपचार गरिरहेका चिकित्सक, जमरा उत्पादक र सर्वसाधारण नागरिकलाई तालिम दिईरहेकी छिन् ।
नेपालमा बिगत केहि वर्ष यता जमराको प्रयोग भएको पाईतापनि यसले खासै व्यापकता पाउन सकेको छैन । जमराको औषधीय गुणका बारेमा बिभिन्न देशले अनुसन्धान तथा प्रयोग गरिरहेका छन् । नेपालमा हालै मात्र विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जमराको बारेमा खोज र अनुसन्धान सुरु गरेको जनाएको छ । जमराका बारेमा अनुसन्धान जारी रहेको प्रतिष्ठानअन्तर्गत विज्ञान संकायका प्रमुख जयश्री सिजापतिले जानकारी दिईन् । जमरामा धेरै औषधीय गुण व्याप्त रहेको बताउँदै यसबारेमा प्रचार–प्रसार हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, जमराको बारेमा लामो समयदेखि खोज–अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर तीर्थ बहादुर श्रेष्ठ पनि जमरामा प्रशस्तै औषधीय गुण भएको बताउँछन् । परम्परागत रूपमा मानिसले रोग लागेमा जमराको प्रयोग गर्ने गरेको भए पनि आधुनिक चिकित्साको विकासक्रम सँगसँगै यसको उपयोग र ज्ञानमा समेत कमी आएको उनको भनाइ छ ।
यसको नियमित सेवनले मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकासमा टेवा पु¥याई जटिल रोगको उपचारमा सहयोगी बन्ने उनको भनाइ छ । उनले जमराको बारेमा खोज तथा अनुसन्धान गरि विभिन्न तथ्य सार्वजनिक समेत गरिसकेका छन् ।बहु–उपयोगी जमराको बारेमा व्यापक प्रचार–प्रसार हुनसके उपचार नपाएर रोगले आक्रान्त बनेकाहरूलाई राहत हुनेमा दुई मत छैन । स्थानीय स्तरमै उत्पादन तथा प्रयोग गर्न सकिने बहुगुणी जमराको उपयोगिताबारे सरकारी तवरबाटै जनचेतनामूलक अभियान थाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ । बेलैमा यसको औषधीय गुणको बारेमा सचेत भई सफल प्रयोग गर्न सके आउँदो पिँढीले यसबाट प्रशस्त लाभ लिन सक्थ्यो कि ?

मेरी आमा

मेरी आमा एउटी नारी


      ( कविता )
नाम उनको थर बाबाको!
शिर उनको सिन्दुर बाबाको!
घाँटी उनको पोते बाबाको!
जिन्दगी उनको क्रम बाबाको!!

आखिर किन यस्तो ???

दस महिना गर्भ गरि मलाई उनले जन्माउने!
दुनियाँमा म चाहिँ बाबा को नाम मा चिन्निने!
मैले राम्रो काम गर्दा बाबा लाई बधाई दिन्छन्!
मैले नराम्रो काम गर्दा आमाको काख सराप्छन्!!

आखिर किन यस्तो ???

देवी स्वरुप आमा भन्छन् , देवी स्थान जान नहुने!
ती  देवी  नी  नारी  नै हुन् , उनलाई  चाहिँ  मान्ने!
आखिर किन हर जग्गा नारी लाई नीच देखाउँछन्!
शास्त्र ले नी यै भन्छ र ??? यात पुरुष बनाउँछन्!!

आखिर किन यस्तो ???

बाबाले नखाई उनले खान नहुने!
तीज मा उनी भोकै बस्दा बाबाको आयु बढ्ने!
खै ! कस्तो हो कस्तो बुझ्नै पर्यो गार्‍हो!
त्यसैले गर्छु यहीँ प्रश्न , आखिर किन यस्तो ???

                                   ( जीवन अचार्य )
**************************************

बाबा र आमा सबै का लागि एकै हुन् ,, यो कविता मा मैले बाबा र आमाको तुलना गर्न खोजेको हैन । शायद पुरुषको नजर ले पढ्दा त्यस्तो बन्न पनि सक्छ । तर मेरो त्यस्तो उदेश्य थिएन । गल्ती भए माफी र त्रुटी भए क्षमा चाहान्छु ।।

काठमाण्डौहरु - नेपाली कबिता

काठमान्डौहरू


=====
गोधुली साझमा,तेजिलो मुस्कान
छर्छन हिमालहरू
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन
पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन
काठमान्डौहरू

प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो रजनिती?
गजब छ बा !



मागी खानटाभाडो भाछ
केन्द्रिय मेव
मेवले गर्ने दाइ
कसै कसैको पेवा जस्तो
बेथितिहरू पालेर
आसेपासे भिराभुरिहरू जमाएर
च्याखे थाप्छ
र सुरु गर्छ
फोहोरहरूको राजनीति
सडकहरूको राजनिती
ग्यासहरूको राजनिती
पानीहरूको राजनिती
बिजुलीहरुको राजनीति
बिमानहरूको राजनीति
यातायातहरूको राजनीति
रोजगारीहरूको राजनीति
शिक्षाहरूको राजनीति आदि इत्यादि
काठमान्डौहरू

सधै स्वागत योग्य
चारैतिर द्वार छ
द्वारभित्र मिसावट चिजबिजहरू चनाखो छ
सोझा मान्छेहरू
सुन्दर सपना बुनेर
ओइरोका ओइरो, ताती लाग्छन्
एकमुठी श्वास राखेर
हामी मान्छेहरूलार्इ
मेहमान बनाउदै छ
काठमान्डौहरू

चखाउछ दिनरात
महङ्गिहरू
दुर्गन्धित बिचारहरू
देखाउछ ,नरकका काखहरू
कारुनिक चित्कार्हरु
यदाकदा मुखरित आवाजहरू
सुन्दैनन
काठमान्डौहरू
मानौ उनिहरू
माना रोपेर मुरी फलाउने दाउमा
सधै सधै जागा जागा छन्
र एकनास
चुसिरहन्छ हामिहरुलार्इ
काठमान्डौहरू

बाबुराम श्रेष्ठ “यात्री”
सिन्धुली

सुल्ताना-अविरल यात्री

"सुल्ताना"

=-=-=-=-=

दुबई ।
दशैँकाे पूर्वसन्ध्या ।

युनियन मेट्राे स्टेसनकाे विशाल अन्डरग्राउन्ड स्टेसन ।  रेडलाइनबाट जाबेल अलि - रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ - इन्टरजङ्कसन ।

याे स्टेसनमा हजाराैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटिन्छन् ।

मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ । मेट्राे सुनसान थियाे । खासै यात्रीहरू थिएनन् । हातमा अरबीक साहित्यकाे किताब बाेकेकाे थिएँ । निकै रहरले शिरमा "घाेत्र" भन्ने अरबी कपडा बाँधेकाे थिएँ । याे अरबी लूक मलाई निकै मनपर्थ्याे । ध्यान चाहिँ किताब भन्दा बाहिर हेर्नुमा थियाे ।

म सीटमा एकसुरले बसेर सुरुङ मुनि छँदा अन्डरग्राउन्डकाे अँध्याराेसँगै शान्त हुन्थेँ अनि बाहिर निस्केपछि गगनचुम्बी महलकाे उचाईसँगै अग्लिइन्थेँ ।

"सलाम अलैकुम !"
निकै मधुर नारी अावाजले मलाई बाेलायाे ।

"वालेकुम सलाम!" मैले फर्केर हेरेँ । काखमा सुँकसुकाइरहेकाे बच्चा लिएकी ती महिलाका अति सुन्दर नीला अाँखा मात्रै देखिएका थिए । बाँकी शरीरलाई पुरै कालाे "अबाया"ले ढाकिरहेकाे थियाे । बच्चा मानिरहेकाे थिएन ।

उनकाे सुन्दरतालाई उनका अाँखाले स्पष्ट बाहिर देखाउँथे । दुइ अाँखाबीचकाे भागमा काला बाक्ला अाँखिभाैँ ! गाेराे रङ्ग । मानाैँ - कुनै गुलाबलाई कालाे कपडाले पर्दा गरेजस्तै ।

हादा फादी? (के याे खाली हाे ?) मेराे छेउकाे सीट देखाएर भनिन् ।

सानाे झाेला छेउमा राखेर मेरै सीट नजिक अाएर बसिन् ।  म उनलाई सजिलो हाेस् भनेर उठेँ । भनिन् - ला ला ! जलिस् ! माफि मुस्किल ।
(हाेइन हाेइन बस । केही समस्या छैन) ।

"इन्ता आरफ अरबी ? (अरबी अाउँछ तिमीलाई ?)" । म‌ैले भनें - अल हमदुलिल्लाह ! (भगवानकाे कृपा छ।)

उनले मुख ढाकेकाे कपडा हटाएर लुकाएको चन्द्रमुहार देखाइदिइन् । साक्षात् पूर्णिमा । मानाैँ, कुनै देवी सशरीर मेराे सामुन्ने उपस्थित छन् ।

साेधिन् -
"सू इस्मक?" (के नाम तिम्राे?)
- अना अविरल !
- माशाअल्लाह ! हिन्दी ?
(कति राम्रो नाम ! इन्डियन हाै )
ल्या, निबाली ।
(हाेइन, म नेपाली)
- निबाली ? माशाअल्लाह ! निबाली वाइद हेलो, तैइब यानी।
(नेपाली अति सुन्दर र असल हुन्छन् )
- हाम्दुलिल्लाह ( भगवानकाे कृपा)
- सू इस्मि ? (तिम्राे नाम नि )
- सुल्ताना
- सुब्हान अल्लाह !!
- इन्ती मघरिबी ? ( तिमी माेरक्कन हाै )
- ल्या, सूरी ! (हाेइन, सिरियन)

सुँकसुकाइरहेकाे बच्चा मलाई हेरेर रून थाल्याे । मलाई देखेर डरायाे कि भनेर मैले भनेँ - लेस इब्कि बच्चा ? खाैफ ? (बच्चा किन राेएकाे, डराएर हाे ?)

सन्नाटा छायाे । केवल रेल गुडेकाे अावाज मात्रै कानमा अाइरह्याे । एकछिन पछि रसिला अाँखा पारेर भनिन् - यसकाे बाबा "अहमद"  तिमीजस्तै अग्लाे थियाे, ठूलाे ज्यान, हेन्सम । अार्मीमा थियाे, सिरियामा शहीद भयाे । यसले बाबालाई खूब माया गर्थ्याे, अाज तिमीलाई देख्दा बाबा सम्झियाे सायद !!

अस्तघफिरूल्लाह ! - मैले अरबी भाषामै सहानुभूति जनाएँ ।

"जन्नत(स्वर्ग)जस्ताे सिरिया हेर्दाहेर्दै जेहन्ना(नर्क)भयाे । म लतिफा (कविता) लेख्थेँ, उ मेराे काखमा सुतेर सुन्थ्याे । घरमा अाउँदा मलाई पार्कमा लैजान्थ्याे । आरुस (विवाह) भएकाे रात उसले मलाई पत्थर भएकाे सुन्दर अङ्गुठी उपहार दिएकाे थियाे……

उ मारिएपछि सेनाकाे परिवार बस्न सक्ने अवस्था रहेन । भागेर तुर्की जाने पानीजहाजमा चढेँ । जहाजमा मान्छे धेरै भएर मेरा बुबाअामासहित सबै समुद्रमा डुबे ।  म भाग्यले बाँचे । मरेकाे भए पनि हुन्थ्याे, दुख लेखेकाे । काखमा याे बच्चा, खबुस र पानीकाे भर । अनिष्टकाे अाशङ्का । कुनै गुनाह नगरी अल्लाहले यत्राे "कहर" दियाे । ठुलाे मुस्किलले म बाँचेर याे देश इमारातमा अाएँ । मलाई अल्लाहसँग ठूलाे गुनासाे छ……

सरकारले खबुस र घुर्फा(काेठा) त दिएकाे छ तर म लासजस्ताे भएकी छु ! न "अहमद" साथमा, न परिवार ।

"हेर ! उसले दिएको अङ्गुठीकाे पत्थर हरायाे तर अङ्गुठी छ मसँग………… !" हातका अाैँला ढाकेकाे कपडा हटाएर उसले अङ्गुठी देखाई ।

"उ पत्थर रहेछ, म अङ्गुठी ! पत्थर हराएकाे अङ्गुठीजस्तै मेराे जीवन !" उसकाे अन्तरस्करण बाेल्याे ।

"याे बच्चाकाे व्यवस्था राम्रो भैदिए म "अहमद" लाई भेट्न छिटै जन्नत (स्वर्ग) जानेथिएँ………… इन्शाअल्लाह !!"

त्यसमाथि "अहमद" जस्तै तिमी अाज भेटिएर उसकाे घाउ झन् दुखाइदिइयाै ……………

मलाई हजार बिच्छीले टाेकेकाे भान भयाे । मेराे पत्थर दिल पग्लियाे । अाँखाकाे डिल फुट्याे । बच्चालाई काखमा लिन मन लागेकाे थियाे तर फर्केर हेर्ने हिम्मत अाएन । वाक्य फुट्नै सकेन । मेराे पत्थर-दिलले अाज मलाई नराम्रोसँग धाेका दियाे र परेलीकाे डिल भत्काइदियाे ।

सिरियाकाे युद्धले म लाखाैँ किलोमिटर टाढा बस्ने नेपालीलाई पनि नराम्ररी रुवाइदियाे !

रेल DAFZ स्टेसनबाट अघि बढ्याे । मैले पछाडि फर्केर हेरेँ । अधिकांश मान्छे झरिसकेछन् । मेट्राे लगभग खाली थियाे । स्पिकरमा अावाज अायाे - अर्काे स्टेसन "अल कुसैस" हुनेछ ।

उसले भनी - ……… खलास्, अना नेजिल हिना। माअस्सलामा अविरल ! ( तिमीसँगकाे यात्रा पनि "अहमद"सँगकाे जस्तै छाेटाे रहेछ अविरल ! म जान्छु । तिमीलाई अल्लाहले खुशी राखुन्)

रेलले गति लियाे । उसलाई झाेला हातमा दिन उठेकाे मात्र थिएँ, एक्कासी बच्चासहित मलाई अँगालो हालेर झम्टेर राेइ । बच्चाले पनि मलाई  "बाबा !" भनेर च्याप्प समातेर राेयाे, म केही गरे पनि सम्हालिनै सकिनँ र राेएँ । सबै सँगै राेयाैँ । अपरिचितसँगकाे याे रुवाई  परिचितसँगकाे भन्दा बढी पिडादायी भयाे ।

जाने बेला "५०० दिरहाम जरिवाना" काे प्रवाह नगरिकन
भिजेका परेला र चिसाे अाेठले हृदयसम्म पुग्ने गरी मेराे निधार, गाला र अाेठ चुमी र एकपटक पनि मतिर नहेरी बाहिर निस्की !

40 मिनेट अघि भेटिइ र जीवनभरिकाे लागि सम्झेर रुने पलहरू उपहार दिएर "सुल्ताना" कता हाे कता गइ । हेर्दाहेर्दै उसकाे अाकृति स्टेसनभित्रै धमिलाे भयाे अनि हरायाे ।

गालाकाे बाटाे हुँदै झरेका मेरा अाँशुजस्तै गरी रेल पनि अाफ्नाे प्रवाहमा अन्तिम स्टेसनतर्फ अाेरालाे लाग्याे……………